पेट्रोलमा अहिलेसम्म कै उच्च मुल्यवृद्धि

  • चैत २०, २०८२
  • १६७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
काठमाडौं,२० चैत्रः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा अत्याधिक मात्रामा वृद्धि गरेको छ । मूल्यवृद्धिसँगै पेट्रोलको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

निगमको सञ्चालक समितिले चैत १९ गते बिहीबार लिएको निर्णयअनुसार नयाँ मूल्य शुक्रबार राति १२ बजेदेखि लागू भएको हो ।
नयाँ मूल्यसूचीअनुसार अब काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर २०२ रुपैयाँ पुगेको छ ।यसअघि कायम रहेको मूल्यभन्दा प्रतिलिटर १५ रुपैयाँले वृद्धि गरिएको हो । त्यस्तै, डिजेल र मट्टीतेलको मूल्य पनि समान रूपमा प्रतिलिटर १५ रुपैयाँले बढाएर १७२ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ ।

निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य निरन्तर उकालो लागिरहेको छ । विशेषगरी मध्यपूर्व क्षेत्रमा विकसित युद्धजन्य परिस्थितिका कारण कच्चा तेलको आपूर्ति र मूल्यमा अस्थिरता देखिएको छ ।

यही प्रभाव नेपालमा आयात हुने पेट्रोलियम पदार्थको लागतमा परेको निगमले स्पष्ट पारेको छ । निगमले हालको मूल्य समायोजन नगरेको अवस्थामा संस्थानलाई ठूलो आर्थिक भार पर्ने जनाएको छ ।

पछिल्ला विवरणअनुसार निगमले प्रत्येक पन्ध्र दिनमा करिब १३ अर्ब २१ करोड रुपैयाँ बराबरको घाटा व्यहोर्नु परेको छ । यस्तो अवस्थामा मूल्यवृद्धि नगरी विकल्प नरहेको निगमको भनाइ छ ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै यसको प्रत्यक्ष प्रभाव सर्वसाधारणको दैनिक जीवनमा पर्ने देखिएको छ । यातायात भाडादेखि लिएर खाद्यान्न तथा अत्यावश्यक वस्तुको मूल्यसमेत बढ्ने सम्भावना रहेको छ । यसले समग्र बजारमा महँगी थप चर्काउने अर्थविद्हरूको आकलन छ ।

विशेषगरी सवारीसाधन प्रयोग गर्ने सर्वसाधारण, ढुवानी व्यवसायी तथा उद्योग क्षेत्र यस निर्णयबाट बढी प्रभावित हुने देखिएको छ । डिजेलको मूल्यवृद्धि भएपछि ढुवानी खर्च बढ्ने र त्यसको असर उपभोग्य वस्तुको मूल्यमा पर्ने निश्चित छ ।

सरकारले मूल्य नियन्त्रणका लागि वैकल्पिक उपाय नअपनाएको भन्दै सर्वसाधारण स्तरबाट आलोचना पनि हुन थालेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढे पनि कर संरचना र आन्तरिक व्यवस्थापनमार्फत उपभोक्तालाई केही राहत दिन सकिने माग उठिरहेको छ ।

निगमले भने अन्तर्राष्ट्रिय बजार स्थिर नहुँदासम्म मूल्यमा उतारचढाव भइरहने जनाएको छ । आगामी दिनमा पनि कच्चा तेलको मूल्य र विनिमयदरका आधारमा पेट्रोलियम पदार्थको मूल्य पुनः समायोजन हुन सक्ने निगमको भनाइ छ ।

PETROL

दोस्रो दिनको खेलमा विराट भेट्रान बिजयी

छाल खवर धरान,१० जेष्ठ धरानमा जारी चौथो हाम्रो धरान भेट्रान फुटबल प्रतियोगित ...

उद्घाटन खेलमा धरान भेट्रान विजयी

छाल खवर धरान,९ जेष्ठः चौथो संस्करणको “हाम्रो धरान भेट्रान फुटबल प्रति ...

अन्तर स्कुल बास्केटबलको उपाधी सुनाखरीलाई

छाल खवर धरान,९ वैशाखः अन्तर विद्यालय एस.ई.ई. बास्केटबल टुर्नामेन्ट–२० ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीवीच चुनावी प्रतिष

छाल खवर धरान,९ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का विद्यार् ...

जनता समाजवादी पार्टीको दुइ दिने प्रशिक्षण सम्पन्न

छाल खवर धरान,५ जेष्ठः जनता समाजबादी पार्टीले प्रदेश १ समितिले दुइदिने अगुवा ...

एसईईमा उर्तीण ४४ विद्यार्थीलाई सुनाखरी एकेडेमीद्धा

छाल खवर धरान,५ जेष्ठः सुनाखरी एकेडेमी धरानले एस.ई.ई–२०८२ मा उत्तीर्ण ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic