सभागृह मर्मत, खहरे र वस्ती व्यवस्थापन प्राथमिकतामा एमाले उमेद्वार, टीकाराम लिम्बू

  • फागुन ७, २०८२
  • १,७२६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,७ फागुनः धरान वडा नम्बर ८ को मुख्य विषयहरु धरान सभागृह मर्मत, दुइ खहरेहरुबाट वस्तीको संरक्षण, वसोबास वस्तीको व्यवस्थापन तथा पूर्वाधारको विकास लगायतका विषयहरु आफ्नो प्राथमिकतामा रहेको एमाले उमेदवार टीकाराम लिम्बूले बताएकाछन् ।

बिहिबार ९८ वर्षिया तुलसादेवी सापकोटाबाट टीका, खदा र आशिष् ग्रहण गर्दै नेकपा (एमाले) ले धरान ८ ले घरदैलो शुभारम्भमा लिम्बूले उक्त कुरा बताएका हुन् ।

शुभारम्भमा २०४९ सालमा निर्वाचित धरान ८ नम्बर वडा अध्यक्ष रुद्रबहादुर लिम्बू, हालका वडा अध्यक्ष धनबहादुर राईलगायतले समेत उमेदवारहरुलाई माल्यार्पण गरेर सुरु टोलटोलको भेटघाटमा वडाका पार्टीका सदस्य तथा शुभेच्छुकहरुले उल्लेख्य सहभागीता जनाएका छन् । मतदाताहरु स्वय टीकाराम लिम्बूको घरदैलो कार्यक्रममा सहभागिता जनाएको पार्टीले जनाएको छ ।

मतदाताहरुको जिज्ञासामा उम्मेदवार लिम्बूले शिक्षा, स्वास्थ्य, रोजागरीका लागि सहजता बनाएर जनताको मौलिक अधिकारको सुनिश्चिता गराउने प्रतिवद्धता जनाउनु भएको छ ।

धरान ८ मा भए सुकुम्वासी समस्या, खहरे खोलाको बाढी नियन्त्रण, जीर्ण सभागृहको स्तरोन्नतीका लागि पहिलो प्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्राथमिकता हुने उहाँले बताउनु भएको छ । प्रतिनिधि सभा सदस्यको काम कानुन निर्माण गर्ने भएता पनि जनताका अप्ठ्यारा, समस्यामा आफुसँगसँगै रहेर आगडी बढ्ने उहाँले प्रतिवद्धता जनाउनु भएको छ ।

२०६४ को निर्वाचन बाहेक एमालेको २०४८ सालदेखि चुनाव जित्दैं आएको सुनसरी १ मा टीकाराम लिम्बूको पक्षमा जनलहर चलेको मतदाता बताउछन् । जेनजी आन्दोलन पछि एमालेले युवाको भावना बुझेर ४१ बर्षीय कानुनका ज्ञाता टीकारामलाई चुनावी मैदानमा पठाएको छ ।

फागुन ४ गतेदेखि सुरु भएको घरदैलो कार्याक्रममा युवा उम्मेदवार टीकाराम लिम्बूलाई उत्साहका साथ मतदाताहरुले स्वागत गरिरहेको निर्वाचन परिचालन कमिटीका संयोजक मञ्जु भण्डारीले बताउनु भयो ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic