१३ औं भेडेटार फुड फेस्टिभलको तयारी पुरा

  • पुस १४, २०८२
  • ३,०१३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१४ पुषः सुनसरी र धनकुटाको सीमानामा रहेको भेडेटारमा हरेक वर्ष आयोृजना हुदै आएको भेडेटार फुड फेस्टिभलको तयारी पुरा भएको आयोजकले जनाएको छ ।

आयोजकले दिएको जानकारी अनुसार १३ औँ भेडेटार फुड फेस्टिभलको तयारी पुरा भएको छ ।

महोत्सवमा भेडेटारमा साना, मध्यम तथा तारेस्तरका सहित करिब २०० होटेल पूर्ण रूपमा सञ्चालनमा छन्।

फेस्टिभलले भेडेटारमा जातीय तथा अर्ग्यानिक खानाको प्रवर्द्धनका साथै होटेल, होमस्टे र समग्र पर्यटन व्यवसायमा नयाँ ऊर्जा थपेको होटेल एसोसिएसन भेडेटारले जानकारी दिएको छ।

१३ औँ भेडेटार फुड फेस्टिभलको आयोजक होटल एशोसिएसन भेडेटारका अध्यक्ष तुमराज लिम्वुले महोत्सवको तयारी पुरा भएको जानकारी दिएका छन् ।

अंग्रेजी वर्षको अवसरमा पौष १६ देखि १८ गतेसम्म सञ्चालन हुने महोत्सवमा ३० हजारदेखि ५० हजारसम्म आन्तरिक तथा बाह्य पर्यटकको सहभागिता रहने अपेक्षा गरिएको अध्यक्ष लिम्वुको भनाई रहेको छ ।

के के छन् फेस्टिभलका मुख्य आकर्षणहरु ः

फेस्टिभलमा घरेलु उत्पादनको स्टल,, अर्ग्यानिक तरकारी तथा फलफूल, हस्तकला , जातीय खानाको प्रदर्शनी,मौलिक सांस्कृतिक झाँकी, स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति रहने अध्यक्ष लिम्वुको भनाई रहेको छ ।

माउन्टेन बाइक, प्याराग्लाइडिङ र जिप लाइनजस्ता साहसिक पर्यटन गतिविधि पनि महोत्सवको थप आर्कषण रहेको लिम्वूको भनाई रहेको छ ।

के के छन् भेडेटारका पर्यटन पूर्वाधार

भेडेटार क्षेत्रमा ५०÷६० वटा साधारण, ५०÷६० वटा मध्यमस्तरीय र ८–१० वटा तारे होटेल सञ्चालनमा रहेको र नाम्जे र डाँडा बजारका होमस्टेमा एकै पटक ४०० देखि ५०० पर्यटक अटाउन सक्ने क्षमता रहेको आयोजकको भनाई रहेको छ ।

थप पूर्वाधारमा लार्लीबसा र रिडी रिसोर्टजस्ता उच्चस्तरीय होटेल सञ्चालनमा छन् भने १५ देखि २० करोड रुपैयाँ लगानीको एशियाटिक होटेल निर्माणाधीन अवस्थामा छ। यी पूर्वाधार सम्पन्न भएपछि भेडेटारमा वार्षिक १ लाख ५० हजारदेखि २ लाख पर्यटक आगमन हुने आयोजकको दावी रहेको छ ।

एशोसिएसनका अध्यक्ष लिम्वूले लिम्बुले फेस्टिभलले अर्ग्यानिक खानाको प्रवर्द्धन,स्थानीय जातीय खाना, होमस्टे र पर्यटन व्यवसायलाई थप चलायमान बनाउने दावी गरेकाछन् ।

कृषि मेला प्रदर्शनी पनि सञ्चालन हुने

फुड फेस्टिभलको अवसरमा साँगुरीगढी गाउँपालिकाको कृषि विकास शाखामार्फत कृषि मेला प्रदर्शनी सञ्चालन गरिनेछ। गाउँपालिकाभित्रका कृषकहरूले आफ्ना कृषि उत्पादन प्रदर्शनीमा राख्न सक्नेछन् ।

होटेल एसोसिएसन भेडेटारको आयोजना हुन लागेको महोत्सवमा सह–आयोजकमा प्राकृतिक वातावरण स्रोत तथा पर्यटन भेडेटार र भेडेटार आमा समूह रहेका छन्। मुख्य प्रायोजकका रूपमा गोर्खा ब्रुअरी र नेपाल पर्यटन बोर्ड रहेका छन्। महोत्सवलाई पर्यटनको व्राण्ड वनाउने अपेक्षा आयोजकको रहेको छ ।

 

 

 

 

 

प्लस टु वतृत्वकलामा २० छनौट

छाल खवर धरान,३ फागुन ःधरान उप–महानगरव्यापी अन्तर प्लस टु स्तरीय वक्तृ ...

​सिद्धार्थ शिशु सदन स्कुललाई दुई उपाधी

छाल खवर धरान,३ फागुन ः सिद्धार्थ शिशु सदन स्कुल धरान–१६ ले प्राज्ञिक ...

हामी एमालेलाई जिचाउन आतुर छौ धरान–४ वासी

छाल खवर धरान,३ फागुन ःधरान–४ का मतदाता नेकपा एमालेका उम्मेद्वारलाई जि ...

बुढासुब्बा गोल्डकपको उपाधि ब्वाइजको हातमा

छाल खवर धरान,२ फागुनः धरानमा जारी २६औँ संस्करणको बुढासुब्बा गोल्डकपको उपाधि ...

फेड आइडी वनाएर महिलाको चरीत्र हत्या गर्नेको पहिचान

 छाल खवर धरान,१ फागुनःसामाजिक सञ्चालमा वढेको महिला हिसांत्मक व्यवहार ...

रामधुनी ६ र ७ मा टिकाराम लिम्बूका पक्षमा माहौल बन

छाल खवर धरान,१ फागुन ः रामधुनी ६र ७ जनता एमालेलाई मतदान गर्न आतुर देखिएकाछन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic