समाचार

    Showing ३१-४० of १,६९३ items.
  • महिला पत्रकारको चरित्रहत्या गर्ने रबि चुडाल प्रहरी फन्दामा

    छाल खवर धरान,३ चैतः सामाजिक सञ्चालमा समाज भडकाउने र चरीत्र हत्या गर्ने जस्ता कुरा गर्दै चर्चामा आउने रवि रत्न चुडाललाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जालमार्फत धरानकी एक महिला पत्रकारमाथि अश्लील गालीगलौज गर्दै चरित्रहत्या गरेको आरोपमा चुडाल पक्राउ परेको हुन । विद्युतीय (इलेक्ट्रोनिक) कारोबार सम्बन्धी कसुरमा झापा, कोहबरा गाविस–१ घर भएका ४५ वर्षीय रबि रत्न चुडाललाई प्रहरीले पक्राउ गरी धरान ल्याएको छ । उनीमाथि सुनसरीको धरान निवासी एक महिला पत्रकारको चरित्रहत्या गरेको आरोप लागेको छ। पीडित पत्रकारले दिएको जाहेरीअनुसार उनी आफ्नै घरमा बसेर पत्रकारिताको काम गरिरहेका बेला २०८२ माघ ११ गत

    • प्रकाशित मितिः चैत ३, २०८२
    • २५९ पटक पढिएको
    • छाल खबर
  • वाक फर एजुकेशन संस्थाद्धारा निशानदेवी स्कुलमा शौचालय निर्माण

    छाल खवर धरान,२ चैतः वार फर एजुकेशन नामक संस्थाले धरान–५ स्थित निशानदेवी आधारभूत विद्यालय निशान डाडामा शौचालय निर्माण गरी हस्तान्तरण गरीदिएको छ । सामुदायिक शिक्षामा योगदान पुऱ्याउने उदेश्यले स्थापित संस्थाले शिक्षामा योगदान दिने उदेश्यले सो सहयोग गरीदिएको हो । संस्थाका सदस्य अलंकार पलिखेले स्कुलमा शौचालयको समस्यालाई मध्यनजर गरी शौचालय निर्माण गरि विद्यालयलाई हस्तान्तरण गरिएको वताए । उक्त शौचालय ३ कोठा र पानीट्याङ्की समेत गरेर २ लाख ५० हजार बरावरमा निर्माण गरी सोमवार हस्तान्तरण गरीएको सदस्य पलिखेले जानकारी दिएकाछन् । सहयोग प्रति विद्यालयका प्रधानाध्यपाक लोकराज निरौलाले धन्यवाद ज्ञापन ग

    • प्रकाशित मितिः चैत २, २०८२
    • ५,९७२ पटक पढिएको
    • छाल खबर
  • माउण्ट मोरीयामा खेलकुद सप्ताह सम्पन्न

    छाल खवर धरान,२ चैतः माउण्ट मोरिया हाई स्कुल धरान–१७ मा खेलकुद सप्ताह सम्पन्न भएको छ । स्कुलले गत वर्ष जस्तै यसवर्ष पनि पढाईका अतिरिक्त खेलकुदको भूमिका मानव जीवनमा महत्वपूर्ण हुन्छ भन्ने सन्देश दिन खेलकुदको आयोजना गरीएको हो । कितावी ज्ञानसंगै खेलकुदको भूमिका अत्यन्तै महत्वपूर्ण हुन्छ भन्ने कुराको शिक्षा दिन विद्यार्थीलाई साप्ताहिक खेलकुदको कार्यक्रमको आयोजना गरीएको स्कुलका प्रिन्सिपल प्रताप तामाङले वताए । उक्त खेलकुद सप्ताहमा स्वास्थ्य नै धन हो भन्ने मुल मर्म विद्यार्थीहरुलाई बुझाउने प्रयास गरिएको प्रिन्सिपल तामाङको भनाई रहेको छ । खेलकुदबाटै स्वास्थ्य जीवन प्राप्त हुन्छ भन्ने कुरालाई

    • प्रकाशित मितिः चैत २, २०८२
    • ११,७८९ पटक पढिएको
    • छाल खबर
  • गोर्खा ट्रेलब्लेजर चैत्र १४ गते हुने

    छाल खवर धरान,२ चैतः धरानमा आयोजना हुदै आएको गोर्खा ट्रेलव्लेजर रन यस वर्षको चौथो रन चैत १४ गते हुने भएको छ । आयोजक गोर्खा सिमेट्रीज ट्रष्ट नेपालले आइतवार पत्रकार सम्मेलन गरी सो वारेमा जानकारी दिएको हो । विश्व युद्ध र विभिन्न युद्धहरूमा वीरगति प्राप्त गरेका वीर गोर्खाली सैनिकहरूको सम्मान र सम्झनामा धरानमा गोर्खा ट्रेलब्लेजर आयोजना हुदै आएको छ । गोर्खा ट्रेलब्लेजर दौड प्रतियोगिता हो । गोर्खा सिमेट्रीज ट्रष्ट नेपालका अध्यक्ष महेन्द्र कुमार राईले चौथो गोर्खा ट्रेलब्लेजर धरान १८ स्थित रत्न चौकमा चैत्र १४ गते शनिबार विहान सुरु भएर २० नं. वडाको व्रिट्रिस गोर्खा स्मृति पार्कमा समापन हुने जानकारी दिए

    • प्रकाशित मितिः चैत २, २०८२
    • ४,४७७ पटक पढिएको
    • छाल खबर
  • एमालेबाट को को परे समानुपातिकमा नामसहित

    छाल खवर धरान,३० फागुनः नेकपा एमालेले समानुपातिकतर्फ १६ जना सांसदको नाम टुङ्गो लगाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा बसेको सचिवालय बैठकले १६ जनाको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिएकाछन् । भट्टले दिएको जानकारी अनुसार जनजाति महिलामा भूमिका सुब्बा,गंगादेवी श्रेष्ठ,पुरुषमा रामबहादुर थापा मगर,कुलभक्त शाक्य रहेकाछन् । त्यसैगरी खस आर्य महिलामा पद्मा अर्याल,टुकाभद्रा हमाल छन भने पिछडीएको क्षेत्रबाट एशुदा कुमारी बराल सिफारीस भएकाछन् ।पुरुषतर्फगुरु प्रसाद बराल,पुष्पराज कंडेल थारुमा कृपाराम राना रहे्काछन् । त्यस्तै दलित महिलामा विष्णु

    • प्रकाशित मितिः फागुन ३०, २०८२
    • २७३ पटक पढिएको
    • छाल खबर
  • जिरो प्वाइन्ट सरोकार समाजद्धारा रक्तदान सम्पन्न

    छाल खवर धरान,३० फागुनः जिरो प्वाइन्ट सरोकार समाज धरान–१३ ले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । हरेक वर्ष प्रजातन्त्र दिवसको अवसरमा आयोजना हुदै आएको सो कार्यक्रम यस वर्ष चुनावका कारण पछि सरेको हो । कार्यक्रममा ७१ पिन्ट रगत संकलन भएको संस्थाका अध्यक्ष कृष्ण राउतले जानकारी दिएकाछन् । रगतको अभावमा कसैले पनि ज्यान गुमाउनु नपरोस भन्ने उदेश्यले रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको कार्यक्रम संयोजक सरोज श्रेष्ठले वताए । समाजले विभिन्न सामाजिक कार्यहरु समेत गर्दै समाज सेवामा योगदान गर्दै आएको छ ।

    • प्रकाशित मितिः फागुन ३०, २०८२
    • २,८३८ पटक पढिएको
    • छाल खबर
  • बालिका इनिशा वि.क.को बलात्कारपछि हत्याको विरोधमा धरानमा खवरदारी

    छाल खवर धरान,२९ फागुन ः सुर्खेतकी बालिका इनिशा बिकको बलात्कारपछि हत्या गरेको घटनाको विरोधमा शुक्रवार धरानमा खबरदारी ¥याली सम्पन्न भएको छ । बाल सञ्जालको आयोजनामा धरानका नागरिक समाज लगायत विभिन्न संघ संस्थाको उपस्थितिमा हिंसा र अपराधमुक्त समाजको माग गर्दै प्रदर्शन भएको हो । प्रदर्शनकारीहरूले दोषीलाई कडा भन्दा कडा कारबाही र पीडितलाई न्यायको माग गरेका छन् । सहभागीहरूले खबरदारी ¥यालीमा निर्दोष बालिकालाई न्याय दिन र अपराधीलाई कडा कानुनी दायरामा ल्याउन जोड माग गरेकाछन् । पीडित बालिका र उनका परिवारलाई न्याय दिलाउन राज्यसँग माग गरेकाछन् । दोषीलाई कडा कारबाहीः बलात्कार र हत्या जस्ता जघन्य अपर

    • प्रकाशित मितिः फागुन २९, २०८२
    • २१३ पटक पढिएको
    • छाल खबर
  • एमाले अध्यक्ष ओलीलाई पितृ शोक

    छाल खवर धरान,२९ फागुन ः पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेको छ । ओलीका पिता मोहन प्रसाद ओलीको उपचारको क्रममा निधन भएको हो। ९७ वर्षीय ओलीको गठ्ठाघरस्थित अस्पतालमा उपचारको क्रममानिधन भएको पारिवारीक स्रोतले जनाएको छ । ओलीको पार्थिव शरीरलाई गुण्डुस्थित निवासमा लगिने र पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ। अस्पताल स्रोतका अनुसार केही समय यता मोहनप्रसाद ओली अस्वस्थ थिए । उनको पार्थिव शरीरलाई ओली निवास गुण्डुमा लैजाने तयारी गरिएको छ । उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ । स्वर्गीय ओलीका दुई छोरा र तीन छोरी छन् ।

    • प्रकाशित मितिः फागुन २९, २०८२
    • २७८ पटक पढिएको
    • छाल खबर
  • हर्कराज राई सुनसरी १ बाट निर्वाचित

    छाल खवर धरान,२४ फागुन ः सुनसरी निर्वाचन क्षेत्र नं १ बाट श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई निर्वाचित भएका छन् । राई ३५ हजार ७४१ मत प्राप्त गर्दै विजय भएका हुन । उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङले २७ हजार २४९ मत ल्याइन् । राईले तामाङलाई ८ हजार ४९२ मतको अन्तरले पराजित गरेका हुन् । त्यस्तै नेकपा एमालेका टिकाराम लिम्बूले ६ हजार ३३१ मत प्राप्त गर्दा नेपाल कम्युनिस्ट पार्टीका मनोज भट्टराईले ६ हजार २५८ मत ल्याएका छन् । अन्य उम्मेदवारहरूमा नेपाली कांग्रेसका सुजेन्द्र तामाङले ३ हजार ९७० मत तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका उद्धव श्रेष्ठले १ हजार ४१९ मत प्रा

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • २२७ पटक पढिएको
    • छाल खबर
  • झापा–५ मा बालेन भन्दा ओली २९ हजार मतले पछाडी

    छाल खवर धरान,२३ फागुन ः सर्वाधिक चर्चामा रहेको निर्वाचन क्षेत्र झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन्द्र शाह भन्दा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली २९ हजार बढी मतले पछी परेकाछन् । पछिल्लो परिणामअनुसार बालेन्द्रले ३९ हजार २८४ मत ल्याउँदा ओली १० हजार २९३ मतसहित दोस्रो स्थानमा छन्। झापा ५ मा अहिलेसम्म ६२ हजार १ सय मत गणना भएको छ, जसमा २ हजार ५४९ मत बदर भएका छन्। झापा–५ मा श्रम संस्कृति पार्टीका उम्मेदवार समिर तामाङ ६ हजार ३२४ मतसहित तेस्रो स्थानमा रहँदा नेपाली कांग्रेसकी उम्मेदवार मन्धरा चिमरियाले १ हजार ९६ मत ल्याएकी छन् । यहाँ अन्य उम्मेदवारले चार अंकको योगफल जोड्न सकेका छैन

    • प्रकाशित मितिः फागुन २३, २०८२
    • २४९ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic