धरानका पत्रकार कार्की हङकङमा सम्मानित

  • चैत २८, २०८२
  • १४२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२८ चैत्रः ब्लाष्ट दैनिकका सम्पादक देवेन्द्र कार्की हङकङमा सम्मानित भएका छन्।

गोरखा सेमिट्रिज ट्रष्ट हङकङको निमन्त्रणामा पुर्खा दिवस कार्यक्रममा सहभागी हुन पुगेका कार्कीलाई यहाँका दुई सक्रिय संस्थाले विशेष सम्मान गरेका हुन्।

द नेप्लिज एशोसएिशन हङकङ’ र नेपाल क्लब हङकङले एभरेष्ट होटलमा स्वागत तथा भेटघाट कार्यक्रमको आयोजना गरी दोसल्ला ओढाएर सम्मान गरएिको हो।

पत्रकारतिामार्फत समाज सेवामा पुर्‍याएको निरन्तर योगदानको कदर गर्दै सम्मान प्रदान गरएिको आयोजकले जनाएका छन्।

कार्यक्रममा द नेप्लिज एशोसिएशन हङकङका अध्यक्ष प्रदीप थापा, हङकङ नेपाली महासंघका अध्यक्ष नवीन सुहाङ, पूर्व अध्यक्ष हेम राई तथा नेपाल क्लब हङकङकी अध्यक्ष रीता गुरुङलगायतले संयुक्त रूपमा सम्मान अर्पण गरेका थिए ।

सो अवसरमा बोल्दै पूर्व अध्यक्ष हेम राईले पत्रकारीता समाजको ऐना भएको उल्लेख गर्दै कार्कीलाई सामाजिक परिवर्तनतका लागि निरन्तर सक्रिया रहन आग्रह गरे। कार्यक्रम सञ्चालन पूर्व अध्यक्ष नारद राईले गरेका थिए ।

कार्यक्रममा याउ चिम मङ जिल्ला परषिद् सदस्य अरुणा गुरुङ, समाजसेवी कुलप्रसाद गुरुङ, शिक्षा सेवी देवराज राई, महासंघका पूर्व अध्यक्ष टंक राना तथा गोरखा सेमिट्रिज ट्रष्टका अध्यक्ष अमोद राईलगायतको उपस्थिति रहेको थियो ।

सम्मान प्रति आभार व्यक्त गर्दै कार्कीले प्रवासमा रहेर पनि आफ्नोपन र आत्मीयता अनुभव गराएको बताए। उनले यस्तो सम्मानले आफूलाई थप जिम्मेवार बनाउनुका साथै प्रेरणा दिएको उल्लेख गरे। साथै, प्रवासी नेपाली संस्थाहरूको सहकार्यले स्वदेश र प्रवासबीचको सम्बन्ध अझ सुदृढ हुने वश्विास व्यक्त गरे।

कार्की ट्रष्टको निमन्त्रणामा अप्रिल ३ मा दुई साताका लागि हङकङ पुगेका हुन्।

 

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic