अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानमा

  • वैशाख १९, २०८३
  • ६२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्रिमियर लिग हुने भएको छ ।

आयोजकले पत्रकार सम्मेलन गरी वैशाख २५ गतेदेखि २८ गतेसम्म प्रतियोगिता हुने जानकारी गराएको हो ।

पूर्वमै पहिलो पटक व्यवसायिक रूपमा आयोजना हुन लागेको ‘नेपाल प्याराग्लाइडिङ प्रिमियर लिग’ अन्तर्गत खुला लक्ष्य नजिक अवतरण प्रतियोगिता वैशाख २५ देखि २८ गतेसम्म धरानमा सञ्चालन हुने भएको छ।

नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघको आयोजनामा हुने यस प्रतियोगितामा नेपालसहित भारत, चीन, मलेसिया, श्रीलंका, जर्मनी, इटाली लगायत १२ देखि १५ देशका पाइलटहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।

आयोजकका अनुसार यो प्रतियोगिता केवल खेलकुदमा सीमित नभई नेपालको साहसिक पर्यटन, खेलकुद विकास र अन्तर्राष्ट्रिय पहिचानसँग जोडिएको महत्वपूर्ण कार्यक्रम हो।

संघका केन्द्रीय अध्यक्ष भुपेन्द्र चाम्लिङ राईले नेपालमा विगत चार दशकदेखि प्याराग्लाइडिङ खेल विस्तार हुँदै आएको छ। सन् २०१८ को एसियाली खेलकुदमा नेपालले रजत पदक जितेपछि यो खेलप्रति अन्तर्राष्ट्रिय आकर्षण झनै बढेको बताए।

प्रतियोगिताको उडान स्थल धरान–४ भेडेटारको ‘बिग बुद्ध’ क्षेत्र रहनेछ भने अवतरण स्थल धरान–१४ को खत्रीधारा तोकिएको छ। हरियाली पहाड, खुला आकाश र अनुकूल हावापानीका कारण धरान प्याराग्लाइडिङका लागि उपयुक्त गन्तव्य बन्दै गएको आयोजकको भनाइ छ।

प्रतियोगितालाई सुरक्षित बनाउन सहभागी खेलाडीहरूको ४० लाख रुपैयाँसम्मको दुर्घटना बिमा गरिएको छ। साथै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिनेछ। विदेशी तथा बाहिरी जिल्लाबाट आउने खेलाडीहरूका लागि आवास, भोजन र यातायातको व्यवस्थासमेत मिलाइएको छ।

करिब ६० लाख २५ हजार रुपैयाँ बजेटमा आयोजना हुने प्रतियोगितामा पाँच विधाअन्तर्गत कुल ६ लाख २५ हजार रुपैयाँ नगद पुरस्कार वितरण गरिनेछ। ओभरअल विधामा प्रथम हुनेले १ लाख ५० हजार, दोस्रोले १ लाख र तेस्रोले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

धरान–१५ का वडाध्यक्ष नरेश इवारामले यस्तो अन्तर्राष्ट्रिय प्रतियोगिताले धरानको पर्यटन, होटल, यातायात र व्यापार क्षेत्रमा प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गरेका छन्।

स्थानीय युवालाई खेलकुदतर्फ आकर्षित गर्दै धरानलाई विश्वसामु चिनाउने उद्देश्यका साथ आयोजना हुन लागेको यो प्रतियोगिताले अब धरानको आकाशसँगै यहाँको पहिचान पनि अन्तर्राष्ट्रिय उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।

 

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic