गणेश इशारा राईको कमेडी शो गाईघाटमा सम्पन्न

  • भदौ ३, २०८२
  • ४१६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान, ३ भदौ ः हास्य कलाकार गणेश इसारा राईको “अल नेपाल १७औं एकल कमेडी शो” उदयपुरको गाईघाटस्थित रामजानकी पार्टी प्यालेसमा सम्पन्न भएको छ।

हाँस्यव्यङ्ग्यात्मक प्रस्तुति, स्थानीय कलाकारका सांगीतिक तथा नृत्य कार्यक्रमसहित आइतवार सम्पन्न शो मा दर्शकहरूको भीड रहेको थियो ।

इसाराको प्रस्तुतिले दर्शकलाई पेट मिची मिची हसाएको थियो। कार्यक्रममा संकलित रकम “वीर माया राई शोभोमा स्मृति कोष”मार्फत विपन्न,असहाय तथा बिरामीको उपचारमा खर्च गर्ने इसाराले बताए।

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशसभा सांसद तथा पूर्व मन्त्री नारायण बुर्जा मगरले इसाराको सामाजिक भावनाप्रति प्रशंसा गर्दै निरन्तर सहयोगी हात अगाडि बढाउन आग्रह गरेका थिए ।

कार्यक्रममा स्थानीय कलाकारहरु सन्जिता बिक, बिपना शर्मा, सरोज अर्पण राई, वहार चाम्लिङ, बिबेक राई लगायतले गीत प्रस्तुत गरेका थिए भने अन्य कलाकारहरुले नृत्यमार्फत कार्यक्रमलाई थप मनोरन्जन प्रदान गरेका थिए ।

सो अवसरमा समाजसेवी सुनिता रेग्मी राई, पर्यटन व्यवसायी सङ्घ उदयपुर अध्यक्ष डेबिट बस्नेत, गोरखा ब्रुअरी प्रा.लि.का उदयपुर प्रतिनिधि प्रकाश खत्री, उदयपुर कलाकार समाज अध्यक्ष अशोक सिवा लगायतको उपस्थिति थियो।

रश्मि राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुनसरीका संचारकर्मी तिर्थ कार्की र रन्जना कार्कीले सञ्चालन गरेका थिए।

पब्लिक मा.बि. फुस्रेका ह्यापिसनलाई सिङ्गिङ च्याले

छाल खवर धरान,२३मंसिर ःधरान स्कुल सिङ्गिङ च्यालेन्ज–२०८२’ सिजन&n ...

डिसिए कपको उपाधि दुवै आयोजकको पोल्टा

छाल खवर धरान,२० मंसिर ःदेउराली चिल्ड्रेन एकेडेमी धरान–५ले आयोजना गरेक ...

हामी चुनावको पक्षमा छौ तर वातावरण बनेको देखिदैन जस

छाल खवर धरान,१८ मंसिर ः जसपा नेपालका अध्यक्ष, पूर्व उपप्रधानमन्त्री उपेन्द् ...

मैत्रीपुर्ण फुटसलमा पत्रकार महासंघ सुनसरी बिजयी

धरान : धरान १५ स्थित हिविसकस इङ्ग्लिस वोर्डिङ्ग स्कूलद्वारा आयोजित मैत्री ...

सुनाखरी एकेडेमी कपको उपाधि आयोजकको पोल्टामा

छाल खवर धरान,१७ मंसिर ः धरानमा जारी सुनाखरी एकेडेमी कप फुटबल प्रतियोगिताको ...

शिक्षासेवी घिमिरेद्वारा आमाको नाममा १ लाखको अक्षय

छाल खवर धरान,१५ मंसिर ः शिक्षा सेवि तथा समाजसेवी सुरेन्द्र घिमिरेले आफ्नो ज ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic