रूसको कोरोना भ्याक्सिन एकपटक लगाएपछि २ वर्ष ढुक्क हुने

  • साउन ३२, २०७७
  • ३,४४७ पटक पढिएको
  • छाल खबर

एजेन्सी, ३२ साउन ः कोरोना भाइरस विरूद्ध रूसले उत्पादन सुरू गरिसकेको भ्याक्सिनबारे सर्वत्र चासो र शंका उब्जिरहेका वेला रूसी अधिकारीहरूले भने यसमा विश्वस्त पार्न खोजिरहेका छन् ।

मंगलबार कोरोनाविरुद्धको भ्याक्सिन सार्वजनिक गरेर लगत्तै व्यापक उत्पादन सुरू गरिसकेको रूसको दाबी छ । त्यहाँका राष्ट्रपति भ्लादिमीर पुटिनले रुसी कोरोनाविरुद्धको भ्याक्सीन विश्वमै पहिलो भ्याक्सिन बनाएको दाबी गरेका थिए ।

यसको नाम पनि विश्वकै सबैभन्दा पहिलो भूउपग्रह स्पुत्निक फाइभको सम्मानमा ‘स्पुत्निक’ राखिएको छ । रुसी भाषामा स्पुत्निक भनेको भूउपग्रह हो ।

पुटिनले आफ्नी छोरीले पनि उक्त भ्याक्सिन लगाएको बताउँदै यो सुरक्षित रहेको दाबी गरेका छन् ।यसैबीच रुसी एक अधिकारीले यो भ्याक्सिनको असर थोरैमा दुई वर्षसम्म रहने बताएका छन् ।

उनले भ्याक्सिन लिएपछि २ वर्षसम्म कोरोना भाइरसबाट ढुक्क हुन सकिने बताएका हुन् ।

रुसी न्यूज एजेन्सी टीएसएसएसका अनुसार गामेलिया अनुसन्धान केन्द्रका निर्देशक अलेक्जेन्डर गिन्टसवर्गले रुसको कोरोना भ्याक्सिनको असर मात्र ६ महिना वा एक वर्षको मात्र नहुने र यसले दुई वर्षसम्म भाइरसबाट टाढा राख्ने दाबी गरेका हुन् ।

रुसी स्वास्थ्य अधिकारीहरुले यो संसारकै पहिलो कोरोनाविरुद्धको भ्याक्सीन भएको र यसको पहिलो ब्याच दुई हप्तामा आउने बताएका छन् ।

 

डि.एल.आर.एस. ट्यालेन्ट हन्टको तयारी अन्तिम चरणमा

छाल खवर धरान, २४ मंसिर ः धरान लिगामेन्ट रेसिडेन्सियल स्कुल धरान–१६ ...

पब्लिक मा.बि. फुस्रेका ह्यापिसनलाई सिङ्गिङ च्याले

छाल खवर धरान,२३मंसिर ःधरान स्कुल सिङ्गिङ च्यालेन्ज–२०८२’ सिजन&n ...

डिसिए कपको उपाधि दुवै आयोजकको पोल्टा

छाल खवर धरान,२० मंसिर ःदेउराली चिल्ड्रेन एकेडेमी धरान–५ले आयोजना गरेक ...

हामी चुनावको पक्षमा छौ तर वातावरण बनेको देखिदैन जस

छाल खवर धरान,१८ मंसिर ः जसपा नेपालका अध्यक्ष, पूर्व उपप्रधानमन्त्री उपेन्द् ...

मैत्रीपुर्ण फुटसलमा पत्रकार महासंघ सुनसरी बिजयी

धरान : धरान १५ स्थित हिविसकस इङ्ग्लिस वोर्डिङ्ग स्कूलद्वारा आयोजित मैत्री ...

सुनाखरी एकेडेमी कपको उपाधि आयोजकको पोल्टामा

छाल खवर धरान,१७ मंसिर ः धरानमा जारी सुनाखरी एकेडेमी कप फुटबल प्रतियोगिताको ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic