राष्ट्रिय

    Showing ४१-५० of ३३४ items.
  • एकीकृत समाजवादीका सचिवालय सदस्य घनश्याम भुसाल अस्पताल भर्ना ,स्वास्थ्य अवस्था सामान्य

    छाल खवर काठमाडौ,धरान,२० माघ ः अचानक वेहोस भएपछि नेकपा एकीकृत समाजवादीका सचिवालय सदस्य घनश्याम भुसाल अस्पताल भर्ना भएकाछन् । भुसालको सिभिल अस्पतालमा उपचार भइरहेको समाजवादी प्रेस संगठनका उपाध्यक्ष विश्वमणि सुवेदीले जानकारी दिएकाछन् । भुसाल शुक्रबार दिउँसो गाडी चलाइरहेका बेला अचानक बेहोस भएका थिए । चालकलाई छेउको सीटमा राखेर आफैँ गाडी चलाएर पार्टी कार्यालयतर्फ गइरहेका बेला नयाँ बानेश्वर चोकमा अचानक बेहोस भएको उपाध्यक्ष सुवेदीले जानकारी दिए । सुवेदीका अनुसार गाडी भित्तामा ठोक्किँदा चालक सामान्य घाइते भएका छन् भने अरुलाई केही भएको छैन । नेता भुसाललाई मीनभवन स्थित सिभिल अस्पतालमा भर्ना गरिएको छ ।

    • प्रकाशित मितिः माघ २०, २०७९
    • २,४९३ पटक पढिएको
    • छाल खबर
  • रवि लामिछानेले पुनः लिए नेपाली नागरिकता

    छाल खवर काठमाडौं, १५माघः नागरीकता विवादमा तानिएका निर्वतमान उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । लामिछानेले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौं गएर नागरिकताको प्रमाणपत्र लिएको लामिछानेका सचिवालय प्रमुख दीपक बोहराले जानकारी दिएकाछन् । बोहराका अनुसार सर्वोच्चको आदेश अनुसार लामिछानेको पुननागरिकता कायम भएको हो । काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले लामिछानेले २०५० सालमा लिएको नागरिकता नम्बर नै उल्लेख भएको नागरिकता प्रदान गरिएको जानकारी दिइन् । लामिछानेको नयाँ नागरिकता जारी भएपनि नागरिकता नम्बर भने पुरानै कायम छ । अमेरिकी नाग

    • प्रकाशित मितिः माघ १५, २०७९
    • २,१३६ पटक पढिएको
    • छाल खबर
  • घनश्यामपछि वामदेव र भीम रावललाई भित्र्याउने माधव नेपालको तयारी

    छाल खवर काठमाडांै,धरान,१२माघः केही दिन अघि वामपन्थि नेता घनश्याम भुसाललाई पार्टीमा प्रवेश गराएको नेकपा एकीकृत समाजवादीले विभिन्न पार्टी र वामपन्थी नेताहरूलाई पार्टीमा भित्र्याउने अभियान नै चलाएको छ । माधवकुमार नेपाल नेतृत्वको एकिकृत समाजवादी पार्टीले एमाले छाडेका घनश्याम भुसाललाई पार्टीमा भित्र्याएको थियो । सो पार्टीले निकट भविष्यमै अर्का नेता वामदेव गौतमलाई पनि भित्र्याउने तयारी थालेको वुझिएको छ । एकीकृत समाजवादीले माघ २१ र २२ गते महत्त्वपूर्ण निर्णय गर्न भन्दै केन्द्रीय कमिटी बैठक बोलाइसकेको छ । उक्त बैठकले यसअघि पार्टीका अन्य कमिटीले गरेका निर्णय अनुमोदनदेखि जसपालगायतका अन्य पार्टी र व्य

    • प्रकाशित मितिः माघ १२, २०७९
    • ४,६२० पटक पढिएको
    • छाल खबर
  • दुई कपडा पसलमा छापा

    छाल खवर विराटनगर ,५ माघ ःराजस्व अनुसन्धान एकाइ कार्यालय, इटहरीको टोलीले बुधबार विराटनगरका दुई कपडा पसलमा छापा मारेको छ । विराटनगर–९, मेनरोडमा रहेको नारायण स्टोर र अम्बिका वस्त्रालयमा सो टोलीले छापा मारेर कागजात नियन्त्रणमा लिइएको हो । अवैध कारोबार र कर छली गरेको सूचनाका आधारमा छापा मारेर कागजात नियन्त्रणमा लिइएको राजस्व अनुसन्धान एकाइ कार्यालय इटहरीका सूचना अधिकारी एवं अधिकृत विनोद पोखरेलले जानकारी दिनुभयो । नन्दुकिशोर तापडिया र किसन तापडियाले सञ्चालन गरेको नारायण स्टोर भारतको जोगबनीमा समेत रहेको छ । खुला सीमाको फाइदा उठाउँदै भन्सार छलेर कपडा भित्र्याउने गरेको आरोप यी पसललाई लाग्दै आ

    • प्रकाशित मितिः माघ ५, २०७९
    • २,०६० पटक पढिएको
    • छाल खबर
  • विमान दुर्घटनामा मत्यु भएकामध्ये ४८ शवको परीक्षण गर्न थालियो

    छाल खवरकाठमाडौं,४ माघ । गत आइतबार काठमाडौंबाट पोखरातर्फ उडेको यती एयरलाइन्सको विमान दुर्घटनमा मृत्यु भएकामध्ये काठमाडौं ल्याइएको ४८ वटा शवको परीक्षण गर्न थालिएको छ । नेपाली सेनाको दुई हेलिकोप्टरमार्फत मंगलबार दिउँसो काठमाडौं ल्याइएका शव आज बिहानदेखि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा परीक्षण गर्न थालिएको यती एयरलाइन्सले जनाएको छ । मृतकका परिवार र आफन्तजनलाई ‘काउन्सिलिङ’ गर्ने काम मंगलबार सकिएपछि आज बिहानैदेखि शव परीक्षण सुरु गरिएको अस्पतालले जानकारी दिएको छ । कतिपयको शव पहिचानसमेत हुन नसकेकाले डीएनएका आधारमा पहिचान गरेर परीक्षणपश्चात एकैपटक मृतकका परिवार तथा आफन्तलाई हस्तान्तरण ग

    • प्रकाशित मितिः माघ ४, २०७९
    • २,४२५ पटक पढिएको
    • छाल खबर
  • सरकारमा सहभागी हुन जसपाको सर्त

    छाल खवर धरान,२ माघ ःप्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएको जनता समाजवादी पार्टी, नेपालले सरकारमा सहभागी हुन सर्तहरु अघि सारेको छ । पार्टीले न्यायोचित तथा सम्मानजनक अवस्था भएमा मात्र सरकारमा सहभागिता हुने वताएको छ । जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले निर्वाचनको परिणामलाई विचार गर्दा संयुक्त सरकार गठन गर्नुको विकल्प नभएको वताए । सरकारको न्यनुतम साझा नीति तथा कार्यक्रम र सत्ता शक्तिको बाँडफाँडमा हुने सहमति र समझदारीको आधारमा सरकारमा पार्टीको सहभागिता हुन सक्ने वस्नेतको भनाई रहेको छ । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको छलफलमा सो पार्टीलाई दुई मन्त्रालय

    • प्रकाशित मितिः माघ २, २०७९
    • २०९ पटक पढिएको
    • छाल खबर
  • एकिकृत समाजवादी र जसपा बीच एकताका लागि वार्ता हुँदै

    छाल खवर काठमाडौं, २८ पुषः राष्ट्रिय पार्टी वन्न नसकेको नेकपा एकिकृत समाजवादी पार्टी र पहिलाको तुलनामा कमजोर परिणाम निकालेको जनता समाजवादी पार्टी बीच एकताका लागि वार्ता हुँदैछ। दुवैले शक्ति निर्माणका लागि वलियो पार्टी निर्माण गर्ने भन्दै दुई पार्टीबीच विहिवार दिउँसो सिंहदरबारमा बार्ता हुने एकिकृत समाजवादीले जनाएको छ। पार्टी एकताका लागि दुवै पार्टीले कार्यदल गठन समेत गरिसकेका छन्। वार्ता समितिमा एकिकृत समाजवादीको तर्फबाट बेदुराम भुषाल, डा.विजय पौडेल, गंगालाल तुलाधर र प्रकाश ज्वाला रहेकाछन् भने जसपाको तर्फबाट राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ र गोविन्द चौधरी छन् । जसपाको संसद्‍मा १२ सिट रहेक

    • प्रकाशित मितिः पुस २८, २०७९
    • १,५८३ पटक पढिएको
    • छाल खबर
  • अवैध ७३७ क्रसर र बालुवा प्रशोधन उद्योग बन्द

    छाल खवर काठमाडौं,२६ पुष ः अवैध रुपमा सञ्चालित क्रसर उद्योग र वालुवा प्रशोधन उद्योग वन्द भएकाछन् । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि अवैध रूपमा सञ्चालित क्रसर र बालुवा प्रशोधन उद्योग बन्द भएका हुन। व्यवसायिक प्रयोजन राखेर सञ्चालित ७ सय ३७ वटा क्रसर र बालुवा प्रशोधन उद्योग बन्द भएको प्रहरी प्रधान कार्यालयको तथ्याङ्कमा उल्लेख गरीएको छ । गृह मन्त्रालयका प्रवत्ता फणिन्द्रमणी पोखरेलका अनुसार दर्ता नभई सञ्चालनमा आएका क्रसर र बालुवा प्रशोधन केन्द्र स्थानीय प्रशासनले बन्द गराएको हो । प्रक्रिया पुरा गरेर दर्ता भएको तर, नवीकरण नभएको क्रसर र बालुवा उद्योगको संख्या १४३ छन् । दर्ता र

    • प्रकाशित मितिः पुस २६, २०७९
    • १,६४० पटक पढिएको
    • छाल खबर
  • एकिकृत समाजवादी पार्टीले सर्तसहित प्रधानमन्त्रीलाई विश्वासको मत दिने

    छाल खवर धरान,२६ पुष ः नेकपा एकीकृत समाजवादी पार्टीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार मंगलवार बिहान बसेको बैठकले सर्तसहित विश्वासको मत दिने निर्णय गरेको हो । खतिवडाले आफ्नो पार्टीका केही शर्तहरु रहेको र पुरा हुने भएमात्र विश्वासको मत दिने निर्णय पार्टीले गरेको जानकारी दिएकाछन् । प्रधानमन्त्री प्रचण्डले आजको संसद बैठकबाट विश्वासको मत लिने कार्यक्रम तय गरीएको छ ।

    • प्रकाशित मितिः पुस २६, २०७९
    • ३९२ पटक पढिएको
    • छाल खबर
  • प्रचण्डद्धारा आठ सदस्यीय मन्त्रिपरिषद् गठन, गृहमन्त्रीमा रवि

    छाल खवर धरान,११ पुष ः नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आठ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । गठित मन्त्री परिषदमा एमाले उपाध्यक्ष विष्णु पौडेलले उपप्रधानमन्त्रीसहित अर्थमन्त्री पाएका छन् भने माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्री पाएकाछन् । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री नियुक्त भएकाछन् । त्यसैगरी विनाविभागीय मन्त्रीहरुमा ज्वाला कुमारी साह, दामोदर भण्डारी, राजेन्द्र कुमार राई र अब्दुल खान रहेकाछन् । उनीहरुको कार्यभार पछि तोकिने भएको छ । सबै मन्त्रीहरुले श

    • प्रकाशित मितिः पुस ११, २०७९
    • ३२६ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic