छाल खवर
धरान,१५ चैतः एक्वा सेकेण्डरी इङ्लिस स्कुल धरान–१७ ले अभिभावक वैठक सम्पन्न गरेको छ ।
स्कुलमा भए गरेका गतिविधिलाई विद्यालय परिवार र अभिभावकको वीचमा आपसी छलफल र शैक्षिक सुधारका लागि वैठकको आयोजना गरीएको हो ।
वार्षिक अभिावक वैठकको उदेश्य वर्ष भरी विद्यालयमा भए गरेका अध्ययन अध्यपान तथा अतिरिक्त कृयाकलापका साथै भौतिक पूर्वाधारका विषयमा छलफल गरी निष्कर्ष निकाल्ने साथै आगामी शैक्षिक शत्रको कार्ययोजनामा समावेश गरी कार्यान्वयन गर्ने रहेको स्कुलका निर्देशक अनिश राईले वताए ।
गतसाल अभिभावक वैठकमा राखिएको प्रतिवद्धताहरु पुरा गरेको र अभिभावकहरुले विभिन्न सम्विन्धित विषयमा जिज्ञाशा सल्लाह सुझाव दिएको र त्यसलाई कार्यान्वयन गराउदै जाने निर्देशक राईले प्रतिवद्धता जनाएकाछन् ।
विद्यालयले आगामी शैक्षिक शत्र २०८३ मा शैक्षिक तथा प्रशासनिक अंगमा व्यापक परिवर्तन गरी अभिभावकले चाहे अनुसार चुस्त दुरुस्त गुणस्तरीय शिक्षा प्रदान गर्ने योजना रहेको निर्देशक राईले जानकारी दिएकाछन् ।
Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved
Website By : Hash Tech Logic