प्लस टु वतृत्वकलामा २० छनौट

  • फागुन ३, २०८२
  • १,५५२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३ फागुन ःधरान उप–महानगरव्यापी अन्तर प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगिताको छनोट चरण धरान(८ स्थित सहिद स्मृति मा।बि।को सभाहलमा आइतबार सम्पन्न भएको छ ।

धरानभरिका ११ वटा प्लस टु बाट २० जना विद्यार्थी सहभागी भएको प्रतियोगिताबाट १८ जना फाइनल चरणका लागि छनोट भएका छन्।

फाइनलमा प्रवेश गर्नेहरूमा सरस्वती मा.बि, पानवाराका समिता राई र निर्मला भण्डारी, शिक्षा निकेतन मा।बि।का सुसन राई र निशा मगर, पब्लिक हाईस्कुलका गुन्जन लुइँटेल र स्मिता कोइराला रहेका छन्।

यसैगरी विष्णु मेमोरियल मा।बि।का सार्थक निरौला र स्वेच्छा आचार्य, चन्द्र संस्कृत मा.बि, का केवल मिश्र र सुमन भट्टराई, डिपोट मा.बि, की क्यासी राई, धरान–मेघा हिमालयनका दिविका राई र सन्जिना राई फाइनलमा प्रवेश गरेका छन्।

त्यस्तै सुनाखरी एकेडेमीका नाबिया सरखाना र अमन राई, सहिद स्मृति मा.बि, की जेलिसा पौडेल र झर्ना राई तथा सियोन स्कुलकी सोनिया राई पनि फाइनलमा छनोट भएका छन्।

प्रतियोगिताको शीर्षक “हामी सचेत युवा कि भीड पछ्याउने पुस्तारु” रहेको थियो। अधिकांश प्रतिस्पर्धीहरूले विषयलाई समसामयिक भएको बताउँदै युवाहरू भीडको पछाडि अन्धाधुन्ध लाग्नुभन्दा सही–गलत छुट्याएर यथार्थको पछि लाग्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले युवाहरू भीडको पछाडि लाग्ने होइन, भीडलाई सही बाटोमा हिँडाउन सक्ने बन्नुपर्छ भन्ने धारणा व्यक्त गरेका थिए।

प्रतियोगिताका निर्णायकमा ब्लाष्ट टाइम्स दैनिकका सम्पादक देबेन्द्र कार्की र भानु स्मृति मा.बि, का शिक्षक ओमनाथ रिमाल रहेका थिए।

विद्यार्थीहरूको आत्मविश्वास अभिवृद्धि गर्दै व्यक्तित्व तथा नेतृत्व क्षमताको विकास गर्ने उद्देश्यले (याडिकल लाईट नेपाल प्रा।लि धरानले प्रतियोगिता आयोजना गरेको हो। आयोजक संस्थाका अध्यक्ष तिर्थ कार्कीले पुरस्कारभन्दा अवसर महत्वपूर्ण हुने उल्लेख गर्दै छनोट चरणबाट धेरैलाई फाइनलमा प्रतिस्पर्धा गर्ने अवसर दिइएको बताएका छन्।

कार्यक्रमका अतिथि सहिद स्मृति मा।बि।का प्रधानाध्यापक राम बहादुर बिष्टले प्लस टु अध्ययनरत विद्यार्थीहरूले जटिल विषयमा समेत धाराप्रवाह आफ्ना धारणा राखेको भन्दै प्रशंसा गरेका छन्। उनले विद्यार्थीहरूलाई सफलताको शुभकामना व्यक्त गरेका छन्।

कार्यक्रमका सपोर्टर सुमेधा एजुकेसन नेटवर्क प्रा।लि। र धरान–३ स्थित चुबासा एजुकेसन अफेयर रहेका छन्। कार्यक्रम सञ्चालन पुजा लम्सालले गरेकी थिइन्।

प्रतियोगितामा प्रथमलाई नगद ७ हजार रुपैयाँसहित ट्रफी र प्रमाण पत्र, द्वितीयलाई नगद ५ हजार रुपैयाँसहित ट्रफी र प्रमाण पत्र, तृतीयलाई नगद ३ हजार रुपैयाँसहित ट्रफी र प्रमाण पत्र तथा सान्त्वनालाई नगद १ हजार ५ सय रुपैयाँसहित ट्रफी र प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतियोगिताको फाइनल आगामी फागुन १५ गते शुक्रबार सहिद स्मृति मा.बि, मा हुने जनाइएको छ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic