छाल खवर धरान,२० मंसिर ःदेउराली चिल्ड्रेन एकेडेमी धरान–५ले आयोजना गरेको डिसिए कपको दुवै उपाधि आयोजकले हात पारेको छ । शुक्रवार भएको धरान स्तरीय डिसिए कपको दुवै उपाधि आयोजकले हात पारेको हो । छात्रतर्फ आयोजक देउराली चिल्ड्रेन एकेडेमी धरान–५ विजेता वनेको छ भने जोलसाया एकेडेमी धरान–११ उपविजेता वनेको छ । त्यसैगरी छात्रातर्फ आयोजक देउराली चिल्ड्रेन एकेडेमी धरान–५ नै विजेता बन्न सफल बनेको छ भने जोलसाया एकेडेमी धरान–११ उपविजेता बन्न सफल भएको छ । एक दिने बास्केटबल प्रतियोगितामा हिविस्कस इङ्लिस वोडिङ स्कल धरान–१५,जोलसाया एकेडेमी धरान–११, धरान इङ्लिस वोडिङ स्क
धरान : धरान १५ स्थित हिविसकस इङ्ग्लिस वोर्डिङ्ग स्कूलद्वारा आयोजित मैत्रीपुर्ण फुटसल प्रतियोगितामा नेपाल पत्रकार महासंघ सुनसरी बिजयी भएको छ । बिहिबार धरान ८ स्थित हाम्रो फुटसलमा भएको खेलमा महासंघले हिविसकस स्कूलका शिक्षक टिमलाइ ८–६ गोल अन्तरले पराजित गर्दै मैत्रीपुर्ण फुटसलको उपाधी हात पारेको हो । हिविसकस क्विज प्रतियोगिताकोे प्रचार प्रसार स्वरुप फुटसल प्रतियोगिता आयोजना भएको हो ।बिजेता टोलीले मायाको चिनो हात पारेको छ ।
छाल खवर धरान,१७ मंसिर ः धरानमा जारी सुनाखरी एकेडेमी कप फुटबल प्रतियोगिताको उपाधि आयोजक सुनाखरी एकेडेमीको सुनाखरी रातोले हात पारेको छ । एन्फा टेक्निकल सेन्टरमा बुधबार भएको फाइनल खेलमा नेपाल पुलिस स्कुललाई ट्राईबेकरका आधारमा ३–२ ले पराजित गर्दै सुनाखरी रेडले पहिलो संस्करणको उपाधि हात पारेको हो । ट्राईबेकरमा सुनाखरी रातोका एलिन थापा मगर, श्रीहाङ राई, प्रनिस राईले गोल गरेका थिए । अनिस गुप्ता र राजेश ओझाको प्रहार आउट भएको थियो । उपाधिसँगै सुनाखरी रेडले नगद ५० हजार ट्रफि,मेडल र पुरस्कार प्राप्त गरेको छ । उपविजेता नेपाल पुलिस स्कुलले नगद २५ हजार हात पारेको छ । प्रतिस्पर्धात्मक खेल दुवै तर्
छाल खवर धरान, १४ मङ्सिर — धरानमा जारी सुनाखरी एकेडेमी कपको आइतवारको खेलमा आयोजक सुनाखरी रातो विजयी वनेको छ । सनाखरी रातोले सैनिक आवासीय मा.वि.लाई पराजित गर्दै विजयी वनेको हो । सुनाखरी एकेडेमी, धरान–१२ द्वारा आयोजित पहिलो संस्करण ‘सुनाखरी एकेडेमी कप–२०८२’ अन्तर्गत आइतबार सम्पन्न पहिलो सेमिफाइनलमा सुनाखरी रेड ले सैनिक आवासीय स्कुल लाई शानदार जित दर्ता गर्दै फाइनल यात्रा सुनिश्चित गरेको छ। खेल एन्फा एकेडेमीको खेल मैदान, धरान–१७ मा भएको थियो। खेलको पहिलो हाफको २४औँ मिनेटमा सुनाखरी रेडका जर्सी नम्बर ९ आदेश पोद्दारले १ गोल गर्दै टिमलाई अग्रता दिलाए। सैनिक आवासी
छाल खवर धरान,१० मंसिरः धरानमा जारी पहिलो सुनाखरी कपको वुधवारको खेलमा ज्वालामुखि मा.वि. र हिमशिखर वोडिङ स्कुल क्वाटर फाइनलमा प्रवेश गरेकाछन् । ‘सुनाखरी कपको चौथो दिन पहिलो खेलमा ज्वालामुखी मा.वि.ले सेन्ट जोसेफ स्कुललाई ४–० को फराकिलो अन्तरले पराजित गर्दै क्वाटर फाइनलमा पुगेको हो । दोस्रो खेलमा हिमशिखर स्कुल तरहराले देउराली चिल्ड्रेन एकेडेमीलाई २–१ले हराउँदै क्वाटर फाइनलमा पुगेको छ । खेलको म्यान अफ द म्याच ज्वालामुखी माविका सन्देश राई र हिमशिखरका सुशील वन घोषित भए। उनीहरूले नगद १÷१ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । बिहीबार पहिलो क्वाटर फाइनल खेल सुनाखरी रेड र लर्ड
छाल खवर धरान, ९ मंसिरः धरानमा जारी सुनाखरी एकेडेमी कपको मंगलवारको खेलमा प्रभात सेकेण्डरी वोडिङ स्कुल र सैनिक आवासीय मा.वि. क्वाटर फाइनलमा प्रवेश गरेकाछन् । मङ्गलबार भएको पहिलो खेलमा प्रभात सेकेन्डरी बोर्डिङ स्कुलले ज्ञानकुन्ज रेसिडेन्सियल स्कुललाई ८–० को ठुलो गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको थियो । पहिलो हाफमै ३–० को अग्रता लिएको प्रभातले दोश्रो हाफमा थप पाँच गोल गर्दै सहज जित हात पारेको हो। पहिलो खेलका प्लेयर अफ द म्याच प्रभातका जर्सी नं. ११ का युवाहाङ राई घोषित भए। दोस्रो खेलमा नेपाल सैनिक आवासीय मा.वि. र सुनाखरी निलो बीच प्रतिस्पर्धा रोमाञ्चक बनेको थियो। नि
छाल खवर धरान,९ मंसिरः १९ वर्षदेखि स्थगित रहेको डिआइजिपि कप यस वर्षदेखि सञ्चालन हुने भएको छ । नेपाल प्रहरी विद्यालय धरानले यस वर्षदेखि प्रतियोगितालाई संचालन गर्ने भएको हो । प्रतियोगिता आयोजक नेपाल पुलिस स्कुल धरानले मंगलवार पत्रकार सम्मेलनको आयोजना गरी कोशी प्रदेश अन्तर विद्यालय डिआइजीपि रनिङ फुटबल टुनामेन्ट २०८२ आयोजना गर्न लागेको जानकारी गराएको हो । पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार प्रतियोगिताको सातौँ संस्करण पुस ९ देखि १९ सम्म नेपाल प्रहरी प्रदेश कार्यालय धरानको फुटबल मैदानमा सञ्चालन हुनेछ। प्रतियोगिता संयोजक प्रहरी निरिक्षक सुरेश कुमार हायुले राजनीतिक उतार–चढावका कारण छैटौँ
छाल खवर धरान, ७ मंसिर — धरानमा जारी सुनाखरी कपको उद्घाटन खेलमा आयोजक सुनाखरी रातोले लिबर्टी रेसिडेन्सियल स्कुललाई फराकिलो गोल अन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सुनाखरीले पहिलो हाफमा १० तथा दोस्रो हाफमा ८ गोल गर्दै १८ गोल गर्न सफल भएको थियो ।लिबर्टीका तर्फबाट कुनै गोल हुन सकेन। खेलको म्यान अफ द म्याच’ सुनाखरीका जर्सी नम्बर १० का खेलाडी श्रीहाङ लिम्बु घोषित भए। सुनाखरी एकेडेमीद्वारा आयोजित सुनसरी जिल्ला ब्यापी अन्तर बिद्यालय स्तरीय ‘सुनाखरी एकेडेमी कप–२०८२’ को पहिलो संस्करण शनिवार देखि सुरु भएको छ। धरान उप–महानगरपालिकाका उप–
धरान,७ मंसिरः फोकस क्लव धरान–१६ ले सल्लाहकार तथा धनकुटा सेवा समाज दक्षिण कोरीयाका अध्यक्ष समाजसेवी प्रदेश राईलाई विदाई गरेको छ । क्लवका सल्लाहकार र क्लवका सदस्य लक्ष्मी याक्खालाई एक कार्यक्रमका विच विदाई गरेको हो । समाजसेवी राईले क्लवलाई विगत वर्षदेखि नै सहयोग गर्दै आउनु भएको छ । नेपाल आउनु भएको अवसरमा क्लवले सल्लाहकार राई र सदस्य याक्खालाई क्लवमा योगदान गरे वापत सम्मान समेत गरेको थियो । दक्षिण कोरीयामा रहेर सफल व्यवसायसँगै फुटबल खेललाई समेत अगाडी वढाउदै समाजसेवा समेत सकृय रहदै आउनु भएका राईलाई नेपालमा पनि फुटबल खेलप्रति थप प्रोत्साहन गर्न प्रेरणा मिलोस भन्ने उदेश्यले सम्मान गरीएको
छाल खवर धरान,३० कार्तिकः सुनाखरी एकेडेमी धरान–१२ द्धारा आयोजना गरीन लागेको सुनाखरी कपमा सुनसरीका १६ स्कुल सहभागी हुने भएकाछन् । मङ्सिर ७ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सुनसरीका १६ विद्यालयले नाम दताए गराएको एकेडेमीका प्रतियोगिता प्रचार संयोजक प्रदिप राईले वताउनु भयो । धरानमा हुन लागेको सुनसरी जिल्ला स्तरीय ‘सुनाखरी एकेडेमी कप’ अन्तर विद्यालय फुटबल प्रतियोगितामा हिविस्कस इङलिस वोडिङ स्कुल धरान–१५, सेन्ट जोसेफ स्कुल धरान–१७, नेपाल प्रहरी विद्यालय धरान–१३, प्रभात सेकेन्डरी स्कुल, बिजयपुर स्कुल, ज्ञानकुञ्ज विद्यालय, लिबर्टी स्कूल, देउराली चिल्ड्
Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved
Website By : Hash Tech Logic