छाल खवर धरान,२१ साउनः जनता समाजवादी पार्टीको प्रदेश १ अधिवेशन भदौ अन्तिम साता हुने भएको छ । आयोजकले दिएको जानकारी अुनसार भदौ २७ र २८ गते विराटनगरमा आयोजन गर्ने प्रदेश समितिको बैठकले निर्णय गरेको छ । जसपा नेपाल प्रदेश अध्यक्ष दीपक याक्खाले प्रदेश अधिवेशनलाई महत्त्वपूर्ण राजनीतिक सन्देश दिन उपयोग गरिने बताए । अध्यक्ष याक्खाले दिएको जानकारी अनुसार अधिवेशनमा पार्टी अध्यक्ष उपेन्द्र यादव, सह–अध्यक्ष रकम चेम्जोङ लगायत शीर्ष नेताहरूले सम्बोधन गर्ने छन् । अधिवेशनमा प्रदेश भरीका एक हजार बढी प्रतिनिधि, पर्यवेक्षक सहभागी हुने प्रदेश मुख्य सचिव घनश्याम कटुवालले जानकारी दिएका छन् । बैठकले प्रदेश
छाल खवर धरान,९ साउनः पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू अहिले पनि नेकपा (एमाले) मा आबद्ध रहेको र कसैले पनि आफ्नो सदस्यता खान नसक्ने टिप्पणी गरेकी छन्। काठमाडौंको बबरमहलस्थित कार्की बैंक्वेटमा शुक्रबार पत्रकार सम्मेलन गर्दै पूर्वराष्ट्रपति तथा एमालेकी पूर्वउपाध्यक्ष भण्डारीले एमाले केन्द्रीय कमिटीले हालै पार्टीमा आउन लगाएको रोकप्रति लक्ष्य गर्दै आफ्नो सदस्यता नवीकरण भएको र अहिले पनि आफू एमालेमै आबद्ध रहेको बताइन्। एमालेले केन्द्रीय कमिटी बैठकपछि भण्डारीको सदस्यताको विषय स्वत निस्क्रिय भइसकेको बताउँदै आएको छ। तर पूर्वराष्ट्रपति भण्डारीले आफूले सफलतापूर्वक राष्ट्रपतिको कार्यकाल पूरा गरी
छाल खवरकाठमाडौं,९साउनः पार्टी राजनीतिमा सकृय हुन खोजेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज पत्रकार सम्मेलन आयोजना गर्दैछिन् । उनले बबरमहलस्थित कार्की बैंक्वेटमा दिउँसो ३ बजे पत्रकार सम्मेलन आयोजना गर्न लागेकी हुन् । उनी निकट एक नेताका अनुसार एमालेले पार्टी राजनीतिमा आउन रोक लगाउँदै पार्टी सदस्यता समेत खारेज गरिदिएको विषयमा भण्डारीले धारणा सार्वजनिक गर्नेछिन् । साउन ५ र ६ गते बसेको केन्द्रीय कमिटी बैठकले उनलाई सक्रिय राजनीतिमा आउन रोक लगाउने निर्णय गरेको थियो । राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा आए संविधानको मर्म र भावना विपरीत हुने तर्क एमालेले गरेको छ । तर विद्याले राजनीतिमा गर्न प
छाल खवर धरान,२८, असारः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धरान उपमहानगरपालिका समितिको पहिलो अधिवेशनले सुमन श्रेष्ठलाई अध्यक्षमा चयन गरेको छ । समितिको उपाध्यक्षमा राम कार्की , सचिवमा ख्यामप्रसाद फुयाल र सहसचिवमा सन्दीप शाक्य चयन भएका छन्। त्यस्तै, समितिका सदस्यहरूमा अतुल श्रेष्ठ, तोर्णबहादुर कार्की, बनप्रसाद गुरुङ, थाङ्गा बहादुर राई, मिरा लोहार, सुनिता श्रेष्ठ, इन्द्र बहादुर कार्की, जीवन आचार्य, मनकुमारी विश्वकर्मा र मेघराज पोखरेल रहेका छन् । शनिबार सम्पन्न अधिवेशनमा पार्टीका केन्द्रीय सदस्य तथा सुनसरीबाट प्रतिनिधिसभा सदस्य अशोक कुमार चौधरीको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा बोल्दै
छाल खवर धरान, १३ जेठः प्रेस सेन्टर नेपाल, सुनसरीले जनपक्षीय पत्रकारिताका सशक्त योद्धाका रूपमा चिनिएका शहीद पत्रकार कृष्णसेन इच्छुकको २३औं स्मृति दिवसका अवसरमा मंगलबार एक अन्तरसंवाद कार्यक्रम सम्पन्न गरेको छ। धरान–३, सदन रोडस्थित प्रेस सेन्टरको कार्यालयमा आयोजित कार्यक्रममा कृष्णसेन इच्छुक र जनपक्षीय पत्रकारिता विषयमा विचार विमर्श गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथि माओवादी केन्द्रका नेता तथा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पत्रकार इच्छुकको योगदानको स्मरण गर्दै जनताको पक्षमा कलम चलाउने पत्रकारलाई प्रेरणाको स्रोतका रूपमा वर्णन गरे। उनले अर्को प्रसङ्गमा गृ
छाल खवर धरान,१जेठः सर्वोच्च अदालतले ताप्लेजुङको पाथीभरामा केवलकार निर्माण कार्य रोक्न यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता दिनुनपर्ने आदेश गरेको छ । न्यायाधीश नहकुल सुवेदी र अब्दुल अजीज मुसलमानको इजलासले बुधबार यसअघिको अन्तरिम आदेशलाई निरन्तरता दिनुनपर्ने आदेश गरेको छ । पाथीभरा केवलकार निर्माण कार्य रोक्न माग गर्दे गत चैतमा यामबहादुर लिम्बु लगायतले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले अन्तरिम आदेशको टुङ्गो नलाग्दासम्म सबै कामकारबाहीलाई यथास्थितिमा राख्न आदेश दिएको थियो । त्यसपछि न्यायाधीश शारंगा सुवेदीको इजलासले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे छ
छाल खवर धरान,१ जेठः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रावाबेँसी गाउँपालिका खोटाङका सभापति कृष्ण पाण्डे एमालेमा प्रवेश गरेका छन् । डुम्रेधारापानीको धैरेनीटारमा आयोजना गरिएको अगुवा कार्यकर्ता भेलाको अवसरमा पाण्डे एमाले प्रवेश गरेका हुन् । नवप्रवेशी पाण्डेलाई एमाले पोलिटब्युरो सदस्य एवं खोटाङ इन्चार्ज विशाल भट्टराईले स्वागत गरे । पाण्डेलाई पार्टीमा उचित जिम्मेवारी दिने बताउँदै भट्टराईले उनको आगमनमा पार्टी थप बलियो भएको बताए । पाण्डेले रास्वपा पछिल्लो समयमा राजनीतिक अपरिपक्वताले जेलिएको र विभिन्न काण्डहरूमा संलग्न रहेका कारण पार्टी परित्याग गरेको बताए । कार्यक्रममा पोलिटब्युरो सदस्य भट्ट
छाल खवर धरान,३१ वैशाखः नेपाली कांग्रेस पार्टीको युवा संगठन नेपाल तरुण दल सुनसरी क्षेत्र नं. १ को क्षेत्रीय सभापतिमा अजय राई निर्वाचित भएका छन् । तरुण दल सुनसरी संसदीय निर्वाचन क्षेत्र १ को मङ्गलवार धरानमा सम्पन्न ५ औँ अधिवेशनबाटराई अध्यक्षमा निर्वाचित भएका हुन । कोशी प्रदेश समिति (क) सभापतिमा जीवन लिम्बु र प्रदेश (ख) सभापतिमा साजन राई निर्वाचित भएका छन् । कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस कोशी प्रदेशका महामन्त्री उमेश थापाले नेपाली काँग्रेस लोकतान्त्रिक पार्टी भएको र सबैलाई बोल्ने स्वतन्त्रता भएको वताए । युवाहरू बिना कुनै पार्टी नचल्ने बताउँदै महामन्त्री थापाले युुवाहरू भनेको देशको
छाल खवर काठमाडौं,२४ वैशाखः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बाथरुममा लडेर घाइते भएका छन् । गएराति बाथरुममा लडेर उनी घाइते भएका हुन् । स्रोतका अनुसार उनको टाउकोमा चोट लागेको छ । राति लडेपछि उनलाई उपचारका लागि मेडिसिटी अस्पताल लगिएको थियो । अस्पतालमा सामान्य उपचारपछि उनी निवासमा फर्किएका छन् । स्रोतले भन्यो, ‘टाउको टाँका लगाउनुपरेको छ । अरु स्वास्थ्य अवस्था सामान्य छ ।’ उनी अहिले घरमै आराम गरिरहेका छन् । नेताहरु प्रचण्डलाई भेट्न उनको निवास पुग्ने क्रम जारी छ । अनलाईन खवरबाट
छाल खवर धरान,२० वैशाखः पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले कुनैपनि परिवर्तन जनताको बलमा मात्र भएको वताएकाछन् । जनता समाजवादी पार्टी (जसपा) नेपालले धरानमा शनिबार कोशी नाम र केबलकार खारेजी तथा पहिचानको आन्दोलनको कार्यदिशा विषयक गोष्ठीमा बोल्दै अध्यक्ष यादवले सो कुरा बताएका हुन् । शक्ति र बहुमतको बलमा जवरजस्त पेल्न खोजे जनताको आवज सामान्य र कमजोर छ भन्नेलाई भोली तेहि आवाजले विस्फोट हुदा खरानी वनाइदिने चेतावनि समेत दिएकाछन् । कोशी नामलाई खारेज गरी ऐतिहासिक पृष्ठभूमि र पहिचानलाई समेत सम्बोधन हुने गरी पुनःनामकरण यात्रा अगाडी बढने अध्यक्ष यादवको दावी रहे
Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved
Website By : Hash Tech Logic