सहकारीको संख्या बढदै

  • जेठ २९, २०७७
  • २९३ पटक पढिएको
  • छाल खबर
alt

२९ जेठ, काठमाडौं ÷ आगामी आर्थिक वर्ष २०७७÷७८को बजेट वक्तव्यमा समावेश भए अनुसार सामुदायिक संस्थाहरूलाई सहकारीमा रुपान्तरण गरिने भएपछि सहकारीको संख्या बढ्ने भएको हो ।
यो सँगै सहकारीको संख्या ६७ हजारको हाराहारीमा पुग्ने भएको छ ।
गरिबी निवारण कोषद्वारा प्रवर्द्धित सामुदायिक संस्थाहरूलाई सहकारीमा रुपान्तरता गर्ने अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घोष गरेकाछन् ।
बजेटमा उद्घोष भएअनुसार सरकारले यी संस्थाहरूलाई सहकारीमा रुपान्तरण गराउने गरी गृहकार्य सुरु समेत गरेको छ ।
बजेट कार्यान्वयनका लागि २० जेठमा नै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै ६४ जिल्लाका स्थानीय तहहरूलाई गाउँसभा(नगरसभामा सहकारीमा रुपान्तरण गर्ने प्रस्ताव लैजान परिपत्र गरेको छ ।
उता गरिबी निवारण कोषले पनि यसका लागि आवश्यक गृहकार्य सुरु गरेको छ । सबै सामुदायिक संस्थाहरूलाई सहकारीमा रुपान्तरण गरी रोजगारी प्रवर्द्धन गर्ने सम्बन्धी अवधारणा पत्र समेत बनाएर कोषले काम अघि बढाइसकेको छ ।कोषका उपाध्यक्ष निर्मल भट्टराईले त्यस्ता संस्थामा १९ अर्ब घुम्ती कोष रहेको र त्यसलाई नै बिउपुँजीको रुपमा प्रयोग गरी ती संस्थाहरूलाई सहकारीमा रुपान्तरण गरिने बताए । कोषले प्रवर्द्धन गरेका ३२ हजार २७६ वटा संस्थाहरू छन् । यी संस्थाहरू ६४ जिल्लाका ५५१ वटा स्थानीय तहमा फैलिएका छन् ।
नौ लाख घरधुरी यस्ता सामुदायिक संस्थाहरूमा आबद्ध छन् भने ४९ लाख जनसंख्या यसबाट लाभान्वित भएको कोषको तथ्यांक छ । मुलुक संघीय संरचनामा गए पनि एक स्थानीय तह कार्यक्षेत्र भएका सहकारीहरूको नियमनको अधिकार सम्बन्धित स्थानीय तहलाई नै दिइएको छ । यी संस्थाहरू पनि स्थानीय तहकै निगरानीमा हुने उपाध्यक्ष भट्टराईले बताए ।
अहिले देशभर करिब ३५ हजार सहकारी संस्थाहरु रहेका छन् । सबै सामुदायिक संस्थालाई सहकारीमा रुपान्तरण गर्ने हो भने सहकारीको संख्या ६७ हजार पुग्ने देखिएको छ । तर कोषका उपाध्यक्ष भट्टराई भने चार हजार वटा सहकारी बनाउने गरी काम भइरहेको बताउँछन् ।
उनका अनुसार एउटा वडामा जति संस्था भए पनि एउटा सहकारी बनाउने योजना रहेको छ । मानौं, एउटा वडामा ५ वटा सामुदायिक संस्था रहे पनि त्यहाँ भएका सबै सदस्यहरूको सेयर रहने गरी एउटा सहकारी बनाइनेछ ।
एउटा वडामा थोरै भएको अवस्थामा भने दुई वटा वडा मिलाएर सहकारी बनाइने उनले बताए ।
अहिले कार्यविधि बनाउने तयारी भइरहेको र आगामी आर्थिक वर्षको पहिलो महिना ९साउन० देखि नै कार्यान्वयनमा समेत जाने उपाध्यक्ष भट्टराईले जानकारी दिए ।
अनलाईन खवरबाट

विजयपुर ट्रेर्डस धरानद्धारा यामाहाको नयाँ मोटरसाईक

छाल खवर धरान,१८ भाद्रः विजयपुर ट्रेर्डस धरानले यामाहा कम्पनीको नयाँ मोटरसाइ ...

कोशीका मन्त्रीले खोसे सचिवको गाडी

छाल खवर धरान,१६ भाद्रः कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसि ...

डा.लेखजंग थापा बने रास्वपाको उम्मेद्वार

छाल खवर धरान,१६ भाद्रः आन्तरीक निर्वाचन मार्फत रुपन्देही ३ मा हुन लागेको नि ...

सुनाखरी एकेडेमीका नयाँ विद्यार्थीलाई स्वागत

छाल खवर धरान,१३ भाद्रः सुनाखरी एकेडेमी धरान–१२ मा कक्षा–११ मा भ ...

सिटी कलेजकी स्मिता विविएस चौथो वर्षमा सुनसरी प्

छाल खवर धरान,९ भाद्रः धरान सिटी कलेजकी स्मिता तामाङ्ग सुनसरी जिल्ला कै उत्क ...

सिङ्गिङ च्यालेन्जमा १८ जना फाइनल प्रवेश

छाल खवर धरान,८भाद्रः ¥याडिकल लाइट नेपाल प्रा.लिको आयोजना भएको “धर ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic