अपराध

    Showing २१-३० of ४५ items.
  • भारतिय नोट सहित दुई जना भारतिय नागरिक पक्राउ

    छाल खवर धरान,९ साउन ः जिल्ला प्रहरी कार्यालय मोरङले भारतीय र अमेरिकी डलर सहित २ जनाालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत उत्तर प्रदेश लखनउ का ३४ बर्षीय अतुल कुमार र ३५ बर्षीय सन्दिप सिंह रोय रहेका छन् । मोरङको बिराटनगर महानगरपालिका १७ मटेरुवा चोक स्थितबाट भारतिय र अमेरिकी डलर सहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीले दिएको जानकारी अनुसार शुक्रवार दिउसो १ बजे भारतबाट नेपाल तर्फ आउदै गरेका उनिहरुको साथबाट भारतिय नोट ५०० को २०० थान १ लाख र सन्दिप सिंह रोयको साथबाट भारतिय नोट ५०० को २१७ थान १ लाख८ हजार ५ सय, अमेरिकन नोट १०० को २१ थान,२० को ५ थान,१० को १ थान , र १

    • प्रकाशित मितिः साउन ९, २०७८
    • २,३३६ पटक पढिएको
    • छाल खबर
  • पाच लाख भन्दा बढी नगद सहित लागूऔषधमा सम्लग्न ४ पक्राउ

    छाल खवर धरान,१५ असार ःझापाको दमकबाट लागुऔषध कारोवारमा संलग्न भएको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरादह ५ वालुवथानका २६ बर्षीय विवेक लिम्वु , २२ बर्षीय शौरभ राई, ईलाम चुलाचुली ४ घर भई हाल दमक ५ मा बस्ने ३१ बर्षीय विक्रम राई र ३७ बर्षीय जेम्स भन्ने खगेन्द्र सावा रहेकाछन् । उनीहरुको साथबाट पाँच लाख चौध हजार तीन सय नगद सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । बिक्रम र खगेन्द्रलाई सोधपुछ गर्दा ईलामको घरमा लागूऔषध लुकाई राखेको भन्ने खुल्न आएकोले उनिहरुको घरमा गई खानतलासी गर्दा बिक्रमको कोठाबाट लागूऔषध ५ ग्राम र खगेन्द्र सावाको कोठाबाट ब्राउन सुगर २ ग्राम ३०० मिलिग्राम बरा

    • प्रकाशित मितिः असार १५, २०७८
    • २,४५७ पटक पढिएको
    • छाल खबर
  • सर्लाहीमा स्काबेटर चालकले गरे वडाध्यक्षको हत्या

    छाल खवर धरान,१२ असार ःसर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं. ३ का अध्यक्ष सूर्यकुमार श्रेष्ठको एक्स्काभेटरको बकेटले हिर्काएर हत्या भएको छ । सामान्य विवादमा एक्स्काभेटर चालक हर्षबहादुर तामाङले बकेटले प्रहार गरी वडाध्यक्ष श्रेष्ठको हत्या गरेको सर्लाही प्रहरीका एसपी सन्तोषसिंह राठौरले जानकारी दिए । एसपी राठौरका अनुसार चालक तामाङसहित दुई जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको छ । प्रहरीका अनुसार शुक्रबार राति वडाध्यक्ष श्रेष्ठ ईश्वरपुर नगरपालिका ३ भक्तिपुर भन्ने स्थानमा पोखरी सौन्दर्यीकरणको काम हेर्न गएका थिए । नगरपालिकाको बजेटबाट भइरहेको उक्त काम हेर्न वडाध्यक्ष श्रेष्ठसँगै ठेकेदार प्रेमराज दाहाल

    • प्रकाशित मितिः असार १२, २०७८
    • १,७०३ पटक पढिएको
    • छाल खबर
  • तिन थान भरुवा बन्दुक सहित तिन जना पक्राउ

    छाल खवर धरान,१२ असार ःतेह्रथुमको लालिगुरास नगरपालिका १ भुल्के स्थितबाट तिन थान भरुवा बन्दुक सहित तिन जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थानका ३५ बर्षीय मनोज गुरुङ, ३४ बर्षीय प्रेम गुरुङ र ३६ बर्षीय राम बहादुर गुरुङ रहेका छन् । हिजो दिउसो सँवा १ बजे प्रहरी चौकी लसुनेबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई बन्दुक बोकेर हिडिरहेको अबस्थामा फेला पारेको थियो । प्रहरीलाई देख्न साथ भाग्न खोजेका उनिहरुलाई नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय बसन्तपुरबाट थप अनुसन्धान भईरहेको छ ।

    • प्रकाशित मितिः असार १२, २०७८
    • २,६०६ पटक पढिएको
    • छाल खबर
  • खानेतेलको जर्किनमा लागूऔषध

    छाल खवर धरान,९असार ः खानेतेलको जर्किन भित्र प्रतिवन्धित लागू औषध ओसार पसार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी चक्रघट्टी ७ का ३२ बर्षीय राजकुमार मगर रहेको प्रहरीले जनाएको छ । लागूऔषध नियन्त्रणमा ब्युरोबाट खटिएको प्रहरी टोलीले हिजो बेलुका साढे ६ बजे लागूऔषध सहित मगरलाई पक्राउ गरेको हो । मगरले बोकेको झोलामा खानेतेलको गिलेनमा एभिल ७७ एम्पुल, लुपिजेसिक ७५ एम्पुल, डाइजाल्याप ७५ एम्पुल र फेनारगन ७८ एम्पुल फेला परेको थियो । पक्राउ परेका मगरलाई ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।

    • प्रकाशित मितिः असार ९, २०७८
    • १६१ पटक पढिएको
    • छाल खबर
  • पत्रकारको नाममा रकम ठगी गर्ने २ जना पक्राउ

    छाल खवर धरान,६ असार ःपत्रकार हौ भन्दै व्यापारीहरुसँग अवैध रुपमा रकम उठाउने दुइजनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका वडा नं ६ जुटबिकासका ५० बर्षीय दधिराम चौहान र मोरङ सुन्दरहरैचा नगरपालिका ७ का ५६ बर्षीय पुष्प प्रसाद सिग्देल रहेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । मोरङ रतुवामाई नगरपालिका १० स्थितबाट वनको कर्मचारी तथा पत्रकार हौ भनि उनीहरुले रकम ठगी गर्र्दै आएका थिए । गत असार ४ गते बेलुका ६ बजे रतुवामाई १० स्थितमा रहेको पूर्ण बहादुर श्रेष्ठको माईवेनी स–मिलबाट रकम उठाउन आएको बेला प्रहर

    • प्रकाशित मितिः असार ६, २०७८
    • २,३७२ पटक पढिएको
    • छाल खबर
  • एम्बुलेन्सबाट गाँजाको कारोवार

    छाल खवर धरान,११ जेठ ः एम्बुलेन्समा गाँजा ओसारपसार दुईजनालाई धरानबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा एम्बुलेन्स चालक धरान १५ का ३६ वर्षीय बलबहादुर लिम्बू र धनकुटा शहिदभूमि गाउँपालिका १ घर भइ हाल धरान ११ बस्ने वर्ष २८ का पोशन राई रहेका छन् । गएराति करिब ९ बजे भेडेटारबाट धरानतर्फ आउँदै गरेको को १ च ५५५९ नम्बरको एम्बुलेन्सबाट गाँजा बरामद गरिएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिएकाछन् । हुडेप नेपाल लेखिएको मारुतीलाई एम्बुलेन्स बनाएर गाँजा ओसारपसार गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको वस्नेतको भनाई रहेको छ । वस्नेतका अनुसार एम्बुलेन्सबाट

    • प्रकाशित मितिः जेठ ११, २०७८
    • २,०१४ पटक पढिएको
    • छाल खबर
  • डकैतीमा संलग्न ३ जना पक्राउ

    छाल खवर धरान,२६ वैशाख ःसाताअघि धरान १५ मा डकैटी गरी एक वृद्धको हत्या गरी नगद समेत लुटेर फरार भएको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानले दिएको जानकारी अनुसार घटनामा संलग्न हुनेहरुमा मोरङको पथरी ३ घर भई हाल धरान १५ सुनगाभा मार्ग बस्दै आएका ३८ बर्षीय सन्षोष भन्ने वीरवहादुर परियार, पथरी शनिश्चरे ५ पिपलडाँडा घर भई हाल धरान १० पुतली लाईन बस्ने ३५ बर्षीय सोनी राई र धरान १३ अमरहाटका २९ बर्षीया लक्ष्मी लिम्बु रहेकाछन् । उनीहरुले डकैती गरिएको गहनाहरु सोनी राईको बहिनी नाता पर्ने लक्ष्मी लिम्बुलाई लुकाएर राख्न दिएको प्रहरी अनुसन्धानबाट खुलेको थियो । उनको कोठामा खानतलासी

    • प्रकाशित मितिः वैशाख २६, २०७८
    • २,४५५ पटक पढिएको
    • छाल खबर
  • दाजुको कुटाइबाट भाइको मृत्यु

    छाल खवर उदयपृुर,२३ वैशाख ः उदयपुरमा आफ्नै दाजुको कुटाइबाट भाईको मृत्यु भएको छ । उदयपुरको त्रियुगा नगरपालिका– ९ चौकीबारीमा सामान्य वादविवाद हुँदा दाइको कुटाइबाट भाईको मृत्यु भएको हो । मृत्यु हुनेमा ३६ वर्षीय खुशीलाल चौधरी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । उनका ५० वर्षीय दाजु पुलकित चौधरीको कुटपिटबाट घाइते खुशीलालको वुधवार उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । विराटनगरस्थित गोल्डेन अस्पताल पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको उदयपुर प्रहरी प्रमुख भीम दाहालले बताए । पुकलितलाई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख २३, २०७८
    • १,३३८ पटक पढिएको
    • छाल खबर
  • नाबालिकलाई जर्बजस्ती गरेको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ

    छाल खवर धरान,९ वैशाख ःबालिकालाई जर्बजस्ति करणी गरेको आरोपमा भोक्ताहा नरसिंह गाउँपालिका अध्यक्ष प्रहरी नियन्त्रणमा रहेकाछन् । बुधवार धरानको डुकु होटलमा नाबालिकालाई जर्बजस्ती करणी गरेको आरोपमा अध्यक्ष महेन्द्रप्रसाद यादव प्रहरी नियन्त्रणमा रहेकाहुन । धरान १३ स्थित एक होटलमा लगेर बालिकालाई जवरजस्ति करणी गरेको आरोपमा उनलाई वुधवार पक्राउ गरीएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । संखुवासभा घर भएकी १७ बर्षीया नाबालिकालाई होटलमा लगेर जर्बजस्ती गरेको आरोपमा उनलाई पक्राउ गरीएको ईलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले वताएकाछन् । यादव युवतिको विचमा इटहरीको एक होटलमा भेटपछि उनीहर

    • प्रकाशित मितिः वैशाख ९, २०७८
    • ३,८४५ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic