जसपाको प्रतिबद्धता सार्वजनिकः ‘जाँतो’ चिन्हमा मत माग्दै नगेन्द्र लिम्बु मैदानमा

  • फागुन ११, २०८२
  • २,६४६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,११ फागुन ः जनता समाजवादी पाटीका अध्यक्ष तथा पूर्व शिक्षा मन्त्री अशोककुमार राईले पहिचानमा आधारित संघीयता, पूर्ण समानुपातिक समावेशी व्यवस्था र सुशासनप्रति आफ्नो अडान कायम नै रहेको वताएकाछन् ।

धरानमा सोमवार धरानमा प्रतिवद्धता सार्वजनिक तथा पत्रकार भेटघाटमा कुरा गर्दै राईले सो कुरा वताएका हुन ।

ऐतिहासिक आन्दोलनहरूबाट प्राप्त उपलब्धि संस्थागत गर्न र उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्न जसपा दृढ रहेको उनको भनाई रहेको छ ।

२०७९ को प्रतिनिधि सभा निर्वाचनमा सुनसरी १ बाट निर्वाचित भएका राईले धरान खानेपानीको समस्याको निम्ति, धरान सुरुङमार्गको लागि थालनी कार्य सुरु गरेको दावी गरेका छन् । उनले पुष्पकमल दाहाल (प्रचण्ड)को नेतृत्वको सरकारमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।

राईले सुनसरी १ उम्मेदवार नगेन्द्र बहादुर लिम्बु (पारघरी)लाई चुनाव चिन्ह “जाँतो” मा मतदान गर्न मतदातासँग अपिल गरेकाछन् ।

जसपाले सुनसरी १ अन्तरगत रहेको धरानलाई शिक्षा र सूचनाको केन्द्रीय सहरका रूपमा विकास गर्ने लक्ष्य सार्वजनिक गरेको छ । उम्मेदवार पारघरीले इन्जिनियरिङ, खाद्य प्रविधि, संस्कृत, कानुन, मानविकी र व्यवस्थापन अध्ययनको सम्भावनालाई विस्तार गर्दै धरानलाई पुनः शैक्षिक हब बनाउने योजना अघि सारेको बताए ।

सुनसरी १ मा पर्ने ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको बराह क्षेत्रको समग्र विकास, विष्णुपादुका लगायत पहाडी क्षेत्रमा पर्यटन प्रवर्द्धन, खेलकुद पूर्वाधार निर्माण, प्रस्तावित औद्योगिक क्षेत्र सञ्चालन र धरान(लेउती सुरुङमार्ग सम्पन्न गरी धरानलाई व्यापारिक केन्द्रका रूपमा स्थापित गर्ने प्रतिबद्धता उनले जनाएका छन् ।

मुख्यगरी उम्मेदावर पारघरीले खानेपानी समस्याको दीर्घकालीन समाधान, सेउती करिडोर निर्माण, खोला नियन्त्रण र पुल निर्माण, विद्युत् हाई(टेन्सन लाइन व्यवस्थापन, वन(सिमसार संरक्षण तथा विपद् व्यवस्थापन बैंक स्थापना जस्ता योजनाहरू समेत प्राथमिकतामा राखेका छन् ।

उम्मेदवार पारघरीले सामजीक न्याय तथा समावेशीतामा गोर्खा भूतपूर्व सैनिकहरूको नागरिकता सम्बन्धी समस्या समाधान, सिङ्गापुर प्रहरी परिवारका लागि रोजगारी पहल, श्रम बैंक स्थापना, विपन्न वर्गका लागि आयआर्जन कार्यक्रम तथा स्वास्थ्य(शिक्षा बीमा योजना कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic