छाल खवर धरान,१३ असोज ः प्रदेश नंं १ का मुख्यमन्त्री भीम आचार्यले मातृवात्सल्य एवंम् स्नेहको अनुपम प्रतिक सन्तानको दीर्घ जीवन तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्वको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री आचार्यले शुभकामना जारी गर्दै सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, सुस्वास्थ्य, दिर्घायु र प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको हो । बहुधार्मिक, बहुभाषीक, बहुजातीय, बहुसाँस्कृतिक विशेषता तथा भौगोलिक विविधतायुक्त हाम्रो मुलुकमा विभिन्न जात जातिले मनाउदै आएका चाड पर्वहरुले हामी नेपालीहरु बिच परस्पर सद्भाव, बन्धुत्वको भावनालाई अभिवृद्धि गर्दै आएको उल्लेख गर्नुभए
छाल खवर धरान,११ असोज ः याक्थुङ लिम्बू समुदायलाई उद्योग व्यवसाय क्षेत्रमा अभिप्रेरित गर्ने उदेश्यले सुनसरीमा याक्थुङ उद्यमी समाजको स्थापना भएको छ । समाजको अध्यक्षमा विपिन इवारम,वरिष्ठ उपाध्यक्षमादेवकुमार सुव्वा,उपाध्यक्षहरुमा डम्वरकुमार तुम्बापो,डा योगेन्द्र पालङ्वा,भारती सुव्वा र नविन सुव्वा रहेकाछन् । समाजको सचिवमा शिव सुव्वा इस्वो, कोषाध्यक्षमा कविता लिम्वु र सहसचिवहरुमा शान्तिराम जवेगु(सुमन)जीवनप्रकाश शेर्मा,मोहन विक्रम तिगेला,निर्मला इवारम रहेकाछन् भने सहकोषाध्यक्षमा कल्पना लिम्वु रहेकीछिन् । अन्य सदस्यहरुमा भद्रकुमारी लिम्बु,हेमचन्द्र लिम्वु,दिलकुमारी राई (लिम्वु) ज्योति लिम्वु (मेन्या
छाल खवर धरान,११ असोज ःबराह ग्रुप अफ कम्पनीका परिकल्पनाकार एवम् संस्थापक अध्यक्ष स्वर्गीय ईन्द्र कुमार लामिछाने विश्वकर्माको ६४ औं जन्मजयन्तीमामा रक्तदान कार्यक्रमको आयोजना गरीने भएको छ । गु्रपले दिएको जानकारी अनुसार असोज १३ गते बुधबारको दिन रक्तदान कार्यक्रमको आयोजना गरीने भएको हो । रक्तदान जिवनदान भन्ने मुल नारालाई आत्मसात गर्दै सो कार्यक्रम बराहको नया भवन धरान–८ धनकुटे रोडमा आयोजना गरीने जनाईको छ । ब्यवसायिक प्रतिष्ठानले आयोजना गरेको रक्तदानकार्यक्रमहरु मध्ये २०७४ भाद्र ३ गते २३ औं वार्षिक उत्सवको अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा १,०५६ पिण्ट संकलन गरेको थियो । सो रिपोर्टलाई
छाल खवर धरान,४ असोज ःनेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रदेश नं. १ र बागमती प्रदेशमा आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने दावी गरेकाछन् । पेसागत महासंघ नेपालको सोमवार राष्ट्रिय समितिको बिस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सो दावी गरेका हुन् । नेपालले २ नम्बर प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आफ्नो पार्टीको संगठन मजवुत वनेको दावी समेत गरेकाछन् । बजारमा फैलाए जस्तो आफ्नो पार्टी कमजोर नभएको जिकिर गर्दै पार्टी कसैको पार्टीभन्दा कम नभएकाले कार्यकर्तालाई नआत्तिन आग्रह समेत गरेकाछन् । एक र तीन नम्बर प्रदेश (बागमती)मा छिट्टै आफ्नो पार्टीक
भोला श्रेष्ठधरान,४ असोज ः बन मन्त्रालय अन्तगएत रहेको नेपाल बन निगम लिमिटेडका कार्यकारी निर्देशकको सेटिङमा गैरकानुनी रुपमा प्रदेश १ को काठ अन्य प्रदेशमा सप्लाई भइरहेको छ । निगमका कार्यकारी निर्देशक रामेश्वर भट्टराईको ठाडो निर्देशन र सेटिङमा गैरकानुनी रुपमा काठ अन्य प्रदेशमा सप्लाई हुन लागेको हो । निगमको नियमावलि अनुसार राष्ट्रिय बनबाट कटान संकलन भएको सखुवा प्रजातिको काठ ५० प्रतिशत विभिन्न बन कार्यालयलाई र वार्की ५० प्रतिशत काठ निगमले नै चिरान गरी सस्तो र सुलभ मुल्यमा स्थानीय उपभोक्तालाई विक्रि वितरण गर्ने व्यवस्था रहेको छ तर निगमले भने काठ ठेकेदार मार्फत पोखरा र काठमाडौमा सप्लाई गर्ने तयारी र
छाल खवर धरान,३ असोजः नेपाली कांग्रेस धरानको नगर निर्वाचन नजिकिदै गर्दा दुवै किशोर राई नेतृत्वको समूह वडा वडामा क्षेत्रीय प्रतिनिधिहरुसंग भेटघाट र परामर्शमा व्यस्त रहेको छ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत कांग्रेस धरानको नेतृत्वको लागि सभापतिमा उम्मेदवारी दिएका किशोर राई र उनको प्यानल वडा वडामा भेटघाटमा ब्यस्त रहेको हो । । असोज ९ गते हुन गईरहेको नगरको निर्वाचनका लागि किशोर राईले संस्थापन पक्षको तर्फबाट उमेद्वारी घोषणा गरेकाछन् । धरानका २० वटै वडाबाट निवार्चित क्षेत्रीय प्रतिनिधिहरु र वडाका नेता, कार्यकर्ताहरुसँगको भेटघाट तथा परामर्शलाई किशोर राईको प्यानलले व्यापकता दिएको छ । अधि
छाल खवर धरान,३ असोज ः प्रदेश न १ का सभामुख प्रदिप कुमार भण्डारीले संविधान दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । सभामुख भण्डारीले आइतवार सन्देश जारी गर्दै शुभकामना व्यक्त गर्नुभएको हो । निर्वाचित जनप्रतिनिधीबाट संविधान निर्माण गर्ने करिव सात दशक लामो जनआकांक्षा २०७२ साल आश्विन ३ गते पुरा भएको छ सन्देशमा भनिएको छ । संविधानसभा मार्फत संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मूल्य र मान्यतामा आधारित नेपालको संविधान जारी भएको ऐतिहासिक दिन तथा राष्ट्रिय दिवसको शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु सन्देशमा उल्लेख गरीएको छ । यस अवसरमा लोकतान्त्रि
छाल खवर धरान,२ असोज ः नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा धरान उपमहानगर समितिको नेतृत्वको लागि संस्थापनले आफ्नो समूहको उमेद्वारी घोषणा गरेको छ संस्थापन पक्षले किशोर राईको नेतृत्वमा प्यानाल उम्मेदवारी घोषणा गरेको हो । धरानमा एक कार्यक्रम आयोजना गरि संस्थापन पक्षको सभापति पदमा किशोर राई सहित पदाधिकारीहरुको उमेद्वारी घोषणा गरेको थियो । त्यसैगरी दुई उपसभापति पदमा राजकुमार थोप्रा र महेन्द्र तामाङले उम्मेदवारी दिएका छन् तामाङ यस अघिको समितिका सभापति हुन भने थोप्रा युवा नेता हुन् ।त्यस्तै सचिवद्धयमा रुक्मणि गौतम (कोपिला) र सुमन श्रेष्ठ रहेकाछन् । यता सहसचिव दुई पदमा गोपाल कार्की र कमला रु
छाल खवर धरान,२९ भाद्र ः नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत धरान उपमहानगर समितिको आसन्न निर्वाचनमा सहसचिव पदमा कमला रुचालले आफ्नो उम्मेद्वारी घोषणा गरेकीछिन् । रुचालले धरानमा रहेका दलित नेता कार्यकर्ताहरुको उपस्थितिमा किशोरा राई समूहबाट सहसचिव पदमा आफ्नो उम्मेदवारी घोषणा गरेकीहुन् । सवै जात, धर्म, लिङ्ग, महिला, जनजाति, दलितहरुको सामूहिक समावेशी चरीत्रको उम्मेद्वारहरुले मात्र संविधानको मुलभूत अन्तर विषय वस्तुलाई समेत अंगिकार गर्न सफल भएको उनको भनाई छ । नेपाल दलित संघ, धरान नगर समितिको आयोजना, जिल्ला तथा केन्द्रको समेत प्रतिनिधिहरुको उपस्थितिमा २० वटै वडाका नव निर्वाचित दलित क्षेत्रीय
छाल खवर धरान,२८ भाद्रः निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र प्राप्त गरे लगत्तै नेकपा (एकीकृत समाजवादी )ले प्रदेश नं १ संसदीय दलको नेता चयन गरेको छ । सोमबार बसेको संसीय दलको बैठकले पार्टीका नेता एवं सांसद राजेन्द्र राईलाई दलको नेतामा चयन गरेको पार्टीले जनाएको छ । संसदीय दलको नेता चयन गरेपनि दलको उपनेता, मुख्य सचेतक र सचेतक भने अर्को बैठकबाट चयन गर्ने निर्णय भएको पार्टीले जनाएको छ । वर्तमान भीम आचार्य नेतृत्वको सरकारलाई समर्थन नगर्ने निर्णय गरेको सांसद उपेन्द्र घिमिरेले जानकारी दिएकाछन् । घिमिरेका अनुसार त्यसबारेमा प्रदेशसभा सचिवालयलाई सोमबार नै जानकारी दिइएको छ । विगतमा प्रदेश नं १ मा ए
Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved
Website By : Hash Tech Logic