छाल खवर
धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति तथा निःशुल्क सीपमूलक तालिम कार्यक्रम घोषणा गरेको छ ।
धरानस्थित शाखाले जापानमा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरूका लागि छात्रवृत्ती सहित निःशुल्क योजना घोषणा गरेको हो ।
आयोजकले कक्षा १२ को परीक्षा सम्पन्न हुन लागेसँगै वैदेशिक अध्ययनको तयारीमा रहेका विद्यार्थीहरूको रोजाइमा जापान लोकप्रिय गन्तव्य बन्दै गएको छ ।
संस्थाले जापान अध्ययनका लागि विभिन्न सहुलियत, छात्रवृत्ति तथा नयाँ अवसर सार्वजनिक गरेको हो ।
पछिल्लो समय अष्ट्रेलिया, अमेरिका र क्यानडामा भिसा सफलता दर घट्दै गएको तथा बेलायतमा अध्ययन खर्च महँगो बन्दै गएकाले जापान नेपाली विद्यार्थीका लागि सहज र भरपर्दो गन्तव्य बनेको संस्थाका एकेडेमिक एडभाइजर दुर्गा सुवेदीले बताए ।
उनका अनुसार मध्यमवर्गीय परिवारका विद्यार्थीले कम लागतमा गुणस्तरीय शिक्षा, सुरक्षित वातावरण तथा अध्ययनसँगै रोजगारीको अवसर प्राप्त गर्न सक्ने भएकाले जापानप्रति आकर्षण तीव्र रूपमा बढिरहेको छ ।
संस्थाबाट यही वर्ष मात्रै १३ जना विद्यार्थीले जापान अध्ययनका लागि भिसा प्राप्त गरिसकेको जानकारी दिँदै सुवेदीले विगत झन्डै एक दशकदेखि विद्यार्थीहरूको जापान अध्ययन गर्ने सपना पूरा गर्न संस्थाले निरन्तर सहयोग गर्दै आएको बताए ।
संस्थाले दिएको जानकारी अनुसार सही कागजपत्र तयारीदेखि कलेज छनोट र भिसा प्रक्रियासम्म विद्यार्थी र अभिभावकलाई सहज हुने गरी सम्पूर्ण परामर्श तथा सहयोग प्रदान गर्दै आएको छ ।
संस्था नेपाल सरकार शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त शैक्षिक संस्था भएको म्यानेजर ईसाक खड्काले बताए । संस्थाको सेवा काठमाडौं, इटहरी, धरान, धनकुटा, रुपन्देही र बाग्लुङसम्म विस्तार गरिएको खड्का जानकारी दिए ।
संस्थाले जापानमा अध्ययन तथा कामको अनुभव भएका शिक्षक र परामर्शदातामार्फत व्यवहारिक तथा वास्तविक परामर्श दिँदै आएको जनाएको छ । नेपालमा भाषा अध्ययन सुरु गरेदेखि जापान पुगेपछिसम्म विद्यार्थीलाई निरन्तर सहयोग गरिने संस्थाको दाबी छ ।
नेपाल सरकारले कक्षा ११ र १२ को पाठ्यक्रममा जापानी भाषा समावेश गरेपछि विद्यार्थीहरूको आकर्षण अझ बढेको म्यानेजर खड्काले बताए ।
संस्थाले आफ्नो चौथो वार्षिकोत्सव तथा पाँचौँ वर्ष प्रवेशको अवसरमा विशेष छात्रवृत्ति कार्यक्रमसमेत सार्वजनिक गरेको छ । जसअनुसार पहिलो २० जना विद्यार्थीलाई ५० प्रतिशत तथा त्यसपछिका २० जना विद्यार्थीलाई २५ प्रतिशत छात्रवृत्ति प्रदान गरिनेछ ।
यस्तै, जापानी भाषा अध्ययन गर्ने विद्यार्थीहरूलाई बरिस्टा, सुसी बनाउने तथा मिक्सोलोजीसम्बन्धी सीपमूलक तालिम निःशुल्क उपलब्ध गराइने संस्थाले जनाएको छ ।
पत्रकारहरूको सिफारिसमा एक जना विद्यार्थीलाई शतप्रतिशत छात्रवृत्ति प्रदान गरिने विशेष घोषणा पनि गरिएको छ ।कार्यक्रममा जापानी भाषाका शिक्षक सुवास लिम्बु तथा डकुमेन्टेसन स्टाफ रोजीना कार्कीले जापान अध्ययनको अवसर, भाषा शिक्षाको महत्व र विद्यार्थीलाई उपलब्ध गराइने सेवाबारे जानकारी दिएका थिए ।
कार्यक्रमको सञ्चालन संस्थाकी मार्केटिङ हेड निकिता पराजुलीले गरेकी थिइन् ।
आगामी दिनमा अझ गुणस्तरीय सेवा, सही परामर्श तथा विद्यार्थी मैत्री वातावरणमार्फत नेपाली विद्यार्थीको उज्ज्वल भविष्य निर्माणमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved
Website By : Hash Tech Logic