राष्ट्रिय

    Showing २५१-२६० of ३३१ items.
  • नेकपाको महाधिवेशन मंसिरमा गर्ने सर्वसम्मत निर्णय

    प्रकाश सिलवालसाउन,६ काठमाडौँ ः शीर्ष तहमा देखिएको विवाद समाधानका लागि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पछिल्लो सचिवालय बैठकले आगामी मङ्सिरमा एकताको महाधिवेशन गर्नेबारे सर्वसम्मत निर्णय भएको खुलेको छ । नेकपाको जारी चोथो स्थायी कमिटीको बैठकका पार्टी र सरकारको समन्वय तथा शक्तिको बाँडफाँटबारे उत्पन्न विवाद समाधानका लागि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले यही साउन ३ गतेको सचिवालय बैठकमा उक्त प्रस्ताव गर्दा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित नेताले सहमति जनाएको सचिवालयका एक सदस्यले जानकारी दिएका छन् । सो दिनको बैठकपछि सचिवालयका कतिपय नेताबाट सहमतिको ठोस प्रस्ताव न

    • प्रकाशित मितिः साउन ६, २०७७
    • ५२३ पटक पढिएको
    • छाल खबर
  • उद्योग बाणिज्य महासंघमा सक्षम नेतृत्वको खाँचो छ ढकाल

    छाल खवरकाठमाडौं,६ साउन ः व्यवसायिहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघमा यतिबेला चुनाबी चटारोले छोएको छ । यही साउन २६ र २७ गते हुने महाधिवेशनमा उपाध्यक्ष लगायत सवै पदको लागि समूह नै बनाएर दुइ समूह चुनावी मैदानमा होमिएकाछन् । एउटा समूहको नेतृत्व वर्तमान उपाध्यक्ष चन्द्र ढकालले गरेकाछन् भने अर्को समूहको नेतृत्व किशोर प्रधानले गरेकछन् ।आ आफ्नो समूह बनाएर चुनावी मैदानमा होमिएपनि वरिष्ठ उपाध्यक्षका उम्मेदवाहरुले व्यावसायिक र सक्षम नेतृत्व आउनुपर्नेमा साझा धारण वनाएकाछन् । महासंघको यही साउन २६ र २७ गते महाधिवेशन हुँदैछ । महाधिवेशनुनावले नयाँ नेतृत्व चयन गर्नेछ ।महासंघको विधानमा वरिष्ठ उपाध

    • प्रकाशित मितिः साउन ६, २०७७
    • ४४९ पटक पढिएको
    • छाल खबर
  • साउन ८ गतेदेखि छोटो र लामो दूरीका यातायात चल्ने

    रिपोर्टर नेपाल काठमाडौं । लामो समयदेखि बन्द रहेका सार्वजनिक यातायात साउन ८ गतेदेखि सञ्चालन हुने भएका छन् । यातायात व्यवसायीहरुले बिहीबारदेखि स्थानीय, छोटो र मध्यम र लामो गरी चारै रुटमा यातायात सञ्चालन गर्ने निर्णय गरेका हुन् । मंगलबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदुरको ट्रेड युनियनले संयुक्त पत्रकार सम्मेलन गर्दै साउन ८ गतेदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा गरेको हो । महासंघले आफू आबद्ध सबै यातायात कम्पनी, प्रा।लि, व्यवसायी तथा स्वरोजगार मजदुरलाई यातायात सञ्चालन गर्न आह्वान गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । गत चैत ११ गतेदेखि सरकारले गरेको लकडाउनका

    • प्रकाशित मितिः साउन ६, २०७७
    • ११८ पटक पढिएको
    • छाल खबर
  • लकडाउन अन्त्य गर्ने सरकारको निर्णय

    छाल खवर साउन,६ काठमाडौं ः सरकारले मंगलबार मध्यरातिबाट लकडाउन खुल्ला गर्ने निर्णय गरेको छ।गत चैत ११ गतेबाट जारी गरेको लकडाउन खुल्ला गर्ने निर्णय सरकारले गरेको हो । बुधवारबाट लागू हुने गरी लकडाउन खुल्ला गर्ने निर्णय गरे पनि भीडभाड हुने क्षेत्रहरु भने वन्द नै गर्ने निर्णय गरेको छ ।सरकारले आमनागरिकमा परेको मनोवैज्ञानिक त्रास कम गर्न लकडाउन खुल्ला गर्ने निर्णय गरेको सरकारका प्रवक्ता डा।युवराज खतिवडाले बताए।लकडाउन खुले पनि अवस्था हेरेर निषेधित क्षेत्र घोषणा गर्न सकिने उनले बताए। यस्तै भदौ १ गतेबाट लामो दुरीका सवारीसाधन तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय हवाई उडान पनि सञ्चालन गर्ने, अन्तर्राष्ट्रिय सी

    • प्रकाशित मितिः साउन ६, २०७७
    • १३२ पटक पढिएको
    • छाल खबर
  • भदौ १ देखि हवाई उडान गर्ने सरकारको निर्णय

    छाल खवर धरान,५ साउन ः सरकारले आन्तरिक तथा बाह्य हवाई उडान भदौ १ गतेदेखि खुला गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्‌को बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले साउन २१ बाट आन्तरिक र भदौ १ बाट अन्तर्राष्ट्रिय उडान गर्ने प्रस्ताव पेश गरेकोमा दुवै प्रकारका उडान भदौ १ बाट सुचारु गर्ने निर्णय गरेको हो। यस्तै सरकारले साउन ७ गतेपछि लकडाउन अझ खुकुलो पार्ने तयारी गरेको छ । कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण फैलिन नदिन सरकारले चैत ५ गतेबाट अन्तर्राष्ट्रिय हवाई उडान बन्द गरेको थियो भने ११ गतेबाट आन्तरिक रोकिएको थियो । जेठ २६ बाट सरकारले लकडाउन केही खुकुलो गरिएको भए पनि हवाई

    • प्रकाशित मितिः साउन ५, २०७७
    • ३०९ पटक पढिएको
    • छाल खबर
  • शिक्षण अस्पतालको खाताबाटै हरायो साढे १६ करोड

    साउन ४ काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रि.वि.) शिक्षण अस्पताल महाराजगन्जको बैंक खाताबाटै झन्डै साढे १६ करोड रुपैयाँ हराएको छ। अस्पतालको बैंक नगदी किताबले २०७६ असार मसान्तसम्ममा (मार्गस्थ र नगद ३ लाख रुपैयाँबाहेक) ९८ करोड २७ लाख ७५ हजार रुपैयाँ बैंक मौज्दात देखाएको थियो। सो मितिको बैंक स्टेटमेन्टअनुसार भने ८१ करोड ८३ लाख ६७ हजार रुपैयाँ मौज्दात छ। बैंकमा १६ करोड ४४ लाख ८ हजार रुपैयाँ घटी देखिएको छ। घटी देखिएको रकमका सम्बन्धमा छानबिन गरी बैंकमा जम्मा हुनुपर्ने महालेखापरीक्षकको वार्षिक प्रतिवेदनमा उल्लेख छ। तत्कालीन ग्लोबल बैंकमा २ करोड ६४ लाख ३८ हजार ऋणात्मक मौज्दात देखाएकोमा बैंक विवरण

    • प्रकाशित मितिः साउन ५, २०७७
    • २०६ पटक पढिएको
    • छाल खबर
  • कांग्रेसकी ज्वारनले लिइन शपथ

    छाल खवर साउन ४ काठमाण्डौं ः नेपाली काँग्रेसकातर्फबाट प्रतिनिधिसभा सदस्य समानुपातिक पदमा नवनिर्वाचित सुवर्ण ज्वारचनले आज शपथ ग्रहण गरेकी छन् । सभामुख अग्निप्रसाद सापकोटाले ज्वारचनलाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन् ।सिंहदरबारस्थित संसद् सचिवालयमा आयोजित कार्यक्रममा नेपाली काँग्रेसकातर्फबाट २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपाति सदस्यमा निर्वाचित ज्ञानकुमारी छन्त्यालको गत असार १७ गते निधनपछि उक्त सदस्य पद रिक्त थियो । नेकाको समानुपातिकतर्फको बन्द सूचिको क्रमसङ्ख्या ५९ र आदिवासी जनजाति समावेशी समूहको प्राथमिकता क्रम छ मा रहेकी ज्वारचनलाई निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यमा निर्वाचि

    • प्रकाशित मितिः साउन ४, २०७७
    • ६०२ पटक पढिएको
    • छाल खबर
  • वीपी प्रतिष्ठानको रजिष्ट्रारमा डा. मोहनचन्द्र रेग्मी नियुक्त

    छाल खवर धरान,४ साउनः लामो समयको रस्साकसीपछि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रजिष्ट्रार नियुक्ति गरीएको छ ।स्वास्थ्य मन्त्रालयले प्रतिष्ठान मै कार्यरत डा.मोहन चन्द्र रेग्मीलाई रजिष्ट्रारमा नियुक्ती गरेको हो । लामो समयदेखि प्रतिष्ठानकै प्रसुती विभागमा कार्यरत रेग्मी केही महिना यता देखि प्रसुती विभाग प्रमुख समेत रहेका थिए । डा.रेग्मीलाई आइतवार स्वास्थ्यमन्त्री भानुभक्त ढकालले नियुक्ती गरेका थिए । प्रतिष्ठानका उपकुलपतिले ३ जनाको नाम सिफारिश गरेपछि सहकुलपति एवं स्वास्थ्यमन्त्रीले रजिष्ट्रार नियुक्ती गर्ने प्रावधान रहेको छ । सोही प्रावधान अनुसार प्रतिष्ठानका उपकुलपति प्रा.डा

    • प्रकाशित मितिः साउन ४, २०७७
    • १,८८९ पटक पढिएको
    • छाल खबर
  • खोटाङका दुई हजार ३८८ घरमा जस्तापाता लगाइने

    छाल खवर साउन,३ खोटाङ ः नेपाल सरकारले सुरक्षित वसोवासको कार्यक्रम अन्र्तगत खरको छानो विस्थापित गर्ने कार्यक्रम शुरु गरेको छ । सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत यस वर्ष खोटाङका दुई हजार ३८८ घरधुरीमा जस्तापाता लगाइने भएको छ । शहरी विकास मन्त्रालयको लगानीमा खोटाङका दुई हजार ३८८ वटा घरमा लगाइएको खर वा फुसको छाना विस्थापित गरेर जस्तापाताको छाना लगाइने भएको हो । शहरी विकास मन्त्रालयले जारी गरेको सूचनाअनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ३४८, हलेसी तुवाचुङ नगरपालिकाका ३४३, ऐंसेलुखर्क गाउँपालिकाका २३१, रावाबेँसी गाउँपालिकाका २०६, जन्तेढुङ्गा गाउँपालिकाका २२०, खोटेहाङ गाउँपालिकाका २८०, के

    • प्रकाशित मितिः साउन ३, २०७७
    • ५३९ पटक पढिएको
    • छाल खबर
  • ३ वटा चमत्कारीक योजनाबाट आकर्षण गर्न खोज्दै एनआइसि एसिया बैंक

    छाल खवर साउन,२ धरान ः पछिल्लो समय एनआईसी एसिया बैंकप्रति सेवाग्राहीको वितृष्णा बढन थालेपछि आर्कषण गर्नका लागि विभिन्न योजना सञ्चालन गर्न थालेको छ । बैकले सेवाग्राहीलाई आफूतिर तान्नका लागि समय समयमा योजनाहरु ल्याउने गरेको छ । त्यसक्रममा बैंकले ३ चमत्कारिक कर्जा योजना सार्वजनिक गरेको छ । एनआईसी एसिया बैंक धरान शाखा कार्यालयमा पत्रकार सम्मेलन गरेर बैकले आफ्नो योजनाका वारेमा जानकारी गराएको थियो । पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार नयाँ योजनाहरुमा सुपर चमत्कारिक घर कर्जा ,सुपर चमत्कारिक सवारी कर्जा र सुपर चमत्कारिक व्यवसाय कर्जा रहेको छ । बैंकले लकडाउनको मारमा परेका सेवाग्राहीहरुलाई बैङकिङ

    • प्रकाशित मितिः साउन २, २०७७
    • १३,८३२ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic