भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल यात्रा

  • फागुन १५, २०८२
  • ७४६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१५ फागुनः सुनसरी क्षेत्र नम्बर १ मा आगामी फागुन २१ गते हुन गइरहेको निर्वाचनलाई लक्षित गर्दै नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सूर्य बहादुर भट्टराई (मनोज)को सचिवालय टिमले बुधबार बिहानदेखि प्रतीकात्मक पैदल यात्रा सुरु गरेको छ।

धरान–१४ स्थित विजयपुर दरबारबाट सुरु गरिएको यात्राले उम्मेदवार भट्टराईको चुनावी नारा “सुनसरी क्षेत्र नम्बर १ को भूगोल र मन जोड्न मेरो उम्मेदवारी”लाई व्यवहारमै उतार्ने सन्देश दिएको सचिवालयले जनाएको छ।

manoj final = 1 सचिवालय सदस्य जनकऋषि राईका अनुसार यात्रा बुढासुब्बा मन्दिर, दन्तकाली मन्दिर, पिण्डेश्वर मन्दिर, धरान पुरानो बजारस्थित जामा मस्जिद, धरान–१८ को गुम्बा, चर्च लगायत अन्य स्थान हुँदै बिष्णुपादुका मन्दिरबाट बराहक्षेत्र पुगेर पहिलो दिनको यात्रा टुंगिनेछ।

दोस्रो दिन बराहक्षेत्र मन्दिर हुँदै रामधुनी मन्दिर पुगेर पुनः धरान फर्किएर यात्रा समापन गरिने कार्यक्रम रहेको छ।

राईका अनुसार “भूगोल” भन्नाले सुनसरी क्षेत्र नम्बर १ अन्तर्गत पर्ने धरान, बराहक्षेत्र नगरपालिका–१ देखि ५ र रामधुनी नगरपालिका–६ र ७ लाई आपसमा जोड्ने सन्देश हो। “मन” भन्नाले हिन्दु, किरात, बौद्ध, इस्लाम र इसाई लगायतका धर्मावलम्बीका आस्थास्थलमा पुगेर सम्मान व्यक्त गर्दै धार्मिक सद्भाव र एकता सुदृढ गर्ने उद्देश्य हो।

पैदल यात्रामार्फत उम्मेदवार भट्टराईले भौगोलिक दूरी मात्र होइन, विविध समुदायबीचको भावनात्मक सम्बन्ध बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेको सचिवालयले जनाएको

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic