छाल खवर धरान,२ फागुनः धरानमा जारी २६औँ संस्करणको बुढासुब्बा गोल्डकपको उपाधि प्लानिङ ब्वाइज क्लब काठमाडौँले जित हासिल गरेको छ । शनिवार धरान रङ्गशालामा भएको फाइनल खेलमा प्लानिङ ब्याइजले चर्च ब्वाइज युनाइटेड काठमाडौँलाई १–० गोलले पराजित गर्दै उपाधि जितेको थियो । चर्च ब्वाइज अघिल्लो वर्ष २५औँ संस्करणको उपविजेता टोली थियो। उपाधिसँगै प्लानिङ ब्याइजले नगद १० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ भने उपविजेता चर्च ब्याइजले नगद ५ लाख रुपैयाँमा हात पारेको छ । खेलको दोस्रो हाफको १८औँ मिनेटमा प्रताप सिंह राईको एकल प्रयासमा भएको निर्णायक गोल नै प्लानिङ ब्वाइजका लागि उपाधि दिलाउने गोल बन्न सफल भएको
विकास चाम्लिङधरान,२० हङकङः विर गार्खाहरुको सम्मान र स्मृतिमा गोर्खा सेमिष्ट्रीज ट्रष्ट हङकङको आयोजनामा आयोजित सातौ गोर्खा ट्रेल व्लेजरमा नेपालको प्रतिनिधित्व गरेका महिला तर्फ पुष्प लिम्वु र पुरुष तर्फ सरोज लिम्वु १२ कि.मि. विद्यामा विजेता वनेको छ । पुष्पले आफ्नो रेस एक घण्टा २ सेकेन्डमा पुरा गरिन भने सरोजले ५० मिनटमा पुरा गरेका थिए । सरोजले गत सालका विजेता वेलायतका रायन वेलानको ५७ मिनटको रेर्कड तोडदै विजेता वनेका हुन । वेलान ५८ मिनट २९ सेकेन्डमा आप्mनौ रेस पुरा गर्दै दोस्रो वने । धरान निवासि हाल हङकङ वस्नु हुने यमनाथ लिम्वुले ५८ मिनट ५७ सेमेण्डमा रेस पुरा गरेर तेस्रो वने । महिला तर्फ नेपालक
छाल खवर धरान,१ माघः धरानको प्रतिष्ठित प्रतियोगिताको २६औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता आगामी माघ २२ गतेदेखि फाल्गुन २ गतेसम्म आयोजना हुने भएको छ। आयोजक धरान फुटबल क्लवले विहिवार पत्रकार सम्मेलन गरी सो विषयमा जानकारी गराएको हो । धरान–१६ स्थित धरान रंगशालामा प्रतियोगिता सञ्चालन हुनेछ। पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार प्रतियोगितामा यस वर्षदेखि १० वटा टिमले प्रतिस्पर्धा गर्ने छन्। धरान फुटबल क्लबका महासचिव नवीन राईका अनुसार प्रतियोगितामा सहभागी हुने टिमहरूमा काठमाडौका एन.आर.टि. क्लब,चर्च ब्वाइज क्लब, नेपाल पुलिस क्लब, प्लानिङ ब्वाइज युनाइटेड क्लब
छाल खवर धरान,२० पुषः सातौं कोशी प्रदेशस्तरीय अन्तर विद्यालय डिआइजिपी रनिङ फुटबल प्रतियोगिताको उपाधि आयोजक नेपाल पुलिस स्कुल धरान ९रातो० ले हात पारेको छ । नेपाल प्रहरी प्रदेश कार्यालय धरानको खेल मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पुलिस स्कुलले धरानकै प्रभात सेकेन्डरी बोर्डिङ स्कुललाई १–० गोलअन्तरले पराजित गर्दै उपाधि हात पारेको हो। पुलिस स्कुलका जर्सी नम्बर ७ का विकास मगरले गरेको पहिलो गोल नै च्याम्पीयन हुनका लागि निर्णायक वनेको थियो । विजेता वनाउन सफल मगर फाइनल खेलको म्यान अफ दि म्याच घोषित हुँदै नगद १ हजार ५ रुपैयाँ समेत प्राप्त गर्न सफल वनेका थिए । उपाधिसँगै पुलिस स्कुलले ट्रफी, नगद
छाल खवर धरान,१४ पुषः नेपाल पुलिस स्कुल रातो र सिद्धार्थ सेकेण्डरी स्कुल, सुन्दरहरैँचा मोरङ सातौ कोशी प्रदेश अन्तर स्कुल डिआईजिपी रनिङ फुटवल प्रतियोगिताको सेमि. फाइनल प्रवेश गरेकाछन् । नेपाल पुलिस स्कुलको खेल मैदानमा सोमवार भएको पहिलो क्वाटर फाइनल खेलमा आयोजक नेपाल पुलिस स्कुल (रातो) ले निदि सेकेण्डरी स्कुल, विर्तामोड झापा लाई २–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । खेलको पहिलो हाफको ९औँ मिनेटमा निदि सेकेण्डरी स्कुलका जर्सी नं. ७ का आदर्श मेचेले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर खेलको २४औँ मिनेटमा नेपाल पुलिस स्कुलका जर्सी नं. ९ का उज्वल थापाले बराबरी
छाल खवर धरान,१३ पुषः धरानमा जारी कोशी प्रदेशस्तरीय अन्तर विद्यालय डिआइजी रनिङ कप फुटबल प्रतियोगिताको सातौँ संस्करण अन्तर्गत आइतवार भएको पाचौं दिनको पहिलो खेलमा पिनाकल स्कुल र दोस्रो खेलमा नेपाल पुलिस स्कुल (निलो)ले क्वाटर फाइनलमा प्रवेश गरेको छ । पहिलो खेलमा पिनाकल ज्ञान मन्दिर मोरङका सक्षम राज थापाको दोस्रो हाफको १९औ मिनेटमा भएको निर्णायक गोल ले नै पिनाकललाई क्वारफाईनलमा पुर्याएको थियो । खेलको म्यान अफ द म्याच पिनाकलका निहाङ राई घोषित भए । उनले नगद १ हजार ५ रुपैयाँ पुरस्कार प्राप्त गरेका थिए । दोस्रो खेलमा नेपाल पुलिस स्कुल निलोले ट्राईबेकरमा डिपोट स्कुल धरानलाई ४–१ गोलको अन्तरल
छाल खवर धरान,१२ पुषः डिआइजी रनिङ कप फुटबल प्रतियोगिताको सातौँ संस्करण अन्तर्गत चौथो दिनको खेलमा सिद्धार्थ बोडिङ स्कुल र माउण्ट हर्मन एकेडेमी क्वाटर फाइनलमा प्रवेश गरेकाछन् । सिद्धार्थ वोडिङ स्कुलले आदर्श इङ्लिस स्कुललाई १–० गोल र दोस्रो खेलमा माउण्ट हर्मनले सफल सिद्धार्थ एकेडेमीलाई २–० गोलले पराजित गर्दे क्वाटर फाईनलमा प्रवेश गरेका हुन् । शनिबार नेपाल प्रहरी प्रदेश कार्यालय धरानस्थित फुटबल मैदानमा जारी कोशी प्रदेशस्तरीय अन्तर विद्यालय फुटवल प्रतियोगिताको पहिलो खेलमा सिद्धार्थ सेकेन्डरी स्कुल मोरङका निपेश तामाङको दोस्रो हाफको २७ औ मिनेटमा भएको गोल नैनिर्णयक गोललेनै सिद्धार्थलाई क्
छाल खवर धरान,२६ मंसिर ः डिपो माध्यमिक विद्याल धरान १८ ले आयोजना गरेको २० औं ललित–अम्बर डिपो कप –२०८२ को आज दोस्रो दिन तीन खेलहरु भएका छन् । आजको पहिलो खेल नोबेल एकाडेमी धरान ११ र एप्पल मन्टेश्वरी धरान ११ बीच भएको थियो । सो खेलमा नोबेल एकाडेमीले एकतर्फी जीत निकालेको थियो । खेलमा नोबेल एकाडेमीले एप्पल मन्टेश्वरीलाई ०–८ गोलले पराजित गर्यो । खेलमा नोबेल एकाडेमीको तर्फबाट जर्सी ७ का सोहन राईले ३ गोल गरेका थिए । यसैगरी जर्सी ९ का डेनिल लिम्बूले २ गोल, रेहान रसाइली र सायाहाङ राईले समान १र१ गोल गरेका थिए । एप्पल मन्टेश्वरीकोतर्फबाट १ गोल आत्मघाती भएको थियो । यी सबै गोलहरु मध
छाल खवर धरान,२० मंसिर ःदेउराली चिल्ड्रेन एकेडेमी धरान–५ले आयोजना गरेको डिसिए कपको दुवै उपाधि आयोजकले हात पारेको छ । शुक्रवार भएको धरान स्तरीय डिसिए कपको दुवै उपाधि आयोजकले हात पारेको हो । छात्रतर्फ आयोजक देउराली चिल्ड्रेन एकेडेमी धरान–५ विजेता वनेको छ भने जोलसाया एकेडेमी धरान–११ उपविजेता वनेको छ । त्यसैगरी छात्रातर्फ आयोजक देउराली चिल्ड्रेन एकेडेमी धरान–५ नै विजेता बन्न सफल बनेको छ भने जोलसाया एकेडेमी धरान–११ उपविजेता बन्न सफल भएको छ । एक दिने बास्केटबल प्रतियोगितामा हिविस्कस इङ्लिस वोडिङ स्कल धरान–१५,जोलसाया एकेडेमी धरान–११, धरान इङ्लिस वोडिङ स्क
छाल खवर धरान,१७ मंसिर ः धरानमा जारी सुनाखरी एकेडेमी कप फुटबल प्रतियोगिताको उपाधि आयोजक सुनाखरी एकेडेमीको सुनाखरी रातोले हात पारेको छ । एन्फा टेक्निकल सेन्टरमा बुधबार भएको फाइनल खेलमा नेपाल पुलिस स्कुललाई ट्राईबेकरका आधारमा ३–२ ले पराजित गर्दै सुनाखरी रेडले पहिलो संस्करणको उपाधि हात पारेको हो । ट्राईबेकरमा सुनाखरी रातोका एलिन थापा मगर, श्रीहाङ राई, प्रनिस राईले गोल गरेका थिए । अनिस गुप्ता र राजेश ओझाको प्रहार आउट भएको थियो । उपाधिसँगै सुनाखरी रेडले नगद ५० हजार ट्रफि,मेडल र पुरस्कार प्राप्त गरेको छ । उपविजेता नेपाल पुलिस स्कुलले नगद २५ हजार हात पारेको छ । प्रतिस्पर्धात्मक खेल दुवै तर्
Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved
Website By : Hash Tech Logic