समाचार

    Showing ८२१-८३० of १,६९५ items.
  • हिविसकस वोडिङ स्कुललाई एकपछि अर्को सफलता

    छाल खवर धरान,३ माघ ः धरान– १५ स्थित हिविसकस इङलिस स्कुल धरानले हाजिरी जवाफमा एकपछि अर्को सफलता हात पार्न सफल वनेको छ । पूर्वाञ्चल इन्जिनियर क्याम्पसको इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन इन्जिनियरीङ स्टुडेन्ट सोसाइटीद्धारा आयोजित एक्सटेक इन्टर कलेज हाजिरी जवाफ प्रतियोगितामा स्कुल दोस्रो उपाधि हात पार्न सफल वनेको हो । प्रतियोगितामा दोस्रो पुरस्कार नगद ३ हजार, प्रमाण पत्र र मायाको चिनो समेत प्राप्त गर्न सफल वनेको थियो । विद्यालयका तर्फबाट निशान तामाङ, सुजन श्रेष्ठ प्लस टु साइन्सतर्फ र प्रकृति भट्टराई कानुन संकाय गरी सहभागीता जनाएका थिए । प्रतियोगितामा ५ वटा कलेजहरुले सहभागीता जनाएका थिए ।

    • प्रकाशित मितिः माघ ३, २०७९
    • १,९१८ पटक पढिएको
    • छाल खबर
  • माओवादीबाट तीन जना मन्त्री बन्दै

    छाल खवर काठमाडौं,३ माघ ःप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकाछन् । माओवादीबाट अमनलाल मोदी मन्त्री बन्दैछन् । उनलाई सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइने बताइएको छ । मोदी मोरङ–४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । त्यसैगरी, भोजपुरबाट निर्वाचित सुदन किराँतीलाई संस्कृति,पर्यटन तथा नागरिक उड्यान मन्त्रालयको जिम्मेवारी दिन लागिएको छ । किराँती तीन पटकसम्म निर्वाचित सांसद भएर पनि मन्त्री बनेका थिएनन् । सञ्चारमन्त्रीमा रेखा शर्माको नाम निश्चित भइसकेको छ। राज्यमन्त्री बारेमा अहिलेसम्म टुंगो नलागेको बताइएको छ । नेकपा (मा

    • प्रकाशित मितिः माघ ३, २०७९
    • १६६ पटक पढिएको
    • छाल खबर
  • पेट्रोलको मूल्य बढेर आयो

    छाल खवर काठमाडौं । इन्डियन आयल कर्पोरसन (आइओसी)बाट इन्धनको नयाँ मूल्य आएको छ। नेपाल आयल निगमलाई आईतबार प्राप्त मूल्य अनुसार पेट्रोलको मूल्य बढेर आएको छ भने डिजेलको मूल्य घटेर आएको छ। पेट्रोलको मूल्य प्रतिलिटर २ रूपैयाँ ५१ पैसा बढेर आएको निगमले जनाएको छ। त्यसैगरी, डिजेलको मूल्य प्रतिलिटर ३ रूपैयाँ ७० पैसा घटेर आएको छ। आइओसीले अंग्रेजी तारिख अनुसार हरेक १५–१५ दिनमा दररेट पठाउने गरेको छ।

    • प्रकाशित मितिः माघ ३, २०७९
    • २,०५० पटक पढिएको
    • छाल खबर
  • एमालेलेमा मन्त्री छान्ने जिम्मा अध्यक्ष ओलीलाई

    काठमाडौं । नेकपा एमालेले सरकारमा पठाउने मन्त्री छान्ने जिम्मा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । कसलाई मन्त्री बनाउने भन्ने विषयमाअध्यक्ष ओली आफैले निर्णय लिनेछन् । महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमालले ओलीलाई मन्त्री छान्न सहयोग गर्ने एमाले स्रोतले बताएको छ । एमालेले दुई पटक सांसद भइसकेका व्यक्तिलाई प्राथमिकतामा राखेर मन्त्री बनाउने भएको छ । आज हुने मन्त्रिपरिषद् विस्तारमा एमालेका तर्फबाट पदम गिरी, भगवती चौधरी, हरि उप्रेती र बलराम अधिकारी मन्त्री हुने सम्भावना रहेको एमाले स्रोतले बताएको छ । किरण साह राज्यमन्त्री हुने सम्भावना प्रवल रहेको स्रोतले भन्यो । पर्साका राजकुमार गुप

    • प्रकाशित मितिः माघ ३, २०७९
    • १,९९१ पटक पढिएको
    • छाल खबर
  • महासंघ सुनसरी शाखामा शोक पुस्तिका

    पोखरामा भएको जहाज दुर्घटनामा परी निधन भएका नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेल छाल खवर काठमाडौं,२ माघ ः नेपाल पत्रकार महासङ्घका केन्द्रीय समितिले केन्द्रीय सदस्य त्रिभुवन पौडेलको निधन भएकोमा सोमवारदेखी १३ दिनसम्म शोक मनाउने भएको छ । पोखरा उडानमा रहेको नाइनएन एटिआर–७२ जहाज अवतरणको क्रममा हिजो पोखरामा भएको दुर्घटनामा ७२ जना सहित नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य त्रिभुवन पौडेलको निधन भएकोमा महासङ्घले सोमवार देखी १३ दिन सम्म शोक मनाउने भएको हो । महासङ्घका केन्द्रीय, प्रदेश, जिल्ला सबै कार्यालयहरू बन्द गरी १३ दिन सम्म शोक सभा बाहेक अन्य कुनै पनि औपचारिक कार्यक्रम न

    • प्रकाशित मितिः माघ २, २०७९
    • ८२५ पटक पढिएको
    • छाल खबर
  • विमान दुर्घटनामा ६८ जनाको मृत्यु भएको पुष्टि

    छाल खवर धरान,१ माघः पोखरामा भएको विमान दुर्घटनामा ६८ जनाको मृत्यु भएको पुष्टि भएको छ । पोखरा महानगरपालिका–१७ घारिपाटन स्थित सेतिको खोचमा आइतवार यति एयरलाइन्सको विमान दुर्घटना हुँदा ६८ जनाको मृत्यु भएको हो । नेपाल नागरिक उडड्यन प्राधिकरणको खोज तथा उद्दार समन्वय केन्द्रले ६८ जनाको मृत्यु भएको पुष्टि गरेको हो । विमानमा ५३ जना नेपाली, ५ भारतीय, ४ जना रसियन नागरिक, १ जना आयरल्याण्डको नागरिक, अस्ट्रेलियन १, अर्जेन्टिनी १, कोरियन २ र फान्सेली नागरिक एकजना सवार थिए । विमानमा ४ जना चालक दलका सदस्य थिए । प्राधिकारणका अनुसार क्याप्टेन कमल केसीसहित चालक दलका अन्जु खतिवडा, सृजना होंगचुन र ओसिन आल

    • प्रकाशित मितिः माघ १, २०७९
    • ७७१ पटक पढिएको
    • छाल खबर
  • धनकुटामा हुने प्रादेशिक महोत्सवको तयारी तीव्र

    छाल खवर धरान,१ माघ ःधनकुटामा माघ ६ देखि १६ गतेसम्म टुँडिखेलमा हुन गइरहेको पाँचौँ प्रादेशिक औद्योगिक व्यापार मेला तथा धनकुटा महोत्सवको तयारी अन्तिम चरणमा रहेको आयोजकले जानकारी दिएको छ । आयोजक संस्था उद्योग वाणिज्य सङ्घ धनकुटाले तयारी र कार्यक्रमका बारेमा जानकारी दिएको हो । सङ्घका अध्यक्ष विजय सन्तोषी राईले महोत्सवका लागि स्टल पूरा हुने चरणमा रहेको जानकारी दिए । माग धेरै आएकाले महोत्सवमा राख्न लागिएको एक सय ५० स्टलमा थप ३० स्टल थपिएको राईले जानकारी दिए । महोत्सवमा काठमाडौँका ५०, तराईका १५ वटा र अन्य एक सय ३७ उत्पादनमूलक र अन्य विभिन्न क्षेत्रका स्टल रहने उनले जानकारी दिए । दैनिक विभिन्न स्था

    • प्रकाशित मितिः माघ १, २०७९
    • १७४ पटक पढिएको
    • छाल खबर
  • पोखरामा विमान दुर्घटना ३२ जनाको शव निकालियो

    छाल खवर काठमाडौं १ माघ ः पोखरामा भएको विमान दुर्घटनामा ३२ जनाको शव निकालिएको छ । काठमाडौंबाट आइतवार विहान ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको–एन एएनसी एटीआर सेती दोभानमा खसेको थियो । उद्धार कार्यमा खटिएका सुरक्षा स्रोतकाअनुसार ११ बजेर ३० मिनेट जादासम्म दुर्घटना स्थलबाट ३२ जनाको शव निकालिएको हो । अन्यको खोजी कार्य जारी रहेको सुरक्षाकर्मीले जानकारी दिएकाछन् ।पुुरानो विमानस्थलको पछाडिपट्टि रहको सेती नदी दोभानमा जहाज खसेको थियो । दुर्घटनापछि कास्कीका प्रजिअ टेकबहादुर केसीले उद्धार कार्य जारी रहेको र हालसम्म कसैलाई जीवित भेट्न नसकिएको बताएका छन्

    • प्रकाशित मितिः माघ १, २०७९
    • ५६२ पटक पढिएको
    • छाल खबर
  • पोखरा विमानस्थलमा यति एयरलाइन्सको जहाज दुर्घटना

    छाल खवर धरान,१ माघ ः पोखरा विमानस्थलमा यति एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ। कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीका अनुसार काठमाडौंबाट गएको यति एयरको एटिआर जहाज केहीबेर  अघि अवतरणका क्रममा दुर्घटनामा परेको हो। विमानस्थलमा अहिले आगोको मुस्लो देखिएको छ। उद्धारका लागि सुरक्षाकर्मी र एम्बुलेन्स परिचालन गरिएको छ। जहाजमा चालक दलका सदस्यसहित ६८ जना सवार थिए। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।

    • प्रकाशित मितिः माघ १, २०७९
    • ६७४ पटक पढिएको
    • छाल खबर
  •  राष्ट्रपति विद्यादेवी भण्डारी आज धार्मिकस्थलहरुको दर्शन गर्न धरान आउने

    छाल खवर धरान,१ माघ ः राष्ट्रपति विद्यादेवी भण्डारी आज माघ १ गते सङ्क्रान्तिको अवसर पारेर धरान आउने भएकी छन् । राष्ट्रपति भण्डारी पिण्डेश्वर, बुढासुब्बा, चतराधाम र बराहक्षेत्र मन्दिरको दर्शन अवलोकन धार्मिकस्थलहरुको दर्शन एवं पूजा अर्चना गरिने गरि भ्रमण हुन लागेको हो । आज मकर सङ्क्रान्तिका अवसरमा दर्शन तथा पूजाआजाका लागि राष्ट्रपति भण्डारी धार्मिक तथा सांस्कृतिक क्षेत्रमा जान लागकी राष्ट्रपतिको कार्यालयले जनाएको छ । उनी केहीबेरमा काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत बराहक्षेत्र आउने र त्यसपछि अन्य धामको दर्शन तथा पूजामा लाग्ने समेत राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

    • प्रकाशित मितिः माघ १, २०७९
    • ५३७ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic