झापा–५ मा बालेन भन्दा ओली २९ हजार मतले पछाडी

  • फागुन २३, २०८२
  • २४९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२३ फागुन ः सर्वाधिक चर्चामा रहेको निर्वाचन क्षेत्र झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन्द्र शाह भन्दा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली २९ हजार बढी मतले पछी परेकाछन् ।

पछिल्लो परिणामअनुसार बालेन्द्रले ३९ हजार २८४ मत ल्याउँदा ओली १० हजार २९३ मतसहित दोस्रो स्थानमा छन्।

झापा ५ मा अहिलेसम्म ६२ हजार १ सय मत गणना भएको छ, जसमा २ हजार ५४९ मत बदर भएका छन्।

झापा–५ मा श्रम संस्कृति पार्टीका उम्मेदवार समिर तामाङ ६ हजार ३२४ मतसहित तेस्रो स्थानमा रहँदा नेपाली कांग्रेसकी उम्मेदवार मन्धरा चिमरियाले १ हजार ९६ मत ल्याएकी छन् ।

यहाँ अन्य उम्मेदवारले चार अंकको योगफल जोड्न सकेका छैनन् । नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रञ्जित तामाङले ९४१ मत ल्याउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार लक्ष्मीप्रसाद संग्रौलाले ८६१ मत जोडेका छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार झापा–५ मा अहिलेसम्म ६२ हजार १ सय मत गणना भएको छ । जसमध्ये ५९ हजार ५५१ मत सदर भएको छ । आयोगका अनुसार २ हजार ५४९ मत बदर भएको छ ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic