हिबिस्कस बाल क्लबद्वारा कोशी मा.बि.का विद्यार्थीलाई स्टेशनरी सहयोग

  • फागुन ४, २०८२
  • १,८५८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,४ फागुनः हिबिस्कस इङलिस बोर्डिङ स्कुलले आफ्नो सामाजिक दायित्वअन्तर्गत बराहक्षेत्र–८ स्थित कोशि मा.बि.मा अध्ययनरत कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुलाई सोमबार स्टेशनरी सामग्री वितरण गरेको छ।

विद्यालयमै पुगेर हिबिस्कस बाल क्लबका विद्यार्थीहरुले करिब २५ हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन् ।

विद्यालयका प्रबन्ध निर्देशक गङ्गाराम राईका अनुसार विद्यार्थीहरुले आफ्नो खाजा खर्च कटाएर थोरै–थोरै रकम संकलन गरेका थिए। उक्त अभियानमा अभिभावकहरुको समेत सहयोग प्राप्त भएको उनले जानकारी दिए।

HIBISCUS NEWS NEWS PHOTO= 2 सानै उमेरदेखि विद्यार्थीहरुलाई सामाजिक कार्यमा सहभागी गराई समाजप्रति उत्तरदायी बनाउने उद्देश्यले सामग्री वितरण गरिएको राईले बताए।

कार्यक्रममा कोशी मा।बि।की सहायक प्रधानाध्यापक लक्ष्मी राईले हिबिस्कसका विद्यार्थीहरुको सहयोग सराहनीय भएको उल्लेख गर्दै विद्यालय परिवारको तर्फबाट धन्यवाद व्यक्त गरिन् ।

हिबिस्कसका विद्यार्थी आस्था उदास र आदित्य झाले सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरेका थिए 

विद्यालयले सामाजिक उत्तरदायित्वअन्तर्गत आगामी दिनमा पनि यस्ता रचनात्मक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।कार्यक्रमको सम्योजन शिक्षक सुबास मोक्तानले गरेका थिए।

उद्योग वाणिज्य महासंघ कोशी अध्यक्षमा राजेन्द्र

छाल खवर धरान,२३ चैत्र ः नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको अध्यक्षमा ...

शैक्षिक संस्था र सरकारी कार्यालय शनिबार र आइतबार ब

छाल खवर धरान,२२ चैत्रः सरकारले हप्तामा दुइदिन शनिबार र आइतबार बिदा दिने निर ...

व्लसम मन्टेश्वरीको दिक्षान्त समारोह सम्पन्न

छाल खवरधरान,२२ चैत्रः व्लसम मन्टेश्वरी धरान–१२ को वार्षिक कार्यक्रम त ...

सुमेधा वक्तृत्वकला प्रतियोगिताको उपाधी सन्जिनाको ह

छाल खवर धरान,२१चैत्रः धरानमा सम्पन्न “धरान प्लस टु स्तरीय सुमेधा वक्त ...

होली गार्डेन एकेडेमीले ५ जना विद्यार्थीलाई ३ वर

छाल खवर धरान,२० चैत्र ः होली गार्डेन एकेडेमी धरान–१ ले आफ्नो विद्यालय ...

पेट्रोलमा अहिलेसम्म कै उच्च मुल्यवृद्धि

छाल खवर काठमाडौं,२० चैत्रः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा अत् ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic