छाल खवर
धरान,२९ फागुन ः सुर्खेतकी बालिका इनिशा बिकको बलात्कारपछि हत्या गरेको घटनाको विरोधमा शुक्रवार धरानमा खबरदारी ¥याली सम्पन्न भएको छ ।
बाल सञ्जालको आयोजनामा धरानका नागरिक समाज लगायत विभिन्न संघ संस्थाको उपस्थितिमा हिंसा र अपराधमुक्त समाजको माग गर्दै प्रदर्शन भएको हो ।
प्रदर्शनकारीहरूले दोषीलाई कडा भन्दा कडा कारबाही र पीडितलाई न्यायको माग गरेका छन् । सहभागीहरूले खबरदारी ¥यालीमा निर्दोष बालिकालाई न्याय दिन र अपराधीलाई कडा कानुनी दायरामा ल्याउन जोड माग गरेकाछन् । पीडित बालिका र उनका परिवारलाई न्याय दिलाउन राज्यसँग माग गरेकाछन् ।
दोषीलाई कडा कारबाहीः बलात्कार र हत्या जस्ता जघन्य अपराधमा संलग्नलाई कडाभन्दा कडा सजायको व्यवस्था हुनुपर्ने,सुरक्षित समाज, महिला तथा बालबालिकाका लागि हिँडडुल गर्न र बाँच्न पाउने सुरक्षित वातावरणको ग्यारेन्टी गर्न माग गरेका थिए ।
धरान उपमहानगरपालिका कार्यालय अगाडिबाट शुरु भएको ¥यालीमा सहभागी युवाहरूले हात–हातमा ‘स्टप रेप’, ‘वी वान्ट जस्टिस’, र ‘बलात्कारीलाई फाँसी दे’ जस्ता प्लेकार्डहरू बोकेका थिए । उक्त ¥याली छाताचोक हुँदै भानुचोक बजार क्षेत्र परिक्रमा गरेको थियो । बढ्दो हिंसात्मक घटनाले समाजमा असुरक्षा बढाएको भन्दै प्रदर्शनकारीहरूले सरकार र सरोकारवाला निकायलाई मूकदर्शक नबन्न चेतावनी पनि दिएका छन् ।
Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved
Website By : Hash Tech Logic