एस.ई.ईमा उत्कृष्ट सहित शतप्रतिशत नतिजा निकाल्दै हिविस्कस बोडिङ फुङ्निमा लिम्बू विद्यालय प्रथम, अधिकांश विद्यार्थीको उत्कृष्ट जीपीए

  • वैशाख ३१, २०८३
  • २,३५८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३१ वैशाखः हिविस्कस इङलिस वोडिङ स्कुल धरान–१५ ले माध्यमिक शिक्षा परीक्षा एस ई.ई २०८२ मा शतप्रतिशत नतिजा हासिल गर्दै उत्कृष्ट सफलता प्राप्त गर्न सफल वनेको छ ।

केही दिन अघि प्रकाशित नतिजा अनुसार विद्यालयबाट सहभागी सम्पूर्ण विद्यार्थी शतप्रतिशत सहित उत्कृष्ट नतिजा ल्याउन सफल वनेको हो ।

यस वर्षको एसईई परीक्षामा विद्यालयकी छात्रा फुङ्निमा लिम्बूले ३.८१ जीपीए प्राप्त गर्दै विद्यालय प्रथम बन्न सफल भएको स्कुलका निर्देशक गंगाराम राईले जानकारी दिएकाछन् ।

त्यस्तै आयुषा राईले ३.५९, रोनिशा श्रेष्ठले ३.५६ तथा मौसम श्रेष्ठले ३.४७ जीपीए हासिल गरी उत्कृष्ट नतिजा ल्याएका छन्।

त्यसैगरी निवा प्रेमी लिम्बूले ३.४४, निनाम्मा राईले ३.३५, एलेक्स श्रेष्ठले ३.३४, आर्यन खाती र इजेकियल राईले समान ३.३१ जीपीए प्राप्त गरेका छन्।

त्यसैगरी प्रज्वल लिम्बूले ३.२७, प्रयास लिम्बूले ३.२५, रुपेन्जल तामाङले ३.२३, स्वयम श्रेष्ठले ३.१७ तथा शम्भु राईले २.८४ जीपीए हासिल गरेको स्कुलले जनाएको छ ।

विद्यालयले निरन्तर गुणस्तरीय शिक्षा, अनुशासित शैक्षिक वातावरण तथा दक्ष शिक्षक टोलीको मेहनत र विद्यार्थीहरुको कडा मेहनत र लगनशीलता,अभिभावकको सही मार्ग निर्देशनका कारण यस्तो उपलब्धि हासिल भएको स्कुलको भनाई रहेको छ ।

विद्यालय प्रशासनले विद्यार्थी, शिक्षक तथा अभिभावकप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक नतिजाका लागि प्रतिबद्ध रहेको जनाएको छ।

विद्यालयको यस सफलता धरान क्षेत्रमा हिविस्कस स्कुललाई गुणस्तरीय शिक्षाको भरोसायोग्य शैक्षिक संस्थाका रूपमा थप स्थापित गरेको स्थानीय अभिभावकहरूको भनाइ छ ।

विगच वर्षमा पनि शतप्रतिशत नतिजा ल्याएको र आगामी दिनमा पनि थप परिणाम ल्याउन लागि पर्ने स्कुलका निर्देशक गंगाराम राईको भनाई रहेको छ ।

धरानका संस्थागत विद्यालयहरूको एसईई नतिजा ९३.४४ प्र

छाल खवर धरान,१ जेष्ठः धरान उपमहानगरपालिका अन्तर्गतका संस्थागत विद्यालयहरू म ...

धरानका सामुदायिक विद्यालयहरूको नतिजा कस्को कति

छाल खवर धरान,३० वैशाखः धरान उपमहानगरपालिकाअन्तर्गत सञ्चालित सामुदायिक विद्य ...

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic