३० हजार हात्ति विक्रिमा

  • असार ३१, २०८१
  • ९९८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
काठमाडौं,३१ असासर एजेन्सी ःअफ्रीकी देश जिम्बाबेले न्यजन्तुको संख्या कम गर्नका लागि ३० हजार हात्ति बिक्री गर्ने योजना बनाएको छ ।

अफ्रीकी संघ तथा संयुक्त राष्ट्र पर्यावरण कार्यक्रमको शिखर सम्मेलनमा समेत यस बारेमा चर्चा भएको थियो । पर्यटन मंत्री प्रिस्का मुप्फुमिराका अनुसार जिम्बाबेले करीब ३० हजार हात्ति बेच्न लागेको हो ।

पर्यटन मंत्री प्रिस्काका अनुसार जिम्बाबेले अंगोला तथा अन्य इच्छुक देशलाई हात्ति बेच्ने योजना बनाएको छ । उनका अनुसार जिम्बाबेको कुनै निर्धारित बजार नभएका कारण इच्छुक जो कोहीले खरिद गर्न सक्नेछ ।

पर्यटन मंत्री प्रिस्काका अनुसार हाल जिम्बाबेसँग ८४ हजार हात्ति छन् जसमध्ये ३० हजार बिक्री गर्ने योजना रहेको छ । खासगरी अंगोलाको २७ वर्ष लामोे गृहयुद्ध मा धेरै वन्यजन्तुको विनास भएका कारण जिम्बाबेले अंगोललाई हात्ति बेच्न खोजेको हो ।

बारुदी सुरुगं अहिले पनि वन्यजन्तुका लागि समस्या हुनसक्ने हुँदा जिम्बाबेले यसका लागि फंड समेत उपलब्ध गराउने जनाएको छ । अंगोलाले अहिले देशमा वन्यजन्तु भित्र्याउने योजना बनाएको छ ।

एक रिपोर्टका अनुसार जिम्बाबेले मे मा दुबई तथा चीनलाई २० करोडमा ९७ वटा हात्ति बिक्री गरेको थियो ।
वन्यजन्तु एजेंसीका अनुसार हात्ति बिक्रीबाट आएको रकम प्रकृति संरक्षणमा खर्च गरिने छ ।

एक रिपोर्टका अनुसार दक्षिण अफ्रीकाका चार देश जिम्बाबे, नामीबिया, बोत्सवाना तथा जाम्बियामा संसारको कुल हात्तिको आधा भाग छ । जिम्बाब्वे हात्तिको दांतको ठुलो बजार पनि मानिन्छ । तर, अन्तराष्ट्रिय सम्झौताका कारण हाल जिम्बाबे, नामीबिया, बोत्सवाना तथा जाम्बियामा हात्तिको दांत बिक्री गर्न पाइँदैन् ।

जिम्बाबेका राष्ट्रपति इमर्सन म्नांगगवा तथा नामीबिया, बोत्सवाना तथा जाम्बियाका सरकारले पनि हात्तिको दांतमा लगाइएको व्यापार प्रतिबन्ध हटाउन माग गरेका छन् ।

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic