धरानका सामुदायिक विद्यालयहरूको नतिजा कस्को कति

  • वैशाख ३१, २०८३
  • ८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३० वैशाखः धरान उपमहानगरपालिकाअन्तर्गत सञ्चालित सामुदायिक विद्यालयहरूको एसइइ २०८१ को नतिजा सन्तोष जनक नरहेको विद्यालयहरुले जनाएकाछन् ।

केही दिन अघि सार्वजनिक नतिजाअनुसार यस वर्ष १ हजार १२० विद्यार्थी परीक्षामा सहभागी भएका मध्येृ ५६४ जना विद्यार्थी उत्तीर्ण भएका छन् भने समग्र उत्तीर्ण प्रतिशत ५०.३६ रहेको छ।

यस वर्ष केही विद्यालयले उत्कृष्ट नतिजा हासिल गरेका छन् भने केही विद्यालयको नतिजा कमजोर देखिएको छ। धरान–१५ स्थित पूर्वाञ्चल ज्ञानचक्षु विद्यालयले सहभागी सबै ५ जना विद्यार्थी उत्तीर्ण गराउँदै शतप्रतिशत नतिजा हासिल गरेको छ।

यस वर्ष धरान–३ स्थित भानुस्मृति माध्यमिक विद्यालयले १६ विद्यार्थीमध्ये १४ जना उत्तीर्ण गराउँदै ८७.५० प्रतिशत नतिजा ल्याउन सफल भएको छ भने धरान–१२ स्थित पब्लिक हाई स्कुलले पनि उत्कृष्ट नतिजा निकाल्न सफल भएको छ । सामान्य धारतर्फ २३० विद्यार्थीमध्ये १७४ जना उत्तीर्ण हुँदा ७७.०९ प्रतिशत नतिजा आएको छ भने प्राविधिक धारतर्फ ४७ मध्ये ४१ जना विद्यार्थी उत्तीर्ण भएका छन्, जसको उत्तीर्ण प्रतिशत ८७.२३ रहेको छ।

यता धरान–२ स्थित शिक्षा निकेतन माध्यमिक विद्यालयको प्राविधिक धारतर्फ ३१ विद्यार्थीमध्ये २४ जना उत्तीर्ण हुँदै ७७.४२ प्रतिशत नतिजा आएको छ। तर सामान्य धारतर्फ ७१ विद्यार्थीमध्ये ७ जना मात्रै उत्तीर्ण हुँदा ९.८६ प्रतिशत नतिजा आएको छ।

धरान–६ स्थित सरस्वती माध्यमिक विद्यालयले ६९ मध्ये ४७ जना विद्यार्थी उत्तीर्ण गराउँदै ६८.११ प्रतिशत नतिजा ल्याएको छ भने धरान–८ स्थित सहिद स्मृति माध्यमिक विद्यालयले सामान्य धारतर्फ २६ मध्ये ११ जना तथा प्राविधिक धारतर्फ १२ मध्ये १० जना विद्यार्थी उत्तीर्ण गराउन सफल वनेको छ ।

धरान–१० स्थित पंचायत माध्यमिक विद्यालयबाट १५ विद्यार्थी सहभागी भएकामा ४ जना उत्तीर्ण भएका छन्। धरान–११ स्थित ज्ञानोदय माध्यमिक विद्यालयले ५९ मध्ये १७ जना विद्यार्थी उत्तीर्ण गराएको छ।

धरान–१३ स्थित पब्लिक माध्यमिक विद्यालय, फुस्रेले २६ मध्ये ४ जना विद्यार्थी उत्तीर्ण गराएको छ भने धरान–१४ स्थित दन्तकाली माध्यमिक विद्यालयले १३ मध्ये १० जना विद्यार्थी उत्तीर्ण गराउँदै ७६.९२ प्रतिशत नतिजा हासिल गरेको छ।

यता धरान–१५ स्थित शिक्षा सदन माध्यमिक विद्यालयबाट १३९ विद्यार्थी सहभागी भएकामा ६३ जना उत्तीर्ण भएका छन् भने त्यस्तै चन्द्र संस्कृत माध्यमिक विद्यालयबाट सहभागी ६ मध्ये १ जना विद्यार्थी उत्तीर्ण भएका छन्।

धरान–१६ स्थित शारदा बालिका नमुना माध्यमिक विद्यालयले ५३ मध्ये १२ जना विद्यार्थी उत्तीर्ण गराएको छ भने माध्यमिक विद्यालय धरान–१७ बाट २६ मध्ये १ जना मात्रै उत्तीर्ण भएका छन्।

पञ्चकन्या माध्यमिक विद्यालय धरान–१७ ले ६८ मध्ये ५ जना विद्यार्थी उत्तीर्ण गराएको छ भने ज्वालामुखी माध्यमिक विद्यालय धरान–१७ बाट ४५ मध्ये ३० जना विद्यार्थी उत्तीर्ण भएका छन्।

धरान–१९ स्थित किराँतेश्वर माध्यमिक विद्यालयले २४ मध्ये ९ जना विद्यार्थी उत्तीर्ण गराएको छ। धरान–२० स्थित भालढुङ्गा माध्यमिक विद्यालयले ४२ मध्ये ३० जना विद्यार्थी उत्तीर्ण गराउँदै ७१.४३ प्रतिशत नतिजा ल्याएको छ।

धरान उपमहानगरपालिकाका शिक्षा शाखाले विद्यालयहरूको शैक्षिक गुणस्तर सुधारका लागि थप योजना अघि बढाएपनि खासै सुधार भने हुन सकेको छैन ।

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic