म्यानमारमा सत्ता हातमा लिएको सेनाको पुष्टि, संकटकाल घोषणा

  • माघ १९, २०७७
  • ३,०४९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१९ माघ ः म्यानमारमा सेनाले ‘कू’ गरेर सत्ता आफ्नो हातमा लिएको छ । स्थानीय समय अनुसार सोमबार बिहानै सेनाले सत्ताधारी पार्टी नेशनल लिग फर डेमोक्रेसीकी नेतृ आङ साङ सूकीसहित शीर्ष नेताहरुलाई नियन्त्रणमा लिएर सत्ता आफ्नो हातमा लिएको हो ।

Aung-San-Suu-Kyi

सेनाले एक वर्षका लागि म्यानमारमा संकटकालको घोषणा समेत गरेको छ । गएको नोभेम्बर ८ मा भएको चुनावमा सूकीको पार्टीले सरकार बनाउनका लागि आवश्यक सिटमा जित हाँसिल गरेको थियो । तर सो चुनावमा धाँधली भएको आरोप लगाउँदै आएको सेनाले त्यसकै प्रतिक्रिया स्वरुप सत्ता आफ्नो हातमा लिएको बताएको छ ।

सेनाका प्रमुख मिन आङ हलाइङ्गलाई सत्ताको जिम्मेवारी दिइएको म्यानमार आर्मीले बताएको समाचार संस्था रोयटर्सले जनाएको छ । सेनाको नियन्त्रणमा रहेको टेलिभिजन मार्फत जारी वक्तव्यमा सत्ता आफूहरुको नियन्त्रणमा आएको जनाएको हो ।

सन् २०११ सम्म म्यानमारमा सैनिक शासन थियो । बर्माका रुपमा समेत चिनिने म्यानमारकी नेतृ सुकीलाई सेनाले वर्षौँसम्म घरमै नजरबन्दमा राखेको थियो ।

गएको नोभेम्बरमा भएको चुनावमा विजयी भएका सांसदसहित तल्लो सदनको पहिलो बैठक सोमबारका लागि बोलाइएका बेला सूकीसहितका नेतालाई पक्राउ गरि सेनाले सत्ता हत्याएको हो ।

सूकी पक्राउ परेसँगै राजधानीसहित म्यानमारको प्रमुख शहरमा इन्टरनेट सेवा अवरुद्ध भएको छ । यस्तै अरु प्रजातन्त्रवादी नेताहरु पनि पक्राउ परेको उल्लेख छ । राजधानीसहितका प्रमुख शहरहरुमा सैनिक ठूलो संख्यामा तैनाथ भएको बिबिसीले उल्लेख गरेको छ ।

स्थानीय समय अनुसार सोमबार बिहानै सूकीसहित राष्ट्रपति विन मिन्ट र अरु नेताहरुलाई सेनाले पक्राउ गरेको एनएलडीका प्रवक्ता मिओ निउन्तले समाचार संस्था रोयटर्सलाई टेलिफोनमार्फत बताएका छन् । उनले समर्थकहरुलाई आक्रोश र हतारमा प्रतिक्रिया नजनाउन अपिल गरेका छन् ।

कानून अनुसार विरोध जनाउन उनले आग्रह गरेको रोयटर्सले जनाएको छ । प्रवक्ता मिओ पनि पक्राउ परेका छन् । राजधानीसहितका शहरमा टेलिफोन सेवा पनि अवरुद्ध भएको छ । सेनाले विभिन्न राज्यका मुख्यमन्त्रीहरुलाई पनि उनीहरुकै घरबाट पक्राउ गरेको छ । आइतबार सेनाले संविधान अनुसार गर्ने बताएको थियो । त्यसलाई सैन्य कू को तयारीका रुपमा लिइएको थियो ।

नोभेम्बर ८ मा भएको चुनावमा एनएलडीले उपलब्ध मध्ये ८३ प्रतिशत सिटमा जित हाँसिल गरेको थियो । सन् २०११ मा सैन्य शासन अन्त्य भएयताको दोस्रो चुनावलाई सूकीको परीक्षणका रुपमा समेत हेरिएको थियो ।

अमेरिकी राष्ट्रपति जो बाइडेनलाई सूकी पक्राउ परेको सम्बन्धी जानकारी ब्रिफ गरिएको ह्वाइट हाउसले जनाएको छ । चुनावी नतिजा विपरितका कुनै पनि गतिविधिको अमेरिकाले विरोध गर्ने र तत्काल समस्या समाधान नगरिए आवश्यक कमद चाल्ने ह्वाइट हाउस प्रवक्ता जेन पास्कीले वक्तव्य जारी गरेर बताएकी छन् ।

 

फोकस १६ क्लवद्धारा राष्ट्रिय फुटवल खेलाडी लकेन लिम

छाल खवर धरान,१३ वैशाखः फोकस १६ क्लवद्धारा धरानका राष्ट्रिय खेलाडी लकेन लिक् ...

आन्दोलनरत शिक्षकहरुवीच कुटाकुट

छाल खवर धरान,१३ वैशाखः काठमाडौंमा जारी शिक्षकहरुको आन्दोलन २५ औं दिनसम्मा आ ...

भारतमा आतंकवादीद्धारा मारीएका न्यौपानेको धरानमा श्

छाल खवर धरान,१३ वैशाखः भारतको जम्मु काश्मिरको पहलगाममा आतङ्ककारी हमलाबाट भा ...

शिक्षक आन्दोलन २०८१ र नयाँ शिक्षा ऐन

देशभीरका शिक्षकहरू आज कक्षाकोठा छाडेर सरकारसँग नयाँ शिक्षा ऐन जारी गर्ने मा ...

लिङथेप कल्याणकारी समितिको वंशावली विमोचन

छाल खवर धरान,९ वैशाखः लिङथेप कल्याणकारी समिति मादी संखुवासभाको साङधुङ्गेहाङ ...

अनेमसंघ सुनसरीमा नयाँ नेतृत्व चयन

छाल खवर धरान,९ वैशाखः नेकपा (एमार्ले) को जनसंगठन अखिल नेपाल महिला संघ सुनसर ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic