सामाजिक सञ्जालमा जे देखियो सामाजिक सञ्जालबाट जस्ताको तस्तै .................

  • मंसिर १५, २०७७
  • १,५५१ पटक पढिएको
  • छाल खबर
alt

शंकर पोख्रेल......

shankar pokhrel 1

           पार्टी एकताको भावना विपरित आएको एकल प्रस्ताव फिर्ता गरेर साझा प्रस्ताव बनाउनु पर्नेमा सचिवालय वैठकले प्रधानमन्त्री समेत रहेका प्रथम अध्यक्षलाई वैठकमा अर्को प्रस्ताव ल्याउन समय दिएछ । पार्टी एकताले पूर्णता नपाउदै समानन्तर दस्तावेज वाटो एकतातर्फको वाटो अवश्य होइन । १० दिनको समयलाई एउटै दस्तावेज बनाउने काममा सदुपयोग गर्न सचिवालयका कमरेडहरु गंभीर बन्नुहोस् । अन्यथा महासचिवको भनिएको सार्वजनिक प्रस्तावले लखेट्न सुरु गर्नेछ ।

डा. बाबुराम भट्टराई .............

baburam bhattarai 3

         युवासंग आग्रह-गणतन्त्रको भात पाक्न ढिलो भयो भनेर राजतन्त्रको गोबर नखाऊॅ ! अहिलेको आधा गिलास उपलब्धीलाई जोगाएर बाॅकी गिलास भरौं; नकि रिसको झोकमा आधा भरिएको गिलास घोप्टाएर पूरै गिलास खाली होस् !अगाडिको स्यालसंग लड्दा पछाडि झ्यांगमा लुकेको ब्वाॅसो नबिर्सौं ! दुबैसॅग लडेर अघि जाने साहस गरौं !

कमल थापा.......

kamal thapa1

        कतिपयले सोध्छन्- हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापना भएपछि संकटबाट देशले मुक्ति पाउंछ ? हिन्दुराष्ट्र र राजसंस्थाले जादुगरी शैलीमा संकट समाधान गर्ने होइन, त्यसले संकटबाट मुक्तिको नैतिक आधार र सन्तुलन निर्माण गर्छ । राम्रो कामको निम्ति योग्य / इमान्दार व्यक्तिले अवसर पाउने वातावरण बनाउंछ 

गगन थापा..........

gagan thapa

 

         प्रधानमन्त्रीज्यू, पुष्पकमल दाहाल (प्रचण्ड) ज्यू , कसले कसलाई फकाउने हो, कसले कसलाई तर्साउने हो, तपाईँहरू नै जान्नुहोस् ! तर याद राख्नुहोस, प्रधानमन्त्री ओली, असक्षम, अनैतिक र भ्रष्ट हुनुभएकाले सरकारको नेतृत्व गर्न अयोग्य हुनुभएको नेकपा अध्यक्षको ठहर अब सार्वजनिक सरोकारको विषय भइसक्यो । जुन तपाईँहरूको मन पखालिएर पखालिँदैन ।

राजेन्द्र बानियाँ...............

rajendra baniya1

             देश दुखेको बेला नेता जुधेका छन् । जनताले गाँस र बास मागेका बेला नेता कुर्सीका लागि सिङ फुकालिरहेका छन् । देश बनाउँछु भन्ने माथी दल भित्रै असक्षमको आरोप छ । नेताको जीवनशैली माथि त सहकर्मीकै व्हाट खडा भएको छ । यी र यस्ता कुरिती, बेथिति अनि कुब्यबस्थाका बिरुद्द आउनुस् सोधौँ- "यक्ष प्रश्न"

रविन्द्र मिश्र...............

rabindra misra1

              राजनीति शुरु गर्नु भन्दा धेरै अगाडिको कुरा: अपवादलाई छोडेर भन्नु पर्दा, "जो मान्छेले आफ्नो कोठा मिलाउन जान्दैन, उसले देश बनाउन जान्दैन ।" (जब म प्रधानमन्त्री र राष्ट्रपतिको कार्यालयको, सौन्दर्यचेतका दृष्टिकोणबाट, पटक्कै नमिलेको सजावट हेर्छु, मलाई यो मेरो पुरानो टिप्पणी याद आउँछ।)

बिष्णु रिजाल...............

bishnu rijal1

         केपी कमरेडले सॉच्चै नेतृत्व नयॉ पुस्तामा हस्तान्तरण गर्न चाहनुभएको हो भने दुबै पदबाट तत्कालै राजीनामा दिएमा उहॉको पुस्ताका अरू नेतालाई ती पदमा दावी गर्न मुश्किल पर्छ र नेतृत्व स्वत: दोस्रो पुस्तामा आउँछ । अरू नेताहरूले पनि यसतर्फ ध्यान दिने कि !

खगेन्द्र संग्रौला...............

khagendra sangraula1

           दाउ निर्मल निवासकाे, टी-सर्ट निर्मल निवासकाे, दानापानी निर्मल निवासकाे, नारा निर्मल निवासकाे । राजतन्त्रका यी अवशेष लाेकलाई दुई कुरा स्मरण गराउँदै छन् । एक-हिजाे याे देशमा अत्याचारी राजतन्त्र थियाे, दुई-अाज याे देशमा भुइँफुट्टा राजतन्त्र हैकम चलाउँदैछ । स्याबास् निरङ्कुश राजतन्त्रका अवशेष !

माधवी पौड्याल...............

madhavi paudyal1

 

         छिट्टै चेत खुलोस्, थप ढिलाई नहोस्। हरेक दिनजसो भागबण्डा, सत्ता अनि शक्तिको व्यक्तिगत, दलीय र राजनीतिक खेल । समाज र देश बदल्छु भन्नेहरु पहिले आफै बदलिन ढिला भइसक्यो ।

कृतिका थारु ..........

kritika tharu1

         तपाईं आफ्ना सन्तानलाई एउटा आकार दिन चाहनुहुन्छ भने तपाईंले सुव्यवस्थित वातावरण दिनुहोस् । त्यो समय तपाईंले आफ्ना सन्तान मात्र हुर्काइ रहनु भएको हुँदैन तर भविष्यमा दर्शन प्राप्त गरेका र कैयौँलाई आकार दिनसक्ने जिम्मेवार आमाबाबुहरू हुर्काइरहनुभएको हुन्छ ।

प्रथम हलेदे पुरुष भलिवल प्रतियोगिताको तयारी हुदै

छाल खवर धरान,३१ असोजः भोजपुरको हतुवागढी–९ हलेदे टारमा पुरुष भलिवल प्र ...

ओली निर्भरता तोडौँ, एमाले बचाऔँ

प्रकाश थापा देश, दल र व्यक्तिभित्र को ठूलो हुन्छ भनेर खोज्दा पङ्क्तिकारको ठ ...

जसपा नेपालको प्रदेश अध्यक्षमा याक्खा

छाल खवर धरान,२८ असोजः जनता समाजवादी पार्टी नेपाल, प्रदेश समिति, प्रदेश न. १ ...

टङ्कबहादुर पत्रकारिता पुरस्कार सञ्चारकर्मी स्नेहा

छाल खवर धरान,२४ असोजः धरान–१ स्थित आमा चन्द्रकुमारी प्रधान स्मृति प्र ...

माइतीघरबाट डा. निकोलस भुसाल सहित १४ जना पक्राउ

छाल खवर धरान,२३, असोजः जेन जिका माग पुरा नभएको भन्दै माइतीघर मण्डलामा आन्दो ...

श्रम संस्कृति पार्टीको अध्यक्षमा हर्क साम्पाङ

छाल खवर धरान,२१ असोजः फागुन २१ गते हुने भनि घोषणा गरीएको निर्वाचनमा भाग लि ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic