एक्वा सेकेण्डरी र विजयपुर हस्पिटलवीच स्वास्थ्य सहुलियत सम्झौता

  • चैत २५, २०८२
  • १८५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२४ चैत्रःएक्वा सेकेण्डरी वोडिङ स्कुल धरान–१७ र विजयपुर हस्पिटल प्रा.लि.धरान–१० बीच सहुलियत स्वास्थ्य सेवा प्रदान गर्ने विषयमा सहकार्यको सम्झौता भएको छ ।

विद्यालयको पहलमा भएको यस सम्झौताले विद्यार्थी, शिक्षक, अभिभावक तथा कर्मचारीलाई सहज र सुलभ स्वास्थ्य सेवा उपलब्ध हुने स्कुलको अपेक्षा रहेको छ ।

सम्झौतामा अस्पतालका तर्फबाट हाडजोर्नी विभाग प्रमुख जनक दास तथा प्रमुख प्रशासक इन्दु नेपाल योन्जन र विद्यालयका तर्फबाट निर्देशक अनिश राईको सहभागिता रहेको थियो।

सम्झौता अनुसार विद्यालयसँग आवद्ध सबै व्यक्तिहरूले विभिन्न सेवामा आकर्षक छुट पाउनेछन्।

जसअन्तर्गत औषधि सेवामा १० प्रतिशत, स्वास्थ्य परीक्षणमा १५ प्रतिशत तथा अस्पताल भर्ना सेवामा २० प्रतिशतसम्म सहुलियत उपलब्ध गराइने सहमति भएको प्रमुख प्रशासक योञ्जनले जानकारी दिएकाछन् ।

सहुलियत सेवा लिनका लागि सेवाग्राहीले आफ्नो परिचय खुल्ने कागजात अनिवार्य रूपमा अस्पतालमा पेश गर्नुपर्नेछ। अन्यथा सहुलियत सुविधा उपलब्ध नहुने अस्पतालले जनाएको छ।

यस सहकार्यअन्तर्गत विद्यालयको आवश्यकता अनुसार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने तथा स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू पनि आयोजना गरिनेछन्। यस्ता कार्यक्रम सञ्चालनका लागि विजयपुर हस्पिटल तथा विजयपुर टेक्निकल इन्स्टिच्युटलाई विद्यालयले आवश्यक अनुमति दिने सहमति भएको छ।

अस्पताल प्रशासनले यस सहकार्यबाट विद्यालय समुदायलाई गुणस्तरीय, सहज र किफायती स्वास्थ्य सेवा प्रदान गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ।

विजयपुर धरानको एकमात्र नीजि क्षेत्रको ठूलो हस्पिटलको रुपमा रहेको छ ।

 

 

नोवेल एकेडेमी र विजयपुर हस्पिटलवीच स्वास्थ्य सहुलि

छाल खवरधरान,२६ चैत्रः नोवेल एकेडेमी वोडिङ स्कुल धरान–११ र विजयपुर हस् ...

धरान मन्टेश्वरी एकेडेमीको दिक्षान्त समारोह सम्पन्न

छाल खवर धरान,२३ चैत्रः धरान मन्टेश्वरी एकेडेमी धरान–१ को वार्षिक कार् ...

मुन्दुम ट्रेल अल्ट्रा रेसकाे उपाधी  विनोद र निर्म

छाल खवर धरान,२३ चैत्रः भोजपुर जिल्लामा आयोजिक पहिलो मुन्दुम ट्रेल अल्ट्रा र ...

उद्योग वाणिज्य महासंघ कोशी अध्यक्षमा राजेन्द्र

छाल खवर धरान,२३ चैत्र ः नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको अध्यक्षमा ...

शैक्षिक संस्था र सरकारी कार्यालय शनिबार र आइतबार ब

छाल खवर धरान,२२ चैत्रः सरकारले हप्तामा दुइदिन शनिबार र आइतबार बिदा दिने निर ...

व्लसम मन्टेश्वरीको दिक्षान्त समारोह सम्पन्न

छाल खवरधरान,२२ चैत्रः व्लसम मन्टेश्वरी धरान–१२ को वार्षिक कार्यक्रम त ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic