आगामी वर्ष १३०० मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा थपिने

  • जेठ २८, २०७७
  • १११ पटक पढिएको
  • छाल खबर
alt

बुधवार, जेष्ठ २८
छाल खवर
आगामी आर्थिक वर्षभित्र करीब एक हजार ३०० सय मेगावाट थप विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ । प्रतिनिधिसभाको मंगलवारको बैठकमा विनियोजन विधेयक, २०७७ अन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका विभिन्न शीर्षकमाथि उठेका प्रश्नको जवाफ दिँदै ऊर्जामन्त्री वर्षमान पुनले आगामी आवमा सरकार तथा निजी लगानीबाट प्रवद्र्धित आयोजना सम्पन्न भई सो परिणामको विद्युत् केन्द्रीय प्रसारणमा जोडिने बताउनुभयो ।
उहाँले आगामी आर्थिक वर्षमा ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका साथै निर्माणाधीन रसुवागढी, माथिल्लो साञ्जेन, मध्य भोटेकोशी र निजी लगानीबाट प्रवद्र्धित अन्य आयोजना सम्पन्न भई विद्युत् राष्ट्रिय प्रसारण लाइनमा थपिने बताउनुभयो । देशमा हालसम्म कुल विद्युत् उत्पादन जडित क्षमता एक हजार ३८६ मेगावाट पुगेको छ ।
उहाँले माथिल्लो तामाकोशी जलविद्युत् आयोजना चालु आवमै सम्पन्न गर्ने लक्ष्य लिइए पनि कोरोना भाइरस सङ्क्रमणका कारण काममा अवरोध सिर्जना हुँदा तोकिएको समयमै सम्पन्न गर्न नसकिएको प्रष्टोक्ति दिनुभयो । आगामी आर्थिक वर्षको शुरुआतमै तामाकोशीको बिजुली प्रसारण लाइनमा जोडिने उहाँको भनाइ थियो ।
एक हजार २०० मेगावाट क्षमताको जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजनाको मुआब्जा वितरण करीब ८० प्रतिशत सम्पन्न भइसकेको र आगामी आर्थिक वर्ष सो कार्य सम्पन्न गरी निर्माणका लागि प्रक्रिया अघि बढाइने मन्त्री पुनले जानकारी दिनुभयो ।

यसका अतिरिक्त हरेक प्रदेशमा कम्तीमा एक ‘मेगा प्रोजेक्ट’को विकास गर्ने गरी दूधकोशी, माथिल्लो अरुण, प्रदेश÷२ मेगा सोलार, तामाकोशी÷५, नौमुरे, नलगाड, जगदुल्ला, वेतन कर्णाली, फुकोट कर्णाली, चैनपुर सेतीलगायत आयोजनाको विकासका लागि प्रक्रिया अघि बढाइने उहाँले बताउनुभयो ।
राष्ट्रिय प्रसारण तथा वितरण प्रणालीमार्फत विद्युतीकरण नभएका कर्णालीलगायत हिमाली तथा उच्च पहाडी क्षेत्रमा स्थानीय तह, प्रदेश सरकार तथा निजी क्षेत्रसमेतको सहकार्यमा २०० सोलार ‘मिनी ग्रीड’ मार्फत ग्रामीण विद्युतीकरण गर्ने कार्य अघि बढाइने उल्लेख गर्दै मन्त्री पुनले राष्ट्रिय ग्रीड नपुगेका ९७ पालिका र स्वास्थ्य केन्द्रलाई पहिलो प्राथमिकता दिइने बताउनुभयो । विद्युत्को घरायसी खपत कम हुने समयमा बढी ऊर्जा खपतका लागि उद्योगलाई प्रोत्साहन गरिने उहाँको भनाइ थियो ।
आगामी आवका लागि ऊर्जा मन्त्रालयलाई कुल रु ९९ अर्ब २९ करोड ४८ लाख बजेटमध्ये ऊर्जातर्फ रु ७२ अर्ब ६० करोड तीन लाख र जलस्रोत तथा सिँचाइतर्फ रु २६ अर्ब ६९ करोड ४५ लाख विनियोजन प्रस्ताव गरिएको छ ।

 

प्राईम भिजन कलेजका अभिषेक श्रेष्ठलाई ‘एसियन भिजिनर

छाल खवर धरान, २९ मङ्सिर ः धरान–१२ स्थित प्राईम भिजन इन्टरनेसनल हस्पिट ...

कुलुङ समुदायलाई छुट्टै जातिको रुपमा सूचिकरण गर्न

छाल खवर धरान,२८पुषः नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान सङ्घका अध्यक्ष द ...

जन्मोत्सवमा एल.के. विहानीद्धारा बालबिकास केन्द्रल

छाल खवर धरान,२७ पुषः जन्म दिन मनाउने मानिसका विभिन्न तरीका हुन्छन् । कसैले ...

निर्झर’ ः भावना, प्रकृति र पहिचानको संगम ः धरानमा

छाल खवर धरान,२६ पुषः नेपाली समकालीन कवितामा नयाँ स्वर र संवेदनाको उपस्थिति ...

युरेका स्कुलद्धारा पूर्व विद्यार्थीहरुलाई सम्मान

छाल खवर धरान,२२ पुषः युरेका रेसिडेन्सियल सेकेन्डरी स्कुल धरानले ३२औँ स्थापन ...

डिआइजिपी कपको उपाधी पुलिस स्कुललाई

छाल खवर धरान,२० पुषः सातौं कोशी प्रदेशस्तरीय अन्तर विद्यालय डिआइजिपी रनिङ फ ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic