पत्रमार्फत सुझाव दिन मनोज भट्टराईको युवालाई आह्वान

  • फागुन १६, २०८२
  • १,९७६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१६ फागुन ः नेपाली कम्युनिस्ट पार्टीबाट सुनसरी क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार सुर्य बहादुर भट्टराई (मनोज) ले आफ्नो विभिन्न चुनावी रणनीति अपनाएकाछन् ।

उनले घर दैलोेका साथ साथै युवाको सुझावलाई नै आफ्नो अभियानको केन्द्र बनाएका हुन । युवालाई पठाएको पत्रमा उनले लेखेका छन् ।

उनले लेखेका छन् हेलो युवा साथी, नमस्कार। म मनोज भट्टराई, तारा चुनाव चिन्ह बोकेर उम्मेदवारका रूपमा प्रस्तुत भएको छु। ‘भूगोल र मन जोड्ने’ मेरो संकल्प तपाईं जस्ता सचेत युवाको सल्लाह र सुझावले मात्र पूर्ण हुनेछ। व्यक्ति आफैंमा पूर्ण हुँदैन।”

उनले आर्थिक विकास, आफ्नै देशमा स्वरोजगारी सिर्जना, विदेशी लगानी भित्र्याउन नीतिगत सुधार, स्वदेशी लगानी प्रवर्द्धन तथा युवालाई उद्यममा जोड्ने नीतिमा दृढतापूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

भट्टराईका अनुसार अहिलेको जेन्जि ९नव युवा० पुस्ताको अपेक्षा के छ, उनीहरू उम्मेदवारसँग के चाहन्छन् भन्ने बुझ्नका लागि सुझाव संकलन अभियान सञ्चालन गरिएको हो। त्यसका लागि पत्रसँगै त्तच् कोड समावेश गरी युवालाई प्रत्यक्ष सुझाव पठाउन आह्वान गरिएको छ।

पार्टी निकट अखिल क्रान्तिकारी सुनसरी जिल्ला इन्चार्ज रविन श्रेष्ठ ले भने, “जेन्जि आन्दोलन पक्षधर युवाको सोचलाई आत्मसात गर्दै नजिकबाट बुझ्ने उम्मेदवार मनोज भट्टराई हुनुहुन्छ। युवाको अपेक्षा समेटेर अघि बढ्ने उहाँको प्रयास सकारात्मक र समयानुकूल छ।”

भट्टराईले अन्त्यमा जोड दिएका छन्—
“जितेपछि होइन, अहिले नै युवाको कुरा सुन्न चाहन्छु। नीति बनाउँदा युवाको आवाज अनिवार्य रूपमा समेटिनै पर्छ।”

युवासँग प्रत्यक्ष संवाद र सहभागितामार्फत विश्वास निर्माण गर्ने रणनीतिले उनको अभियानलाई सुनसरी–१ मा थप सक्रिय बनाएको देखिन्छ।

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

संयुक्त गृल व्यवसायी संघमा उदय

छाल खवर धरान,२८ चैत्र ः संयुक्त ग्रिल उद्योग व्यवसायी संघ धरानको अध्यक्षमा ...

नेकपाद्वारा ट्रेड युनियन र विद्यार्थी संगठन प्रतिब

छाल खवर धरान,२८ चैत्रः कलेजमा विद्यार्थी संगठन तथा ट्रेड युनियनमाथि प्रतिबन ...

धरानका पत्रकार कार्की हङकङमा सम्मानित

छाल खवरधरान,२८ चैत्रः ब्लाष्ट दैनिकका सम्पादक देवेन्द्र कार्की हङकङमा सम्मा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic