चिनियाँ उपमन्त्री आज नेपाल आउँदै

  • पुस १२, २०७७
  • २,८४८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
काठमाडौं,१२ पुष ः नेपालमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरकि विवाद भई विभाजन समेत हुने अवस्था आएकोमा चिन्ता व्यक्त गर्दै चिनियाँ उपमन्त्रीसहितको एक उच्चस्तरीय टोली आज नेपाल आउँदै छ ।

टोलीमा चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौको नेतृत्वको एक उच्चस्तरीय टोली काठमाडौं आउन लागेको हो नेपाल स्थित चिनिया राजदुतावासले जनाएको छ ।सो टोली आजै दिउँसो काठमाडौं आइपुग्ने भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा विभाजनको अवस्थामा रहेका बेला चिनियाँ टोली उच्चस्तरीय भ्रमण गर्न लागेको हो । उपमन्त्री कुओ नेतृत्वको ४ सदस्यीय टोली नेपालमा ४ दिन रहनेछ ।

चार दिने नेपाल बसाइँका क्रममा टोलीले नेकपाका शीर्ष नेताहरुसँग भेटघाट गर्ने बुझिएको छ ।

नेकपामा विभाजन आएपछि चिनियाँ कम्युनिष्ट पार्टीले चासो र चिन्ता व्यक्त गर्दै विवाद समाधान गर्न पहल गर्दै आएको छ ।

यस अघि नेपालका लागि चिनिया राजदुत यान्छीले पनि निकै चासो देखाई विवाद मिलाउन पहल गरेकीथिइन् ।

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic