सुनसरी १ मा एमालेको प्रतिबद्धता शिक्षा, स्वास्थ्य, पर्यटन र कृषि केन्द्रित पूर्वाधारमा दूरदृष्टि

  • फागुन १२, २०८२
  • २८४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१२फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ ले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

मंगलबार धरानमा पत्रकार सम्मेलनमार्फत एमालेले डिजिटल घोषणापत्र सार्वजनिक गरेको हो । निर्वाचन परिचालन कमिटीकि संयोजक मन्जु भण्डारीले स्लाइडमार्फत घोषणापत्र सार्वजनिक गरिन् ।

एमालेले विकासमा हाम्रो दूरदृष्टि शिक्षा, स्वास्थ्य, पर्यटन र कृषि केन्द्रित पूर्वाधार, सुनसरी क्षेत्र नं १ को समृद्धिको आधारु भन्ने नारासहित प्रतिबद्धता सार्वजनिक गरेको छ ।

एमालेले आर्थिक क्षेत्र विकास ९इकोनोमिक करिडोर० को अवधारणाअनुसार धरानका ४,५,६, ८,११,१७, २० वडा सहित ४२ किलोमिटर सडक निर्माण गर्ने प्रतिबद्धता सार्वजनिक गरेको छ । एमालेले धरान सभागृह र नाटक घर निर्माण सम्पन्न गर्ने वाचासमेत गरेको छ ।

धरान–लेउती सुरुङ मार्गको सम्भाव्यता अध्ययन पूरा गरी निर्माण प्रक्रिया अघि बढाउने, धरान–चतरा–बराहक्षेत्र र धरान–भेडेटार सडकको स्तरोन्नति गर्ने, पुल तथा लिंक रोड, अँधेरी खोला, कोकाह र सेउती खोला लगायतका स्थानमा बाँकी रहेका पुलहरूको निर्माण सम्पन्न गर्ने साथै धरानदेखि भेडेटार वा नाम्जेसम्म सार्वजनिक(निजी साझेदारीमा केबलकार सञ्चालन गर्ने एमालेको प्रतिबद्धता छ ।

 

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic