धरान/ धरानमा नयाँ डिएसपी सरुवा भएर आएका छन् । आज (शुक्रबार) डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेत सरुवा भएर धरान आएका हुन् । यसअघि डिएसपी बस्नेत प्रहरी प्रधान कार्यालय कानून शाखा नक्साल काठमाडौंमा कार्यरत रहेका थिए । यहाँ कार्यरत रहेका डिएसपी ढुण्डीराज न्यौपाने १३ महिना ५ दिनपछि सरुवा भएर प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान व्यूरो काठमाडौं गएका छन् । डिएसपी न्यौपानेले नयाँ सरुवा भएर आएका डिएसपी बस्नेतलाई स्वागत गर्दै जिम्मेवारी हस्तान्तरण गरेका थिए । नयाँ डिएसपीलाई इन्स्पेक्टर हेमराज वलीसहित इप्रका मातहत रहेका १३ वटा चौकीका इञ्चार्जहरूले स्वागत गरेका छन् । इलाका प्रहरी कार्यालय मातह
धरान/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा हालसम्म ५ हजार भन्दा बढी कोरोनाको पीसीआर परीक्षण गरी सकिएको छ । प्रतिष्ठान प्रशासनका अनुसार ५ हजार १३६ जनाको पीसीआर परीक्षण गरिएकोमा १२२ जना संक्रमण भएको (पोजेटिभ) रिपोर्ट आएको छ । अन्यमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । बीपी प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले कोरोना परीक्षणको आधारमा प्रतिष्ठानमा न्यून संख्यामा मात्रै कोरोना भएको रिपोर्ट आएको बताए । बीपीमा उपचाररत कोरोना संक्रमितमध्ये थप तीन जना कोरोना मुक्त बनेका छन् । यसअघि एक महिलासहित १८ जना कोरोना मुक्त बनेका थिए । झापा कचनकवलका तीनै जना १५ देखि ४५ वर्षका पुरुष रहेका छन्
विराटनगर/ आर्थिक वर्ष २०७७/७८ को लागि प्रदेश १ सरकारको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । नीति तथा कार्यक्रमले विषयगत रुपमा स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेको छ । यस्तै विदेशबाट रोजगारी गुमाएर घर फर्किएका युवाहरुको लागि उत्पादनशील रोजगारी व्यवस्था गर्न उद्योग र भौतिक पूर्वाधार विकास उच्च प्राथमिकतामा रहने कार्यक्रममा उल्लेख छ । यसका साथै शिक्षा, सुरक्षा, वन र वातावरण, सूचना प्रविधि, सुशासन, पुर्वाधार, पर्यटन, कृषिलगायतका क्षेत्रलाई तेस्रो प्राथमिकतामा राखेको छ । किसानहरुको लागि ४५ करोडको राहत घोषणा गरिएको छ । विदेशबाट आउने युवाहरुलाई अनलाइन फर्म भर्न लगाइ अद्यावधिक गरिने
धरान/ धरानमा थप एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर सुरेश मेहताले धरान उपमहानगरपालिकामा १ जना महिलामा कोरोना सङ्क्रमण भएको जानकारी मन्त्रालयलाई प्राप्त भएको बताए । धरानउपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताका अनुसार यसबारेमा धरान उपमहानगरलाई जानकारी नआएको
Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved
Website By : Hash Tech Logic