छाल खवर
धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला पार्क क्षेत्रमा किरात राईहरुको पहिचानको प्रतिको रुपमा रहेको ढोल, झ्याम्टा, वावु, सोलतुमरसोलेवा स्तम्भ र तीन चुला खिम साकेला थान उद्घाटन भएको छ ।
किरात राईहरुको पहिचानको प्रतिक स्तम्भ निर्माण समितिको आयोजनामा निर्माण भएको सामाग्रीहरुको शुक्रवार एक कार्यक्रमका वीच उद्घाटन भएको हो ।
किरात राई यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राईले निर्माण भएको सवै सामाग्रीको उद्घाटन गरेका थिए ।कार्यक्रममा वडा नं.४ का वडाध्यक्ष राजन राई,मूर्तिकार रोजन राई, दाताको तर्फबाट नगेद्र राई लगायतले शुभकामना दिएका थिए ।करिव ८ लाखको लागतमा निर्माण गरीएको सो सामाग्रीहरु करिव २ कठ्ठामा फैलिएको छ ।
कार्यवाहक अध्यक्ष राजन राईले निर्माण सामाग्रीले वडाको पहिचान झल्काएको वताए ।
समुदायको संस्कार संस्कृति मौलिक पहिचानलाई संरक्षण र संवद्धन गर्दै समुदायलाई एकत्रित गर्नको लागि निर्माण सामाग्रीले ठूलो प्रभाव पार्ने निर्माण समितिका संयोजक चण्डीमान नाछिरीङ राईले वताए ।
किरात राईहरुको संस्कार संस्कृतिका लागी चाहीने ढोल झ्याम्टा,चिन्डो लगायतको पहिचान झल्कने सामाग्री निर्माणले समुदायमा सस्कृति प्रति अपनत्व झल्कने विश्वास रहेको संयोजक राईको भनाई रहेको छ ।
डिग बहादुर राईको सभापतित्वमा भएको सो कार्यक्रममा सविना याखाले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन भने कार्यक्रमको संचालन चण्डीमान नाछिरीङ राईले गरेका थिए ।
कार्यक्रममा निर्माणका लागि सहयोग गर्ने दाताहरुलाई ताम्रापत्र र सम्मान पत्रले सम्मान गरीएको थियो ।
Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved
Website By : Hash Tech Logic