समाज

    Showing १५१-१६० of ३८२ items.
  • रोटरी क्लव र रोट्याक्ट क्लवद्धारा आयोजित रक्तदानमा ८० पिन्ट रगत संकलन

    छाल खवर धरान, १६ माघ ः रोटरी क्लव अफ धरान र रोट्याक्ट क्लव धरानले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । क्लवले नियमित कार्यक्रम अन्र्तगत कार्यक्रमको आयोजना गरेको हो । भानुचोकमा आयोजित कार्यक्रममा ८ पिन्ट रगत संकलन भएको रोटरी क्लव अफ धरानका पूर्व सभापति सुरेन्द्र स्थापितले जानकारी दिएकाछन् । क्लवले आयोजना गर्ने गरेको नियमित कार्यक्रम अन्र्तगत रक्तदान आयोजना गरीएको स्थापितको भनाई रहेकोछ । सो कार्यक्रममा धरान सिटी कलेजका विद्यार्थीीहरुले सहभागिता जनाएका थिए ।

    • प्रकाशित मितिः माघ १६, २०७९
    • १,९०५ पटक पढिएको
    • छाल खबर
  • सरस्वती पुजाकाे अवसरमा द डान्स गार्डेन धरानकाे उद्धाटन तथा सम्मान कार्यक्रम

    छाल खबर   धरान । द डान्स गार्डेन धरानको औपचारिक रुपमा उद्धाटन भएको छ । गार्डेनको हलमा गरिएको हिजो भएको उद्धाटन धरान उपमहानगरपालिका का वडा नं १३ का वडाध्यक्ष नेत्र प्रसाद काफ्ले तथा कार्यक्रको विशेष अतिथि धरान उपमहानगरपालकिाका वडा नं ९ का पुर्व वडाध्यक्ष रत्न बहादुर कट्वाले रिबन काटेर पानसमा बत्ती बालेर उद्धाटन गरिएको हो ।   द डान्स गार्डेन द्धारा उद्धाटनका साथसाथै सरस्वती पुजाको पवन अवसरमा द डान्स गार्डेन एकल नृत्य प्रतियोगिता समेत सम्पन्न भएको छ ।   प्रतियोगितामा प्रथम साया राई, दोस्रो सेरुङ याख्या, तेस्रो ईमा याख्खा भएका थिए । प्रथम दोश्रो र दोश्रो लाई नट्राजको मुर्ति,

    • प्रकाशित मितिः माघ १३, २०७९
    • ४,२६३ पटक पढिएको
    • छाल खबर
  • नोबेल एकेडेमीको खेलकुद सप्ताह सम्पन्न (फाेटाेफिचर)

    छाल खबर  धरान । धरान-११ स्थित नोबेल एकेडेमीको खेलकुद सप्ताह सम्पन्न भएको छ । माघ ५ गते देखि सञ्चालित खेल सप्ताह आज सम्पन्न भएको छ । खेल सप्ताहको समापनपछि मंगलबार औपचारिक समारोहबीच विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको छ । पुरस्कार वितरण समारोहमा बोल्दै विद्यालयका प्रिन्सिपल रविन न्यौपानेले विद्यार्थीको चौतर्फी बिकासका लागि किताबी ज्ञानसंगै खेलकुद र अतिरिक्त क्रियाकलापलाई विद्यालयले प्राथमिकता दिंदै आएको बताउनु भयो । विद्यार्थीहरुमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले स्कूलले प्रत्येक वर्ष यस्तो कार्यक्रम गर्दै आएको प्रिन्सिपल न्यौपानेको भनाई छ । स्पोर्ट्स मिटमा कक्षा नर्सरीदेखि

    • प्रकाशित मितिः माघ १०, २०७९
    • ६,१४२ पटक पढिएको
    • छाल खबर
  • अव्यवस्थित पार्किङ व्यवस्थापन गर्दै ९ नम्बर वडा

    छाल खबर  धरान । धरान ९ आचार्य लाईन स्थित बजारमा बढ्दो ट्राफिक जामलाई व्यवस्थापन गर्नको लागि एक तर्फि नो पार्किङ सुरु गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरी धरानका ईन्चार्ज स्याम कुमार बस्नेत , धरान उपमहानगरपालिका बजार ब्यवस्थापनका अधिकृत बेद प्रकाश सापकोटा, धरान उपमहानगरपालिका का नगर प्रहरी ईन्चार्ज, ९ न वडाका जनप्रतिनिधि सहितको राेहबरमा शुक्रबार देखि आचार्य लाईनमा एकतर्फी पार्किङ शुरु गरिएको ९ नं वडाका वडाध्यक्ष रुपेश आचार्यले जानकारी दिनु भयो । उनका अनुसार नियममा दुवै तर्फ पार्किङ गर्न नपाईने भएपनि वडा प्रहरी कार्यलयबाट खहरे पुल सम्म एक तर्फि नाे पार्किङ (दाया तर्फ) भएको जा

    • प्रकाशित मितिः माघ १०, २०७९
    • १,३२८ पटक पढिएको
    • छाल खबर
  • धरानमा खानेपानीको समस्या शुरु

    छाल खवर धरान,९ माघ ः विगत वर्ष झै पनि धरानमा खानेपानीको समस्या शुरु भएको छ । पर्यटकीयस्थलका रुपमा परिचित धरानको बजार क्षेत्रमा खानेपानीको चरम समस्या भएको हो । गर्मियाम शुरु नभई खानेपानिको समस्या शुरु हुन थाले पछि स्थानिय समस्यामा परेका छन् । धरान उपमहानगरपालिकाले पानी वितरणमा समस्यामा पर्दा वर्षायाममा पनि बजारका स्थानमा खानेपानीको चरम अभाव देखिएको छ । धरानको पुरानो समस्या अझै।पनि समस्याको समाधान नहुदा स्थानिय चिन्तित हुनथालेका छन् । खानेपानीको।समस्या हुन थाले पछि स्थानीयले पानी किन्न थालेको छन् । बढ्दो जनसंख्या र बढ्दो खानेपानीको प्रयोगकर्ताका कारण खानेपानीको चरमअभाव हुन थालेको हो । कुनै

    • प्रकाशित मितिः माघ ९, २०७९
    • ७४२ पटक पढिएको
    • छाल खबर
  • तामाङ समुदायले विभिन्न कार्यक्रम गर्दै यसरी मनाइयो सोनाम ल्होसार (फोटोफिचर)

    छाल खवर धरान , ८ माघ । तामाङ समुदायले विभिन्न कार्यक्रमको आयोजना गरी आइतबार सोनाम ल्होसार पर्व मनाएका छन् । तामाङ समुदायको नयाँ बर्ष २८५९ औं सोनाम ल्होसारको अवसर पारेर धरानमा पनि धुमधामले मनाइएको हो । नेपाल तामाङ घेदुङ नगर कार्यसमिति धरानको आयोजनामा धरान ८ स्थित कार्यालयकाे परिसरमा विविध कार्यक्रम गरि सोनाम ल्होसार मनाइएको हो । नगर अध्यक्ष यामबहादुर गोले तामाङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि मेयर हर्क साम्पाङ, बिशेष अतिथि उपमेयर अइन्द्रबिक्रम बेघा रहेका थिए । हिजोदेखि गाई वर्ष पूरा गरी बाघ वर्ष सुरु भएको छ । हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होसार मनाउने गरिन्छ ।

    • प्रकाशित मितिः माघ ९, २०७९
    • ७१३ पटक पढिएको
    • छाल खबर
  • करेन्ट लगाएर सिकारीले मार्‍यो दुई गैँडा

    छाल खबर चितवन , ७ माघ ः । चितवन राष्ट्रिय निकुञ्जमा दुई वटा गैँडा चोरी सिकारीले मारेको अवस्थामा फोला परेको छ । शुक्रवार दिउसो साढे १२ बजे पूर्वी नवलपरासीको मध्य विन्दु नगरपालिका २ सीतापुर सेहेरी नजिकै नारायणी नदीको भङालोमा दुई वटा गैँडा मृत अवस्थामा फेला परेको हो । एउटा माउ गैँडा र एउटा भाले बच्चा गैँडा मृत अवस्थामा फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकृत गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । दिउसो गैँडा मृत अवस्थामा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । माउ गैँडाकोट सिङ काटेर लगेको र बच्चाको भने सुरक्षित रहेको सूचना अधिकारी तिवारीले जानकारी दिनुभयो । नारायणी नदी वारी घा

    • प्रकाशित मितिः माघ ७, २०७९
    • १,११५ पटक पढिएको
    • छाल खबर
  • आगलागी हुँदा ३ वटा घर जलेर नष्ट ,१० लाख बराबरको क्षति

    छाल खवर सप्तरी , ७ माघ ः सप्तरीको तिरुहुत गाउँपालिका ४ स्थित डिमन टोलमा शुक्रबार आगलागी हुँदा ३ वटा घर जलेर नष्ट हुँदा १० लाख बराबरको क्षति भएको छ । स्थानीय नारायण यादव, ओम नारायण यादव र गुगली भन्ने हरेराम यादवको घरमा आगलागी हुँदा १० लाख बराबरको धनमाल जलेर नष्ट भएको स्थानीयले बताएका छन् । गुगली भने हरेराम यादवको गोठघर छेउमा राखेको खरानीको ढिस्कोबाट आगो सल्किदा उनको गोठघरमा आगलागी भएपछि टाँसिएको छिमेकी तेज नारायण र ओम नारायणको घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रबक्ता सिंहले जानकारी दिएका छन्। आगलागीमा कंचनरुप नगरपालिका,राजविराज नगरपालिका हनुमाननगर कंकालिनी नगरपालिका

    • प्रकाशित मितिः माघ ७, २०७९
    • १,४६५ पटक पढिएको
    • छाल खबर
  • दुई कपडा पसलमा छापा

    छाल खवर विराटनगर ,५ माघ ःराजस्व अनुसन्धान एकाइ कार्यालय, इटहरीको टोलीले बुधबार विराटनगरका दुई कपडा पसलमा छापा मारेको छ । विराटनगर–९, मेनरोडमा रहेको नारायण स्टोर र अम्बिका वस्त्रालयमा सो टोलीले छापा मारेर कागजात नियन्त्रणमा लिइएको हो । अवैध कारोबार र कर छली गरेको सूचनाका आधारमा छापा मारेर कागजात नियन्त्रणमा लिइएको राजस्व अनुसन्धान एकाइ कार्यालय इटहरीका सूचना अधिकारी एवं अधिकृत विनोद पोखरेलले जानकारी दिनुभयो । नन्दुकिशोर तापडिया र किसन तापडियाले सञ्चालन गरेको नारायण स्टोर भारतको जोगबनीमा समेत रहेको छ । खुला सीमाको फाइदा उठाउँदै भन्सार छलेर कपडा भित्र्याउने गरेको आरोप यी पसललाई लाग्दै आ

    • प्रकाशित मितिः माघ ५, २०७९
    • १,९५९ पटक पढिएको
    • छाल खबर
  • भेडेटारमा कोसेली घर निर्माण हुने

    छाल खवर धनकुटा ,३ माघ । साँगुरीगढी गाउँपालिकाले पर्यटकीय स्थल भेडेटारमा कोसेली घर निर्माण गर्ने भएको छ। गाउँपालिकामा उत्पादन हुने कृषिजन्य तथा हस्तकला उत्पादनलाई बजारीकरण र प्रवर्द्धन गर्ने उद्देश्यले भेडेटारमा कोसेली घर निर्माण गर्न लागिएको साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले बताए। पर्यटकीय स्थल भेडेटार साँगुरीगढी गाउँपालिकाको केन्द्र हो । गाउँपालिकाको २२ लाख रुपैयाँको लगानीमा निर्माण हुने कोसेली घरका लागि जग्गा प्राप्त भइसकेको उनले बताए। स्थानीय समाजसेवी देव इवाहाङले भेडेटार बजार नजिकै रहेको १ आना २ पैसा जग्गा कोसेली घर निर्माणका लागि गाउँपालिकालाई निःशुल्क प्रदान गरिसकेका

    • प्रकाशित मितिः माघ ४, २०७९
    • ३,६१८ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic