१० औ भेडेटार फुड फेस्टीवल शुरु

  • पुष १७, २०७९
  • ३,१६७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,९ पुष ः धनकुटा र सुनसरीको सीमानामा रहेको भेडेटारमा शनिवारबाट तीन दिने भेडेटार फुड फेस्टीवलको शुरु भएको छ ।

भेडेटारमा पर्यटन प्रवद्र्धनका लागि प्रत्येक वर्ष अंग्रेजी वर्षको अवसरमा आयोजना गरीदै आएको फेस्टीवल यस वर्ष शनिवार शुरु भएको हो ।

सोमवारसम्म सञ्चालन हुने सो फेस्टीवलमा १ करोड बराबरको कारोबार गर्ने लक्ष्यसहित १५ देखि २० हजार आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउने लक्ष्य राखेको आयोजक होटल एसोसिएसन भेडेटारकी कार्यवाहक अध्यक्ष शान्ति मादेन श्रेष्ठले जानकारी दिइन ।

2nd photo

आन्तरिक तथा वाह्य पर्यटक भेडेटार लगायत आसपासका क्षेत्रमा भित्र्याउने उद्देश्यले यस पटक अँग्रेजी नयाँ बर्षको अवसर पारेर दशौ भेडेटार फेस्बिलको आयोजना गरीएको होटल एसोसिएसन भेडेटारले जनाएको छ ।

महोत्सवमा मुख्य गरी स्थानीय स्तरमा उत्पादन भएका आर्गानिक कृषि उत्पादनको स्वादसंगै घरेलु सामानहरुको स्थलहरु अवलोकन गराउनु नै रहेको होटल एसोसिएसनका कावा अध्यक्ष श्रेष्ठको भनाई छ ।

कावा अध्यक्ष श्रेष्ठका अनुसार महोत्सव अवधिभर प्रत्येक दिन राई, लिम्बू, मगर, नेवारलगायतका जातिको मौलिक झाँकी तथा नृत्यहरु प्रस्तुत गरिने छ भने यस क्षेत्रमा रहेका अत्यन्तै आकर्षक गन्तव्य स्थल शैलुङ डाडा, पाथीभरा देवी मन्दिरदेखि डाडा बजारको ध्वेजे डाडा, अजंगको बरको रुख, थाउजेन विग बुद्ध लगायतका स्थानमा पर्यटकलाई जानकारी दिने कार्यक्रम रहेको छ ।

एशोसिएनका अध्यक्ष समेत रहेका सागुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले पर्यटन प्रबद्र्धनमा यो महोत्वसक कोशेढुंगा सावित हुने दावी गरेकाछन् ।

उनले सागुरीगढीलाई स्पोर्ट टरिजमको रुपमा विकास गरेर लाने योजना गाउपालिकाको रहेको र नीति तथा कार्यक्रममा समेत यो विषय समावेश गरेको वताए ।

कार्यक्रमको उद्घाटन गदैै धनकुटा क्षेत्र नं १ का प्रदेश सभा क का सभाषद निरन राईले पर्यटनले अर्थतन्त्रमा ठूलो टेवा पु¥याएको वताए ।

सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले फेस्टीवलको सफलताको शुभकामना दिदैमा आयोजना हुन लागेको औद्यागिक मेलामा सहभागी हुन आग्रह गरेका थिए ।

धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष विजय राईले पर्यटन अर्थतन्त्रको मुल आधार भएकोले त्यसलाई व्यवस्थित गर्दै लानुपर्नेमा जोडदिएका थिए ।

3rd final

के के महोत्सवको विशेषता ?

स्थानीय अर्गानिक खेतिबाट उत्पादित तरकारी तथा फलफुलको प्रर्दशनी गराउने, हस्तकला कृषि तथा घरेलु उत्पादनको प्रर्दशनी, स्थानीय जातिय खानेकुराहरुको प्रर्दशनी, मौलिक परम्परागत सास्कृतिक झाकी कार्यक्रम, स्थानीय तथा राष्ट्रिय लाकारहरुद्धारा सास्कृतिक कार्यक्रमको प्रस्तुती, हेली फनफ्लाइट, प्याराग्लाइडिङको मज्जा लिन सकिने लगायतको विशेषता रहेको आयोजकले जनाएको छ ।

8ned

के के रहेको छ फेष्टिवलको उदेश्य ?

लगानीको अवसरहरु श्रृजना हुने, पर्यटन क्षेत्रमा व्यवसायिक चेतनाको अभिवृद्धि हुने, विकासको पूर्वाधार भौतिक तथा आर्थिक विकास हुने, धार्मिक तथा ऐतिहासिक स्थलहरुको भ्रमण तथा अवलोकन गर्न पाइने, साना तथा ठूला होटल व्यवसायहरु फस्टाउने र पर्यटकहरुको आगमन वढने, ओझेलमा परेका ऐतिहासिक धार्मिक, सास्कृतिक परम्परागत तथा पर्यटकीय स्थलहरुको प्रचार प्रसार हुने आयोजक समितिका अध्यक्ष श्रेष्ठले जानकारी दिएकीछिन् ।

एसइई स्पिकरमा १९ जना सेमीफाइनमा प्रवेश

छालख खर धरान,४ वैशाख ः ¥याडिकल लाईट नेपाल प्रालि. धरानद्वारा आयोजित कोश ...

पार्टी विभाजनको हल्लाको पछि नलाग्न अध्यक्ष नेपालक

छाल खवर धरान,४ जेठः नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले &ls ...

बुवाको नाममा अक्षयकोष स्थापना

छाल खवर धरान,३१ वैशाखः युवा व्वसायी युवराज शंकर र मिलन शंकरले आफ्नो बुवाको ...

कोशी माविमा विद्यार्थीको चुनाव

छाल खवर धरान,३१ वैशाखः कोशी माध्यमिक विद्यालय वराह‌क्षेत्र –८ मा ...

आइएसए नेपाल झापा,इमोर्टल क्लब र धरान मेघा, अगाडि

छाल खवर धरान,३० वैशाखः धरानमा जारी दोस्रो अल्फा विटा ओपन महिला पुरुष बास्के ...

एसईई आईडलको क्वाटर फाईनलबाट ३६ जना छनोट

छाल खवर धरान,३० वैशाखः फक्ताङ्लुङ मिडिया हाउस प्रालिद्वारा संचालित एफटिएल अ ...

Copyright © 2020 / 2024 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic