सामाजिक सञ्जालमा जे देखियो सामाजिक सञ्जालमा पोखिएका विचारहरु जस्ताको तेस्तै

  • कार्तिक १७, २०७७
  • २,७८१ पटक पढिएको
  • छाल खबर
alt

बिष्णु पौड्याल:

bishnu paudyal

         यतिबेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकीकृत र अविभाज्य अस्तित्वका सामु गंभीर संकट उत्पन्न भएको छ । आपसी अन्तरविरोधलाई सहमतिका साथ समाधान गर्दै पार्टी एकताको रक्षाका लागि योगदान गर्न समस्त नेता, कार्यकर्ता तथा सदस्य कमरेडहरु समक्ष अनुरोध गर्दछु ।

ईश्वर पोख्रेल:

ishwar pokhrel

          एकताकावेला गरिएको सहमती विपरित पूर्व समूहभित्रको आवद्धताका आधारमा समिकरण बनाएर खेल खेल्नखोज्दा विभाजनको दुर्भाग्य निम्तिन लागेको हो।त्यस्तो दुर्भाग्य निम्त्याउनेहरूलाई सबैले बेलैमै चिनौं,खवरदारी गरौं ! व्यक्तिगत स्वार्थका कारण यसो गर्नेहरूको विरोध गर्दै पार्टी एकतालाई बचाऔं !!

नारायण काजी श्रेष्ठ :

narayankaji

          हाम्रो पार्टी एकता महान क्रान्तिकारी उदेश्यलाई केन्द्रमा राखेर र धेरै ठुलो मेहनत पसिना लगाएर हाँसिल गरिएको हो ।यसको बिफलता र पार्टी फुट कदापि उचित र सही हुन सक्दैन। फुट र फुटजन्य कृयाकलाप राष्ट्र एवं कम्युनिष्ट आन्दोलनको आवश्यकता, आम कार्यकर्ता तथा शुभेच्च्छुकहरुको चाहाना र जनादेश बिरुध्द हुन्छ । तसर्थ पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिऔं र आ-आफ्नो ठाँउबाट एकताको रक्षाका निम्ति सक्रिय पहल गरौं । पार्टीको बैठक बसौं र सबै पक्षहरुका बारेमा खुला छलफल गरौं । पार्टी भित्र देखिएको छलफल ,बहश र मतभेद अन्ततः बिचार ,सिध्दान्त ,राजनीतिक कार्यदिशा र क्रान्तिकारी पार्टी निर्माण एवं सञ्चालन सम्बन्धी अबधारणासँग सम्बन्धित रहेको हुन सक्ने भएपनि अहिले नै त्यसबारेमा औपचारिक छलफल नभएकाले स्पष्ट मतभेद देखापरिसकेको छैन। तसर्थ यतिबेला पार्टी एकताको रक्षाको निम्ति सबै बाट एउटै कुरामा इमान्दार प्रतिबध्दता भए पुग्छ , पार्टीको बिधि ,पध्दति एवं निर्णयको पालना र कार्यान्वयन । ब्यक्तिवाद,अहंकार ,आवेग र आक्रोशले समाधान दिदैन र कसैको हित गर्दैन । देश,जनता ,श्रमजीवी बर्ग र पार्टी तथा आन्दोलन लाई केन्द्रमा राखेर सोचौं र सकारात्मक निष्कर्ष निकालौं। जान वा अन्जानमा देशी र बिदेशी प्रतिकृयावादी शक्ति हरुको चाहाना पुरा गर्ने कार्य कसैबाट हुन नजाओस् ,सबैले समयमै सोचौ ।

खगेन्द्र सांग्रौला :

khagendra

          सर्वाेच्च कुर्सीकाे लालसा जुधेर केपी र पीकेका चित्तमा तिक्तताकाे अागाे बलेपछि अाेलीले प्वाक्क भनेछन्- अब अा-अाफ्नाे बाटाे लागाैँ। अनि सुरू भयाे एकता टुट्ने भाे भनेर रूवाबासी। जे कहिल्यै एक भएकाे छैन, त्यसमा टुट्नलाई के नै छ र? टुट्ने भाे भन्ने याे हावादारी राेइलाे केवल पटमूर्खता हाे!

बबिता बस्नेत :

babita

          नेताहरुको काम र ब्यवहारबाट निराश सर्बसाधारण नेतृत्व भन्दा बढी सिस्टम माथि प्रश्न गर्न थालेका छन । व्यबहारमा नदेखिएपछि जति राम्रो भएपनि संविधानले मात्रै केही नगर्ने रहेछ । यो शायद २०४६ साल पछिको सबैभन्दा निराशाजनक समय हो ।

मनिलाल राई :

mani lal rai

          मैथिलिमा एउटा उखान छ; बाबा हाथक कोदारी बड हलुक ।अर्थात्, हजुरवाले चलाएको कोदालो हलुङ्गो छ ।तर त्यही कोदालो आफ्नो हातमा आएपछी फेरी उचाली नसक्नु हुन्छ ।यहाँ यस्तै छ ।जव अरुले शासन सत्ता चलाउँछन देख्नेलाई लाग्छ म भए त । तर जव तिनै म भए त भन्नेको हातमा सत्ता पुग्छ, होस हवास गुम हुन्छ । हेर्नुस्, नेपालमा थुतुनो चलाको भरमा नेता हुँदै आएका छन ।जव तपाईं बाटो र गन्तब्यको ज्ञान नभएकाहरुको हातमा गाडी सुम्पनु हुन्छ दुर्घटना त अवस्यम्भावी नै हुन्छ ।कोइ बिसौं बर्ष भुमिगत बसे होलान्, उसलाई भुमिगतको पो अनुभव भयोत ।सत्ता संचालनको अनुभव त हैन त्यो ।त्यसैगरी कोइ बिसौं बर्ष जेल पनि बसे होलान्, त्यो पनि जेलको अनुभव हो । तर हामी जेल बसेको र भुमिगत बसेको कथा सुनाएको भरमा महान भन्दै देशको बागडोर सुम्पन्छौं ।अनी सबै कुरो लथालिङ्ग हुन्छ । यसको मतलव यो होइन कि उनको त्यागको कदर हुनुहुँदैन ।त्यागको कदर हुनुपर्छ तर त्यो क्षमता नहेरी सत्ता सुम्पिएर हैन । लामो समय सम्म जेल वा भुमिगत जिवन धेरै जाना बसेका हुन्छन । तर यसको मतलव यो होइन कि ति सबै सत्ता संचालन गर्न लायक हुन्छन । योगदानको कदर बिभिन्न तरिकाले गर्न सकिन्छ । तर सत्ता संचालनको जिम्मा तिनै ब्यक्तिलाई दिनु पर्छ जो योग्य र सक्षम छ । तर यहाँ त मैले यती बर्ष राजनिती गरें तर के हि पाईन भन्नेहरु मात्र छन । मानौ राजनिती आफैले के हि पाउन गरेका थिए जनताको लागी हैन । फेरी गुड्डी हाँक्ने बेलामा त देश र जनताका लागी लडेको भन्छन । गुनासो गर्ने बेलामा चाहिं मैले के हि पाईन भन्छन । कस्तो राजनिती हो यो ? मैले त बुझ्नै सकेको छैन ।

बासु न्यौपाने :

bashu

हजुरहरु के भन्नू हुन्छ ?? :

          म गरिव छु भनेर फारम भर्ने, स्वघोषणा गरेर उपचार गर्ने, यसरी नागरिकलाई अपमानित गर्नु सुन्दर होईन !! बरु म सम्पन्न छु आफै तिर्छु भनेर स्वघोसणा गर्ने ब्यबस्था मिलाईनु पर्दछ ! यो सुल्टो हो यो सत्य हो न्याय हो आत्म सम्मान पनि हो !!!

लहरु जिमी :

laharu 1

होम आईसोलेशनमा बसेकाबिरामीहरुलाई कोभिड . Pcr Test गर्ने कर्मचारीबाट दुर्व्यवहार।।

          हिजो 8 बजेदेखी बिहान भरी छोरीहरुले बिल काटेर लाईन 12 बजे सम्म बसेर दर्ता गर्न खोज्दा भोली ८ बजे बिहान आउनु भने बि.पी.को कर्मचारीहरुले , त्यसैले आज बिहान ठिक ८ बजे बि.पि. पुगियो, तर होम आईसोलेशनबाट आएको हो ,हिजो पनि क्युमा 8-12बजे सम्म बस्दा बिल रु २२००. को काटेर पुर्जालिएर कुर्दा कुर्दा , पनि बिल सम्म दर्ता गरि नदिएको।

आज टिकाको दिन८ बजे बिहान फेरि pcr टेस्ट गर्न म आईसोलेशन बसेर आएकी बिरामी आफै लाईनमा लागे,तर फेरि कर्मचारी एउटि बहिनीले अगाडि को आईसोलेशनमा पोजेटिभहरुलाई Test गर्छ ,त्यहा जानुस् भन्नू भयो,आफ्नो पुर्जी बिल लिएर त्यहा गए,फेरि त्यहाको narse ले फेरि यहाँ त आज भोलि Doctors छैनन्, उताई जानुस् भन्नुभयो।पुनः Pcr test गर्ने ठाँउ मा लाईन् बसियो।फेरी ति कर्मचारी बहिनीले भन्छिन् पोजेटिभ बिरामीलाई यहाँ चेक गर्दैनौ, माथी सोध्नु पर्छ गली गर्छन् भन्छन्।को होन् माथिका अस्पताल ब्यबस्थापक? होम आईसोलेशनका बिरामीहरुलाई सबै प्रकृय पूरा गरेर पनि बिरालोले मुसा खेलाए झै दु:ख दिन्छन्।सहि हो? छिटो ,सुलभ ,बिरामीहरुको रिसिप्सन्?नेपाल सरकारको को िभड नियन्त्रण प्रभाब कारी योजना बिपरित गरेको देखिन्छ। बल्ल तल्ल चारै तिर फोन घुमाए पछि मात्र स्वाब सन्कलन गरे होम आईसोलेसनका बिरामीकोहरुको। यस खालका कमजोरी नीति सच्याईयोस्।होम आइसोलेशन्का बिरामीहरुलाई अपमान होइन, सहानुभूति ईलाज चाहियो बि. पि. कोभिड अस्पतालका ब्यबस्थापक र सरकारलाई अनुरोध गर्न चाहन्छौ।

बिरामीहरुलाई दशै भन्दा आफ्नै ईलाज ठूलो लाग्छ,केही लापरबाही गरेमा ज्यान जन सक्छ।

 

 

फोकस १६ क्लवद्धारा राष्ट्रिय फुटवल खेलाडी लकेन लिम

छाल खवर धरान,१३ वैशाखः फोकस १६ क्लवद्धारा धरानका राष्ट्रिय खेलाडी लकेन लिक् ...

आन्दोलनरत शिक्षकहरुवीच कुटाकुट

छाल खवर धरान,१३ वैशाखः काठमाडौंमा जारी शिक्षकहरुको आन्दोलन २५ औं दिनसम्मा आ ...

भारतमा आतंकवादीद्धारा मारीएका न्यौपानेको धरानमा श्

छाल खवर धरान,१३ वैशाखः भारतको जम्मु काश्मिरको पहलगाममा आतङ्ककारी हमलाबाट भा ...

शिक्षक आन्दोलन २०८१ र नयाँ शिक्षा ऐन

देशभीरका शिक्षकहरू आज कक्षाकोठा छाडेर सरकारसँग नयाँ शिक्षा ऐन जारी गर्ने मा ...

लिङथेप कल्याणकारी समितिको वंशावली विमोचन

छाल खवर धरान,९ वैशाखः लिङथेप कल्याणकारी समिति मादी संखुवासभाको साङधुङ्गेहाङ ...

अनेमसंघ सुनसरीमा नयाँ नेतृत्व चयन

छाल खवर धरान,९ वैशाखः नेकपा (एमार्ले) को जनसंगठन अखिल नेपाल महिला संघ सुनसर ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic