मुन्दुम ट्रेल अल्ट्रा रेसकाे उपाधी  विनोद र निर्मला प्रथम

  • चैत २३, २०८२
  • २२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२३ चैत्रः भोजपुर जिल्लामा आयोजिक पहिलो मुन्दुम ट्रेल अल्ट्रा रेस–२०८२’ को उपाधी विनोद थापामगर र निर्मला राईले हात पारेकाछन् । पुरुषतर्फ ओखलढुङ्गाका विनोद थापामगर र महिलातर्फ खोटाङकी निर्मला राईले उपाधी हात पारेकी हुन ।

आइतबार सम्पन्न प्रतियोगितामा महिलारपुरुष ६० किलोमिटर खुला अल्ट्रा रेस प्रतियोगितामा विनोदले ६ घण्टा ५० मिनेट र निर्मलाले ८ घण्टा २० मिनेटमा दूरी पार गर्दै उपाधि प्राप्त गरेका थिए ।

पुरुषतर्फ सोलुखुम्बुका अर्जुन कुलुङ ६ घण्टा ५६ मिनेटसहित दोस्रो र सोही जिल्लाका मिलन कुलुङ ७ घण्टा ६ मिनेटमा दूरी पार गर्दै तेस्रो भएका थिए ।

यता महिलातर्फ रोल्पाकी आश्मा विश्वकर्मा ९ घण्टा २१ मिनेटमा दूरी पार गर्दै दोस्रो र सोलुखुम्बुकी आङफुर्वा शेर्पा १० घण्टा ५६ मिनेटमा दूरी पार गर्दै तेस्रो भएकी थिइन ।

भोजपुरको हतुवागढी गाउँपालिका–९ कोप्चेबाट सुरु भएको मुन्दुम ट्रेल अल्ट्रा रेस प्रतियोगिता आमचोक गाउँपालिकाको बयाङ–थामडाँडा हुँदै रामप्रसाद राई गाउँपालिकाको पामाखाङ–भञ्ज्याङ, कपासे, पाँचधारे र खोटाङको साकेला गाउँपालिका–३ खिदिमास्थित तावाभञ्ज्याङसम्म निर्धारण गरिएको थियो ।

प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने विजेता धावकहरूले क्रमशः ८० हजार, ६० हजार र ४० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गरेका छन् ।

त्यस्तै, ४५ किलोमिटर खुला पुरुषतर्फ काठमाडौँका अमित गुरुङ प्रथम, ताप्लेजुङका रमेश लिम्बू दोस्रो र भोजपुरका उमेश राई तेस्रो भए । महिलातर्फ पाँचथरकी पुष्पा लिम्बू प्रथम, जुम्लाकी रोशनी बुढा दोस्रो र भोजपुरकी रुष्मा राई तेस्रो भए ।

भेट्रान पुरुषतर्फ धरानका यमनाथ लिम्बू प्रथम, धरानकै विजयकृष्ण राई दोस्रो र सुनसरीका रेशम लिम्बू तेस्रो भए । महिलातर्फ भोजपुरकी जमुना राई प्रथम र सोही स्थानकी बिनिता राई दोस्रो भए । प्रतियोगिताका विजेताहरूलाई कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले पुरस्कार, ट्रफी, मेडल तथा प्रमाण–पत्र प्रदान गरे ।

कार्यक्रममा नेपालका लागि स्विस सरकारका राजदूत डा.डेनेली मेउली, कोशी प्रदेशसभा अन्तर्गत आर्थिक विकास समिति सभापति विनोद वान्तवा, भोजपुर नगरपालिकाका प्रमुख कैलाश आलेमगर, आमचोक गाउँपालिकाका अध्यक्ष अशोक राई, हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राई, रामप्रसाद राई गाउँपालिका अध्यक्ष थामबहादुर राई, टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतलगायतको उपस्थिति रहेको थियो ।

मुन्दुम ट्रेललाई पर्यटकीय गन्तव्यका रूपमा विकास गराउदै प्रचार प्रसार गर्ने उदेश्यले कार्यक्रममो आयोजना गरीएको आयोजक समितिका सचिव रविन थापाले बताएकाछन् ।

भोजपुरको आमचोक, हतुवागढी र रामप्रसाद राई गाउँपालिकाको संयुक्त आयोजना तथा खोटाङको साकेला गाउँपालिकाको व्यवस्थापनमा चैत २२ गते आइतबार सम्पन्न प्रतियोगिताले मुन्दुम ट्रेललाई अन्तर्राष्ट्रियस्तरमा परिचित गराएको हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले बताए । कार्यक्रमले त्यसक्षेत्रलाई साहसिक तथा धार्मिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने आयोजकको विश्वास रहेको छ ।

पछिल्लो केही वर्ष यता भोजपुरको मुन्दुम ट्रेलमा आन्तरीक तथा बाह्य पर्यटकको वाक्लो रुपमा आवत जावत हुने गरेको छ । यसले पर्यटन क्षेत्रमा ठूलो सहयोग पुग्ने विश्वास गरीएको छ । ट्रेल रेसले पर्यटन क्षेत्रमा टेवा पु¥याउनुका साथै यस क्षेत्रको प्रचार प्रसार समेत भएको आयोजक समितिका अध्यक्ष सन्दीप किरावाले वताउनु भयो ।

 

 

 

उद्योग वाणिज्य महासंघ कोशी अध्यक्षमा राजेन्द्र

छाल खवर धरान,२३ चैत्र ः नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको अध्यक्षमा ...

शैक्षिक संस्था र सरकारी कार्यालय शनिबार र आइतबार ब

छाल खवर धरान,२२ चैत्रः सरकारले हप्तामा दुइदिन शनिबार र आइतबार बिदा दिने निर ...

व्लसम मन्टेश्वरीको दिक्षान्त समारोह सम्पन्न

छाल खवरधरान,२२ चैत्रः व्लसम मन्टेश्वरी धरान–१२ को वार्षिक कार्यक्रम त ...

सुमेधा वक्तृत्वकला प्रतियोगिताको उपाधी सन्जिनाको ह

छाल खवर धरान,२१चैत्रः धरानमा सम्पन्न “धरान प्लस टु स्तरीय सुमेधा वक्त ...

होली गार्डेन एकेडेमीले ५ जना विद्यार्थीलाई ३ वर

छाल खवर धरान,२० चैत्र ः होली गार्डेन एकेडेमी धरान–१ ले आफ्नो विद्यालय ...

पेट्रोलमा अहिलेसम्म कै उच्च मुल्यवृद्धि

छाल खवर काठमाडौं,२० चैत्रः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा अत् ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic