छाल खवर
धरान,८ चैत ः राेटरी क्लव अफ धरान घोपा, रोट्रयाक्ट क्लब अफ धरान घोपा वी.पी.कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आयोजनामा नरसिंह गाउँपालकािमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
वडा नं ७ काे काली मन्दीरकाे प्राङ्गणमा भएको शिविरमा त्यस क्षेत्रका ५५० जना स्थानीय लाभान्वित भएको आयोजकले जनाएको छ ।
शिविरमा ग्यास्ट्रोएन्टेरोलोजी तथा हेपाटोलोजी,स्वास्थ्य शिक्षा, सामान्य चिकित्सा तथा आपतकालीन, निःशुल्क परामर्श चिकित्सा,मधुमेह विशेषज्ञ, हड्डी तथा जोर्नी रोग विभाग, चर्मरोग विभाग , प्रसूती तथा स्त्रीरोग विभाग , नाक, कान तथा घाँटी रोग विभाग , सार्वजनकि स्वास्थ्य दन्त चिकित्सा लगायतको सेवाबाट स्थानीय लाभान्वित भएको रोटरी क्लब अफ धरान घोपाका अध्यक्ष इश्वर ताम्राकारले जानकारी दिएकाछन् ।
स्थानीय जनतालाई गाउको स्वास्थय सेवा दिने उदेश्यले शिविरको आयोजना गरीएको अध्यक्ष ताम्राकारको भनार्य रहेको छ ।
सामाजिक सेवा गर्ने उदेश्यले शिविरको आयोजना गरीएको र आगामी दिनमा पनि यस्ता सामाजिक कार्यहरु गर्दै जाने वताए ।
Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved
Website By : Hash Tech Logic