धरान १० के रनको तयारी पुरा मुख्य प्रायोजक गोफी क्लोदिङ ब्राण्ड रहने प्रतियोगिता फागुन ९ गते

  • फागुन ६, २०८२
  • १९१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,६ फागुन ः नेपाल कै ठूलो दौड प्रतियोगिताको रुपमा रहेको धरान रनको तयारी पुरा भएको आयोजकले जनाएको छ ।

आयोजक नेवाः च्यारिटीले वुधवार पत्रकार सम्मेलन गरी सो विषयमा जानकराी गराएको हो ।

धरान रन समुहद्धारा बुधवार आयोजित पत्रकार सम्मेलनमा समूहका अध्यक्ष हेमन सुनुवारले उक्त जानकारी दिएका हुन । प्रमुख प्रयोजक रहेकाले प्रतियोगिताको नाम गोफी धरान १० के रन नेवाः च्यारिटी रहेको छ ।

‘शिक्षाका लागि दौड’ भन्ने नारा सहित १४ औँ संस्करणको सबै तयारी पूरा भएको जानकारी दिँदै अध्यक्ष हेमनले दौड प्रतियोगिता फागुन ९ गते हुने घोषणा गरेका छन् ।
यसपाली पहिलो पटक दौडमा सहभागी सम्पूर्ण धावक–धाविकालाई १ लाख सम्मको एक दिने स्वास्थ्य बिमा प्रदान गरिएको बताइएको छ ।

यसपाली प्रतियोगितामा ३ हजार ५०० जनासम्म धावक–धाविकाको सहभागी हुने अपेक्षा गरिएको छ ।

यसपाली युके रनका धावक–धाविकासहित करिब २५ जना विदेशी धावक–धाविका सहभागी हुने बताइएको छ । फागुन ९ गते नै भर्चुअल रनमा करिब ३०० जनाले सहभागिता जनाउने भएका छन् ।

१४औँ संस्करणमा खुल्ला वर्ग, विभिन्न उमेर समूह, भेट्रान, सुपर भेट्रान, व्हिलचेयर तथा स्थानीय धावक–धाविकाका लागि प्रतिस्पर्धात्मक दौड र आकर्षक पुरस्कार व्यवस्था गरिएको छ ।

दौडको ठिक समय मापनका लागि ‘चिप टाइमिङ सिस्टम’ प्रयोग गरिनेछ । धरान रन समूहले नेपालमै ११औँ संस्करणदेखि चिप प्रणाली प्रयोग गर्दै आएको हो ।

वडाध्यक्ष रनिङ दौडमा धरानका वडाध्यक्षहरूको सहभागिता रहनेछ भने प्रथमलाई शिल्ड पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । यसपाली ५ जना वडा अध्यक्षहरूले सहभागिता जनाउने भएका छन् ।

सहभागी हुने वडाध्यक्षहरूमा धरान १० का विवेक राई, धरा १८ का वडा अध्यक्ष प्रवीण राई, धरान १६ का वडा अध्यक्ष मुरारी भट्टराई र धरान ४ वडा अध्यक्ष धनबहादुर राई रहने बताइएको छ ।

१० किलोमिटर दौडको रुट पुतली लाइनबाट सुरु भएर रागाचोक कल्याणचोक मंगलवारे आपगाछी रंगशाला जिरोप्वाइन्ट हात्तिसार क्याम्प्स विजयपुर पिण्डेश्वर मन्दिर हुदै पुरानो वजार भएर भानु चौकमा समापन हुनेछ ।

प्रतियोगितामा १६ वर्ष माथिका ३९ वर्ष सम्मका विजेताले जनही नगद ६० हजार, दोस्रोले ४० हजार र तेस्रोले ३० हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । १२ देखि १५ वर्ष भित्रका ‘यु–१५’ समूह, ४९ देखि ५९ वर्ष सम्मको ‘मिड भेट्रान’ समूहका, सुपर भेट्रान महिला पुरुष विजेताले जनही नगद ७ हजार, ५ हजार, ३ हजार, मेडल र प्रमाण–पत्र पाउने छ ।

४० देखि ४९ वर्ष सम्मको ‘भेट्रान’ समूहका महिला पुरुष विजेताले जनही नगद १० हजार, ७ हजार, ५ हजार, मेडल र प्रमाण–पत्र पाउने छ । ६० वर्ष माथिका ‘सुपर भेट्रान’ समूहका महिला पुरुष विजेताले नगद ५ हजार, मेडल र प्रमाण–पत्र पाउने छन् ।

धरान १० के रन अन्तर्राष्ट्रिय खुल्ला दौड प्रतियोगिताको १४ औँ संस्करण देखी स्पोर्ट सामाग्रीको उत्पादन गोफि क्लोदिङ ब्राण्ड प्रमुख प्रायोजक रहने भएको छ ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic