राजनीति

    Showing ४५१-४६० of ६३३ items.
  • हात्तिसारमा अनेरास्ववियु

    छाल खवर धरान,४ जेठ ः केन्द्रीय प्रविधि क्याम्पस धरानमा अनेरास्ववियुको कमिटी गठन भएको छ । क्याम्पस कमिटीको अध्यक्षमा पेसलराज कार्की (उज्वल)रहेकाछन्। कमिटीको बरिष्ठ उपाध्यक्ष बरिष्ठ उपाध्यक्षमा मनिष कोइराला,उपाध्यक्ष नवीन खरेल,रोशन तिम्सिना, कमल कार्की,अजय दाहाल,रितेश खड्का रहेकाछन् । त्यसैगरी सचिव नगेन्द्र सुवेदी,सह–सचिवहरुमा रुषा बैजु, पल्लवी सुवेदी ,रुपेश कार्की, अजिता पुरी,मिसा शाक्य,छन् भने कोषाध्यक्षमा दीक्षा भट्टराई चयन भएकीछिन् ।कमिटीको सहकोषाध्यक्षमा आकाश रिजाल,बिसन राई,नीलम पराजुली,निश्चल भट्टराई,अनिशा श्रेष्ठछन् । त्यसैगरी सदस्यहरुमा दिपक कार्की,एलिसा श्रेष्ठ,बिजु श्रेष्ठ,नि

    • प्रकाशित मितिः जेठ ४, २०७८
    • २,८३३ पटक पढिएको
    • छाल खबर
  • प्रधानमन्त्री ओली विरुद्ध चार मुद्धा

    छाल खवर धरान,३ जेठ ःप्रधानमन्त्री केपी शर्मा ओली शपथविरूद्ध सर्वोच्च अदालतमा परेका चार वटा रिट दर्ता भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीलेलाई शुक्रबार केपी ओलीलाई प्रधानमन्त्री पदको शपथ गराएको विरुद्ध चार मुद्धा दर्ता भएको हो । सर्वोच्च अदालतका रिट महाशाखा प्रमुख बाबुराम दाहालका अनुसार अधिवक्ता चन्द्रकान्त ज्ञवाली र लोकेन्द्र वली, नवराज अधिकारी, सन्तोष भण्डारी, राजकुमार सुवाल समेतले चार वटा छुट्टाछुट्टै रिट दर्ता गराएका हुन् । वलीले आफ्नो रिट दर्ता भएको र भोलिलाई पेशी तोकिदिएको बताए।उनले कानुनमै नभएको व्यहोरा पढेर प्रधानमन्त्री ओलीले लिएको शपथ बदर गरिपाऊँ, संघीय कानुन बनाएर शपथको व्यहोरा

    • प्रकाशित मितिः जेठ ३, २०७८
    • ७४८ पटक पढिएको
    • छाल खबर
  • सरकारमा सहभागी बन्ने विषयमा माधव नेपाल समूहले के भन्यो ?

    छाल खवर काठमाडौं, ३१ वैशाख ः आफ्ना केही मागहरु पेस गरेर अन्तर संघर्षमा उत्रेको एमालेको माधव नेपाल समुह तत्काल ओली नेतृत्वको सरकारमा सहभागी नहुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले माधव पक्षलाई समेत समेटेर सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी गरेपनि नेपाल पक्ष तत्काल सरकारमा सहभागी नहुने जनाएको छ । बिहीबार राति तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएका ओलीले शुक्रबार (आज) सपथ ग्रहण गर्दैछन् । ओलीले सपथ ग्रहणसँगै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गरेको एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिएकाछन् । मन्त्री मण्डलमा को को सहभागी गराउने भन्ने विषयमा ओलीले आन्तरीक त

    • प्रकाशित मितिः वैशाख ३१, २०७८
    • १०,१९० पटक पढिएको
    • छाल खबर
  • सरकार र व्यवस्था प्रति असन्तुष्टि बढ्दै जानसक्ने भन्दै योगेशले दिए सरकारलाई चार सुझाव

    छाल खवर काठमाडौं ३० वैशाख ःनेकपा एमालेका सचिब तथा बरिष्ठ नेता माधब नेपाल समुहका नेता योगेश भट्टराईले कोभिड नियन्त्रण गर्न सरकारलाई चार सुझाव सहित ध्यानाकर्षण गराएका छन । बिहिवार बिहान सामाजिक संजाल मार्फत अनुरोध गर्दै उनले ४ सुझाव सहित अनुरोध गरेका हुन । कोभिडका बिरामीको चित्कारले सरकार र नागरिक सबै लाचार बनिरहेको र संकटको समयमा भैरहेको अस्वस्थ राजनीतिक खेलले सरकार र व्यवस्था प्रतिनै असन्तुष्ट बन्दै गएकाले २०७२ सालको भुक्म्प पछी राजनीतिक बिषयलाई थाती राखेर संबिधान निर्माण गरेजस्तै सबै कोभिड विरुद्ध लाग्नुपर्ने बताएका हुन । यस्तो छ उनको सुझाव आज विश्व नै कोभिडबाट आक्रान्त छ । हरेक दिन बिराम

    • प्रकाशित मितिः वैशाख ३०, २०७८
    • २,३७२ पटक पढिएको
    • छाल खबर
  • माधव नेपालसहित एमालेका चार नेता माथिको कारवाही फुकुवा

    छाल खवर वैशाख ३०, काठमाडौं ः नेकपा एमालेले केही महिना अघि माधव नेपालसहित चार नेतामाथि गरेको निलम्बनको कारवाही फुकुवा गरेको छ । आज बसेको स्थायी कमिटी बैठकले नेपालसहित सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुसालमाथिको कारवाही फुकुवा गरेको हो । पार्टीलाई एक बनाउन अध्यक्ष केपी शर्मा ओलीले कारवाही फुकुवाको प्रस्ताव राखेपछि बैठकले अनुमोदन गरेको हो । पार्टीको वृहत्तर एकतालाई ध्यानमा राखेर बैठकले चार नेता माथिको ६ महिनाको निलम्बन फुकुवा गरिएको स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिए । नेम्वाङले राष्ट्रिय राजनीतिक अवस्थालाई समेत विश्लेषण गरेर पार्टी र सरकार सम्बन्धी अरु सबै निर्णय गर्ने अधिका

    • प्रकाशित मितिः वैशाख ३०, २०७८
    • ५,३४० पटक पढिएको
    • छाल खबर
  • माधव नेपाल समूहको सम्भावित नयाँ दलको खाका तयार

    छाल खबरकाठमाडौं, २८ वैशाख ः पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नयाँ दलको खाका तयार गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीविरोधी बहुमतको गठबन्धन बन्ने निश्चित भएमा नेपाल समूहका सांसदहरुले राजीनामा दिएर नयाँ दल निर्माण गर्ने खाका समेत तयार गरेका हुन् । त्यसका लागि उनले गठबन्धनमा आफ्नो निश्चित शर्त समेत प्रस्तुत गरेका छन् । नयाँ दलको नाम नेपाली कम्युनिस्ट पार्टी वा नेकपा समाजवादी हुनेछ । अध्यक्षमा माधवकुमार नेपाल र बामदेव गौतम रहनेछन् भने वरिष्ठ नेतामा झलनाथ खनाल रहनेछन् । दलको चुनाव चिन्ह सुर्य चिन्हभित्र पाँचवटा तारा राखेर मागिने तयारी भएको छ । जनताको बहुदलीय जनवाद नै पार्टीको सिद्धान्त

    • प्रकाशित मितिः वैशाख २८, २०७८
    • ३,५७८ पटक पढिएको
    • छाल खबर
  • नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता

    छाल खवर धरान,२२ वैशाख ःनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले बुधबार सरकारलाई दिएको समर्थन फिर्ता लिएको बारे संघीय संसद सचिवालयलाई जानकारी गराएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी २७ गते प्रतिनिधिसभा विश्वासको मत लिन लागेपछि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो। बुधबार बिहान बसेको संसदीय दलले २०७४ साल फागुनमा नेकपा एमाले संसदीय दलको नेता केपी शर्मा ओलाीलाई नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो। सो निर्णयलाई माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक देव गुरुङले संघीय संसद प्रतिनिधिसभाका सचिव गोपालनाथ

    • प्रकाशित मितिः वैशाख २२, २०७८
    • १,४४६ पटक पढिएको
    • छाल खबर
  • राष्ट्रियसभा उपनिर्वाचनमा बादल र खिमलाल देवकोटाको भिडन्त 

    छाल खवर धरान,२२ वैशाख ः डा. खिमलाल देवकोटालाई विपक्षी गठबन्धनले राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा उम्मेदवार बनाउनेभएको छ । नेकपा एमालेको खनाल–नेपाल पक्षका देवकोटालाई काँग्रेस माओवादीको पनि समर्थन रहने छ । मंगलबार साँझ काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधव कुमार नेपाल र उपेन्द्र यादव बीचको छलफलबाट देवकोटालाई विपक्षी गठबन्धनको साझा उम्मेदवार बनाउने सहमति भएको हो । पार्टी परित्याग गरी एमाले लागेपछि माओवादी केन्द्रले रामबहादुर थापा बादललाई राष्ट्रियसभा सदस्यबाट पद मुक्त गरेको थियो । एमालेले सोही पदमा थापालाई नै उम्मेदवार बनाउने नि

    • प्रकाशित मितिः वैशाख २२, २०७८
    • १,६७४ पटक पढिएको
    • छाल खबर
  • एनआईसी एसिया बैंकको ब्याजदर आतंक, घरकर्जा झण्डै १६ प्रतिशतसम्म ठटाएको भेटियो प्रमाण

    छाल खवर धरान,१९ वैशाख ः व्यवसायी दिनेश सुवेदीले ४ वर्षअघि एनआईसी एसिया बैंकबाट घर तथा सवारी कर्जा लिए । उनले सायदै कल्पना गरेका थिए, सामान्य ब्याजदरमा लिएको कर्जा भविष्यमा यति महंगो बन्ने छ । आफूले १५ बर्ष अगाडिदेखि कारोबार गर्दै आएको बैंकको यस्तो रवैयाबाट सुवेदी चकित छन् । ‘मिटर ब्याज’ को शैलीमा बैंकले बैंकले बारम्बार ब्याज बढाइरहेको उनको गुनासो छ । बैंकले ८ प्रतिशत ब्याजदरमा नयाँ कर्जा दिने प्रतिवद्धता जनाएपछि उनले पुरानो सबै कर्जा चुक्ता गरेका थिए । तर, नयाँ कर्जा लिने बेला नै बैंकले त्यो प्रतिवद्धता सम्झिन चाहेन । ‘महंगो दरमा नै कर्जा लिएका थियौं, तर १५।७० प्रतिशतसम

    • प्रकाशित मितिः वैशाख २०, २०७८
    • २,६९३ पटक पढिएको
    • छाल खबर
  • अनधिकृत कमिटीको भ्रममा नपर्न जनप्रतिनिधिलाई एमालेको अनुरोध

    छाल खवर धरान,१७ वैशाख ःनेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी सुनसरीले अनधिकृत कमिटी र व्यक्तिले वन्द कोठाबाट फैलाएको भ्रममा नपर्न जनप्रतिनिधिलाई अपिल गरेको छ । एमाले जिल्ला अध्यक्ष रमेश वस्नेतले शुक्रवार विज्ञप्ति प्रकाशन गरी अवैधानिक कमिटीले जनप्रतिनिधिको मनोवल कमजोर वनाउन वन्द कोठामा वसेर गरेको षडयन्त्रको भ्रममा नपर्न आग्रह गरेका हुन् ।   वस्नेतद्धारा जारी विज्ञप्तिमा संचार माध्यममा नाम जोडिएर आएका व्यक्ति रेवतिरमण भण्डारी २०७१ सालमा सम्पन्न भएको नेकपा (एमाले)को नवौं महाधिवेशनमा केन्द्रीय अनुशासन आयोगको सदस्यमा उमेद्वार बनि पराजित भई जिल्ला अध्यक्ष पद गुमाएका व्यक्ती भएको उल्

    • प्रकाशित मितिः वैशाख १७, २०७८
    • ४,५५८ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic