राष्ट्रिय

    Showing १०१-११० of ३२७ items.
  • सफल युवा व्यवसायी प्रभाव खतिवडा नेपाली काँग्रेसको यातायात तथा जलश्रोत विज्ञमा नियुक्त

    छाल खवर धरान,१७ जेठ ः धरान क्षेत्रमा रहेर सफल व्यवसायिकको पहिचान वनाउन सफल युवा व्यवसायी प्रभाव खतिवडा नेपाली काँग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको यातायात तथा जलश्रोत विज्ञमा नियुक्त हुनु भएको छ । नेपाली कांग्रेसका उपसभापती एवम् केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधीले खतिवडालाई नियुक्त गरेका हुन्। नेपाली काँग्रेसको विधान २०१७ को (संशोधन सहित) को ३६ (१) को ङ अनुसार खतिवडा नियुक्त हुनु भएको प्रतिष्ठानले जानकारी दिएको छ। धरान१४ का स्थायी वासिन्दा विजयपुर निवासी खतिवडा धरानको एकमात्र प्राइवेट हस्पिटल विजयपुर हस्पिटलका सञ्चालक, यमाहा

    • प्रकाशित मितिः जेठ १८, २०७८
    • २०,७६० पटक पढिएको
    • छाल खबर
  • एसईई परीक्षा नहुने, आन्तरिक मूल्यांकनबाटै नतिजा सार्वजनिक गर्ने निर्णय

    छाल खवर काठमाडौं,१७ जेठः गत वर्ष जस्तै यस वर्ष पनि माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन नहुने भएको छ । मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले आन्तरिक मूल्यांकनबाटै नतिजा सार्वजनिक गर्ने निर्णय गरेको कानुनीमन्त्री लीलानाथ श्रेष्ठले जानकारी दिए । विद्यालयहरुले गरेको आन्तरिक मूल्यांकनका विवरण सम्बन्धित जिल्ला शिक्षा विकास तथा समन्वय समितिमा पठाउने र शिक्षा विकास तथा समन्वय इकाईले प्रमाणित गरी राष्ट्रिय परीक्षा बोर्डमा पठाउनुपर्नेछ । प्राप्त विवरणका आधारमा परीक्षा बोर्डले परीक्षाफल तयार पारी सार्वजनिक गर्नेछ । गत वर्षपनि कोरोना महामारीका कारण परीक्षा रोकिएपछि आन्तरिक मूल्यांकनबाटै नतिजा सा

    • प्रकाशित मितिः जेठ १८, २०७८
    • १,२८७ पटक पढिएको
    • छाल खबर
  • प्रदेश र स्थानीय तहले कती अनुदान पाउने भए ?

    छाल खबर१७ जेष्ठः। सरकारले आगामी आर्थिक वर्ष २०७८–७९ का लागि ३ खर्ब ८६ अर्ब ७१ करोड ७२ लाख रुपैयाँ प्रदेश र स्थानीय तहमा हस्तान्तरण गरेको छ । सरकारले सघीय सरकारबाट वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदान गरी चार प्रकारका अनुदान प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्ने गरेका छ । यसमध्ये प्रदेशमा १ खर्ब ३ अर्ब ७० करोड वित्तिय हस्तान्तरणका माध्यमबाट गएको छ । यसरी हस्तान्तरण हुने रकमध्ये ७४ अर्ब २२ करोड रुपैयाँ चालु प्रयोजनमा खर्च हुनेछ । पुँजीगतमा भने २९ अर्ब ४८ करोड रुपैयाँ छ । संघीय सरकारले प्रदेश सरकारलाई पठाउने विभिन्न प्रकारका अनुदानमध्ये सबैभन्दा बढी प्रदेश

    • प्रकाशित मितिः जेठ १७, २०७८
    • १,८८२ पटक पढिएको
    • छाल खबर
  • माधव– झलनाथ बिना कस्तो होला एमाले ?

    छाल खबरधरान १७ जेष्ठः प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेकपा एमाले कानूनी र प्राविधिक रूपमा एउटै भए पनि पार्टी संरचना, संसदीय मोर्चा र राजनीतिक गतिविधिमा विभाजित भइसकेको छ । तर दुवै समूहका नेताहरू पार्टी विभाजनको दोषबाट बच्न एकअर्का समूहमाथि गल्ती थोपर्ने प्रयास गरिरहेका छन् । वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहले नेतृत्वको निर्देशन पालना नगर्दा एमाले विभाजन उन्मुख भएको अध्यक्ष केपी शर्मा ओली समूहका नेताहरूले आरोप लगाउने गरेका छन् । ‘कर्णाली प्रदेशमा फ्लोर क्रस गर्नेदेखि विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्नेसम्मका घटनाले पार्टी विभाजनको अवस्थामा पुगेको हो

    • प्रकाशित मितिः जेठ १७, २०७८
    • १,४११ पटक पढिएको
    • छाल खबर
  • एउटाको महामारी नसकिदै भियतनामबाट फेरी अर्को नया भाइरस

    छाल खवर धरान,१६ जेठ ःहावाबाट छिटो फैलिने कोरोनाको नयाँ भेरियन्ट भियतनाममा फेला परेको छ । यो भेरियन्ट बेलायत र भारतमा भेटिएको भेरियन्ट समिश्रण भएर अझै बढी संक्रमक र सरुवा भएको विज्ञहरुले बताएका छन् । भियतनामा भेटिएको भेरियन्ट हावाबाट छिट्टै फैलिन सक्ने अधिकारीहरुले बताएका छन् । भाइरसहरु जुनसुकै बेला रुप परिवर्तन गरिरहने र कतिपय अवस्थामा रुप परिवर्तन भएर कमजोर हुने र हराएर जाने समेत हुन्छ । तर कतिपय भाइरसहरु भने रुप परिवर्तन भएर बलियो र बढी संक्रामक हुने गरेको अध्ययनहरुले देखाएका छन् । सन् २०१९ को डिसेम्बरमा कोभिड९१९ फेला परेको केही समयपछि नै सन् २०२० को जनवरी महिना मा नै यसका हजारौं परिवर्तित

    • प्रकाशित मितिः जेठ १६, २०७८
    • १,०२१ पटक पढिएको
    • छाल खबर
  • १६ खर्ब ४७ अर्बको बजेटः १० खर्ब राजस्व, ५ खर्ब बढी रिण उठाईने

    छाल खवर काठमाडौं १५ जेठ ः विधेयक मार्फत भएपनि सरकारले आगामी आर्थिक वर्ष २०७८र७९को लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँबराबरको बजेट ल्याएको छ । अर्थमन्त्री विष्णु पौडेलले चालूतर्फ ६ खर्ब ७८ अर्ब ६१, पुँजीगततर्फ ३ खर्ब ४७ अर्ब २६ करोड, वित्तीय व्यवस्थातर्फ २ खर्ब ७ अर्ब ९७ करोड र वित्तीय हस्तान्तरणतर्फ ३ खर्ब ८६ अर्ब ७१ करोड रुपैयाँ बजेट विनियोजन गरेका हुन् । आगामी आर्थिक वर्ष २०७८र७९मा सवा १० खर्ब राजस्व परिचालन गर्ने र साढे ५ खर्ब सार्वजनिक ऋण उठाउने भएको छ । अअर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेटका लागि राजस्वबाट १० खर्ब २४ अर्ब ९० करोड रुपैयाँ बेहोर्ने लक्ष्य राखेका हुन् ।

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • ४१२ पटक पढिएको
    • छाल खबर
  • सभामुखद्धारा उभौलि पर्वका अवसरमा शुभकामना

    छाल खवर धरान,१२ धरान ः प्रदेश १ का सभामुख प्रदिप कुमार भण्डारीले किराँत समुदायको महान पर्व उभौली तथा नेपालका राष्ट्रिय विभुति, बौद्धदर्शनका प्रवर्तक एवंम् शान्तिका अग्रदुत गौतम बुद्धको २६४५ औं जन्म जयन्ती तथा २५६५ औं बुद्ध पुर्णिमाको अवसरमाशुभकामना व्यक्त गर्नुभएको छ । सभामुख भण्डारीले मंगलवार शुभकामना वक्तव्य जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि एवंम् उत्तरोतर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो । बहुजातीय, बहुधार्मिक, बहुसाँस्कृतिक विविधतायुक्त नेपाली समाजमा विभिन्न जातजाति र समुदायले मनाउने चाडपर्वहरुले सबै नेपाली बीच आपसी सद

    • प्रकाशित मितिः जेठ ११, २०७८
    • २,०३५ पटक पढिएको
    • छाल खबर
  • प्रतिनिधिसभा विघटन विरुद्धको रिटको सुनुवाई १३ र १४ गते

    छाल खबरधरान, ११ जेष्ठः प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा ३० वटा रिट दायर गरिएका छन । ती मध्ये १९ वटा रिट साधारण इजलासमा र ११ वटाको संवैधाानिक इजलासमा सुनुवाइको माग गरिएको छ । अदालतले अन्तरिम आदेश माग गरिएका १९ रिटको पेशी १३ गते बिहीबारलाई तोकेको छ भने संवैधानिक इजलासका लागि दायर गरिएका ११ रिटको पेशी १४ गते शुक्रबारलाई तोकेको छ । साधारण इलासका लागि बिहीबारलाई पेशी तोकिएको रिटमाथि पहिलो सुनुवाइ एकल इजलासले गर्ने छ । उक्त इजलासले संवैधानिक व्याख्याको प्रश्न देखेमा संवैधानिक इजलासमा पठाउन सक्ने छ । संवैधानिक इजलास बुधवार र शुक्रबार मात्र बस्ने भएकाले अरू ११ रिटको पेशी शुक्रबारलाई तोकिए

    • प्रकाशित मितिः जेठ ११, २०७८
    • ६३७ पटक पढिएको
    • छाल खबर
  • खनाल–नेपाल सहित ११ जना एमालेबाट निष्कासित (बैठकको निर्णय सहित)

    छाल खबरधरान, १० जेष्ठः नेकपा एमालेले वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनालसहित ११ जना नेताहरूलाई पार्टीको साधारण सदस्य नै नरहने गरि निष्कासन गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी कमिटीको बैठकले उक्त निर्णय गरेको हो । पार्टीको अनुशासन उल्लंघन गरेको र विपक्षी पार्टीका नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको अभियोगमा निष्कासन गरिएको हो । यसअघि शनिबार बसेको स्थायी कमिटीको बैठकले संसदीय दलका नेता केपी ओलीलाई असहयोग गर्दै विपक्षी दलका नेता शेरबहादुर देउवालाई सहयोग गर्ने नेपालसहित ११ सांसदलाई २४ घण्टे समयावधी दिएर स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । निर

    • प्रकाशित मितिः जेठ १०, २०७८
    • १,११२ पटक पढिएको
    • छाल खबर
  • संसद विघटनको डटेर प्रतिवाद गर्न नेता नेपालको आव्हान

    छाल खबरधरान, ८ जेष्ठः राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा प्रतिनिधी सभा विघटन गरि मध्यावधी निर्वाचनको घोषणा गरे सँगै नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले षड्यन्त्रकारीको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको बताएका छन । सामाजिक सञ्जालमा प्रतिक्रिया व्यक्त गर्दै नेता नेपालले संसद् विघटन गरेर चुनावको घोषण गर्नु प्रतिगमन भाग–२ भएको उल्लेख गर्दै संविधानको मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उदघोष जालझेल भएको टिप्पणी गरेका छन । नेता नेपाले केपी ओलीको यो कदमको डटेर प्रतिवाद गर्न आव्हान गर्दै प्रतिक्रियामा ‘यो व्यवस्था नै कू गर्ने अग्र

    • प्रकाशित मितिः जेठ ८, २०७८
    • १३६ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic