नेकपाद्वारा ट्रेड युनियन र विद्यार्थी संगठन प्रतिबन्ध गर्ने निर्णयको विरोध

  • चैत २८, २०८२
  • १५६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२८ चैत्रः कलेजमा विद्यार्थी संगठन तथा ट्रेड युनियनमाथि प्रतिबन्ध लगाउने कार्यको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले विरोध जनाएको छ ।

नेकपाको जारी केन्द्रीय कार्यसंयोजन समितिको बैठकमा समसामयिक राजनीतिक परिस्थिति र पार्टीको साङ्गठनिक समायोजनका विषयमा भईरहको छलफलमा विरोध जनाएको हो ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कार्यसंयोजक समितिको बैठकले कलेजहरूमा विद्यार्थी संगठन र कार्यस्थलमा ट्रेड युनियनमाथि प्रतिबन्ध लगाउने कार्यको विरोध गरेको छ।

विगत सात दिनदेखि निरन्तर चलिरहेको बैठकका विषयमा जानकारी दिँदै नेता जगन्नाथ खतिवडाले यस्तो कदमले नागरिक र श्रमिकहरूको अधिकार कुण्ठित गर्ने भएकाले पार्टी यसको विपक्षमा उभिने निर्णयमा पुगेको बताएका हुन्।

पार्टीको ४५ सदस्यीय केन्द्रीय कार्यसंयोजन समितिमा अहिलेसम्म ४३ जना नेताहरूले आ–आफ्नो धारणा राखिसकेका छन्।

दैनिक केही घण्टा मात्रै बसेर लम्बिएको यो बैठकमा देशको समसामयिक राजनीतिक परिस्थिति, नयाँ सरकारको कार्यशैली र एकीकृत पार्टीको कमिटी समायोजनका विषयमा छलफल भइरहेको छ।

नेता खतिवडाका अनुसार अहिलेसम्मका छलफलहरू विचार विमर्शकै चरणमा रहेकाले औपचारिक प्रस्तावका रूपमा कुनै पनि निर्णय पारित भइसकेका छैनन् ।

नयाँ वर्षको चटारो र आन्तरिक गृहकार्यका लागि केही दिन समय चाहिएकाले अबको बैठक वैशाख ३ गते बस्ने तय भएको छ।

 

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic