सहकारीको संख्या बढदै

  • जेठ २९, २०७७
  • ३३० पटक पढिएको
  • छाल खबर
alt

२९ जेठ, काठमाडौं ÷ आगामी आर्थिक वर्ष २०७७÷७८को बजेट वक्तव्यमा समावेश भए अनुसार सामुदायिक संस्थाहरूलाई सहकारीमा रुपान्तरण गरिने भएपछि सहकारीको संख्या बढ्ने भएको हो ।
यो सँगै सहकारीको संख्या ६७ हजारको हाराहारीमा पुग्ने भएको छ ।
गरिबी निवारण कोषद्वारा प्रवर्द्धित सामुदायिक संस्थाहरूलाई सहकारीमा रुपान्तरता गर्ने अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घोष गरेकाछन् ।
बजेटमा उद्घोष भएअनुसार सरकारले यी संस्थाहरूलाई सहकारीमा रुपान्तरण गराउने गरी गृहकार्य सुरु समेत गरेको छ ।
बजेट कार्यान्वयनका लागि २० जेठमा नै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै ६४ जिल्लाका स्थानीय तहहरूलाई गाउँसभा(नगरसभामा सहकारीमा रुपान्तरण गर्ने प्रस्ताव लैजान परिपत्र गरेको छ ।
उता गरिबी निवारण कोषले पनि यसका लागि आवश्यक गृहकार्य सुरु गरेको छ । सबै सामुदायिक संस्थाहरूलाई सहकारीमा रुपान्तरण गरी रोजगारी प्रवर्द्धन गर्ने सम्बन्धी अवधारणा पत्र समेत बनाएर कोषले काम अघि बढाइसकेको छ ।कोषका उपाध्यक्ष निर्मल भट्टराईले त्यस्ता संस्थामा १९ अर्ब घुम्ती कोष रहेको र त्यसलाई नै बिउपुँजीको रुपमा प्रयोग गरी ती संस्थाहरूलाई सहकारीमा रुपान्तरण गरिने बताए । कोषले प्रवर्द्धन गरेका ३२ हजार २७६ वटा संस्थाहरू छन् । यी संस्थाहरू ६४ जिल्लाका ५५१ वटा स्थानीय तहमा फैलिएका छन् ।
नौ लाख घरधुरी यस्ता सामुदायिक संस्थाहरूमा आबद्ध छन् भने ४९ लाख जनसंख्या यसबाट लाभान्वित भएको कोषको तथ्यांक छ । मुलुक संघीय संरचनामा गए पनि एक स्थानीय तह कार्यक्षेत्र भएका सहकारीहरूको नियमनको अधिकार सम्बन्धित स्थानीय तहलाई नै दिइएको छ । यी संस्थाहरू पनि स्थानीय तहकै निगरानीमा हुने उपाध्यक्ष भट्टराईले बताए ।
अहिले देशभर करिब ३५ हजार सहकारी संस्थाहरु रहेका छन् । सबै सामुदायिक संस्थालाई सहकारीमा रुपान्तरण गर्ने हो भने सहकारीको संख्या ६७ हजार पुग्ने देखिएको छ । तर कोषका उपाध्यक्ष भट्टराई भने चार हजार वटा सहकारी बनाउने गरी काम भइरहेको बताउँछन् ।
उनका अनुसार एउटा वडामा जति संस्था भए पनि एउटा सहकारी बनाउने योजना रहेको छ । मानौं, एउटा वडामा ५ वटा सामुदायिक संस्था रहे पनि त्यहाँ भएका सबै सदस्यहरूको सेयर रहने गरी एउटा सहकारी बनाइनेछ ।
एउटा वडामा थोरै भएको अवस्थामा भने दुई वटा वडा मिलाएर सहकारी बनाइने उनले बताए ।
अहिले कार्यविधि बनाउने तयारी भइरहेको र आगामी आर्थिक वर्षको पहिलो महिना ९साउन० देखि नै कार्यान्वयनमा समेत जाने उपाध्यक्ष भट्टराईले जानकारी दिए ।
अनलाईन खवरबाट

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल य

छाल खवर धरान,१५ फागुनः सुनसरी क्षेत्र नम्बर १ मा आगामी फागुन २१ गते हुन गइर ...

वि लभ यु फाउण्डेशनद्धारा १ सय पिन्ट रगत संकलन

छाल खवर धरान,१४ फागुन ः वी लभ यु फाउण्डेशनले ८८२ औं विश्वव्यापि रक्तदान कार ...

अफ्ठ्यारोमा परेर ऋण तिर्न नसक्नेहरु कालोसूचीमा नप

छाल खवर धरान,१४ फागुन ः अबदेखि परिस्थितिजन्य कारणले ऋण चुक्ता गर्न नसक्ने ऋ ...

सिद्धार्थ शिशु सदनमा अत्याधुनिक शैक्षिक पूर्वाधार

छाल खवर धरान,१३ फागुनःः सिद्धार्थ शिशु सदन धरान–१६ ले शैक्षिक गुणस्तर ...

एमाले भोजपुरका उम्मेदवार शेरधन राइको प्रतिबद्धता स

छाल खवर धरान,१३, फागुन ः नेकपा (एमाले)को तर्फबाट भोजपुरका प्रतिनिधि सभा सदस ...

सुनसरी १ मा एमालेको प्रतिबद्धता शिक्षा, स्वास्थ्य

छाल खवर धरान,१२फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ ले आफ्नो चुनावी घोष ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic