देउराली चिल्ड्रेन एकेडेमीको अभिभावक दिवस

  • फागुन ८, २०८२
  • १५९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,८ फागुनः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ को अभिभावक दिवस सम्पन्न भएको छ ।

शुक्रबार विद्यालय प्राङ्गणमा कार्यक्रको आयोजना गरी अभिभावक दिवस कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि धरान उप–महानगरपालिकाका कार्यवाहक मेयर अइन्द्र विक्रम बेघाले वडा नम्बर ५ मा स्थापना भएको यस विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्दै क्षेत्रकै अब्बल विद्यालयका रूपमा पहिचान बनाउन सफल भएको उल्लेख गरे। उनले आगामी दिनमा विद्यालयले अझ उचाइ हासिल गर्ने विश्वास व्यक्त गर्दै गरेका थिए ।

DCA NEWS PHOTO = 2 विद्यालयका प्रबन्ध निर्देशक पृथ्वी रैका मगरले अभिभावकहरूको निरन्तर साथ र सहयोग कै कारण विद्यालय आजको अवस्थासम्म आइपुगेको बताउँदै आगामी दिनमा पनि सहकार्यको अपेक्षा रहेको धारणा व्यक्त गरेका थिए ।

त्यसैगरी धरान–५ का वडाध्यक्ष मनप्रसाद थलङले टिनको टहराबाट शुरु भएको स्कुल आज समाजमा प्रसंशा योग्य स्कुल वन्न सफल भएको वताए ।

कार्यक्रममा विद्यार्थीहरूले गीत, नृत्य, राइम तथा नाटक प्रस्तुत गरी उपस्थित अभिभावकहरूलाई मनोरञ्जन प्रदान गरेका थिए।

सो अवसरमा धरान–५ का वडा अध्यक्ष मनप्रसाद लिम्बु, एन प्याब्सन धरानका अध्यक्ष भगत लिम्बु, क्रियटिभ स्कुल सर्कलका अध्यक्ष गम्भीरमान तामाङ, हिबिस्कस इङलिस बोर्डिङ स्कुलका प्रबन्ध निर्देशक गङ्गाराम राई, धरान इङलिस वोडिड. स्कुलका प्रवन्ध निर्देशक दिनेश जिमि धरान ५ का टोल विकास संस्थाका अध्यक्ष लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन विद्यालय सञ्चालक समितिका सदस्य एवं शिक्षक सुरेस राईले गरेका थिए।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic