गणेश इशारा राईको कमेडी शो गाईघाटमा सम्पन्न

  • भदौ ३, २०८२
  • ६४१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान, ३ भदौ ः हास्य कलाकार गणेश इसारा राईको “अल नेपाल १७औं एकल कमेडी शो” उदयपुरको गाईघाटस्थित रामजानकी पार्टी प्यालेसमा सम्पन्न भएको छ।

हाँस्यव्यङ्ग्यात्मक प्रस्तुति, स्थानीय कलाकारका सांगीतिक तथा नृत्य कार्यक्रमसहित आइतवार सम्पन्न शो मा दर्शकहरूको भीड रहेको थियो ।

इसाराको प्रस्तुतिले दर्शकलाई पेट मिची मिची हसाएको थियो। कार्यक्रममा संकलित रकम “वीर माया राई शोभोमा स्मृति कोष”मार्फत विपन्न,असहाय तथा बिरामीको उपचारमा खर्च गर्ने इसाराले बताए।

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशसभा सांसद तथा पूर्व मन्त्री नारायण बुर्जा मगरले इसाराको सामाजिक भावनाप्रति प्रशंसा गर्दै निरन्तर सहयोगी हात अगाडि बढाउन आग्रह गरेका थिए ।

कार्यक्रममा स्थानीय कलाकारहरु सन्जिता बिक, बिपना शर्मा, सरोज अर्पण राई, वहार चाम्लिङ, बिबेक राई लगायतले गीत प्रस्तुत गरेका थिए भने अन्य कलाकारहरुले नृत्यमार्फत कार्यक्रमलाई थप मनोरन्जन प्रदान गरेका थिए ।

सो अवसरमा समाजसेवी सुनिता रेग्मी राई, पर्यटन व्यवसायी सङ्घ उदयपुर अध्यक्ष डेबिट बस्नेत, गोरखा ब्रुअरी प्रा.लि.का उदयपुर प्रतिनिधि प्रकाश खत्री, उदयपुर कलाकार समाज अध्यक्ष अशोक सिवा लगायतको उपस्थिति थियो।

रश्मि राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुनसरीका संचारकर्मी तिर्थ कार्की र रन्जना कार्कीले सञ्चालन गरेका थिए।

मृगौलिया नेवाः पुचःकोअध्यक्षमा कर्णबहादुर

छाल खवर धरान,१० चैतः मृगौलिया नेवाःपुचःको प्रारम्भिक भेलाले कर्ण बहादुर प्र ...

हिविस्कस स्कुलमा कविता बाचन प्रतियोगिता सम्पन्न

छाल खवर धरान,१० चैतः हिबिस्कस ईङलिस बोडीङ स्कुल धरान–१५ दृ कविता बाचन ...

रोटरी क्लब धरान घोपाकाे आयोजनामा वृहत स्वाथ्य शिव

छाल खवर  धरान,८ चैत ः राेटरी क्लव अफ धरान घोपा, रोट्रय ...

धरान लिगामेन्ट रेसिडेन्सियल स्कुल धरान–१६ ले एर्ईई

छाल खवर धरान,८ चैत ः धरान लिगामेन्ट रेसिडेन्सियल स्कुल धरान–१६ ले एर ...

एक्वा वोडिङ स्कुलकका विद्यार्थीहरुलाई विदाई

छाल खवर धरान,७ चैतः एक्वा सेकेण्डरी इङ्लिस स्कुल  धरान–१७ ले कक् ...

हिविस्कस वोडिङ स्कुलमा स्वास्थ्य सम्वन्धि सचेतना क

छाल खवर धरान,४ चैतः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ मा स्वास्थ्य ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic