छाल खवर धरान,४ फागुन ः सरस्वती पूजाको अवसरमा कामना सेवा विकास बैक इनरुवा शाखाले मंगलवार शैक्षिक सामाग्री बितरण गरेको छ । बैंकले सुनसरीको इनरूवा १ स्थित चादँनी प्राथामिक विद्यालयमा अध्ययनरत २५ जना बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेको हो । कामना सेवा विकास बैंकका प्रदेश १ प्रमुख सुजन छाराहाङ राईले शैक्षिक सामग्री वितरण गर्नुभएको थियो । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त विद्यालयका विद्यार्थीहरुलाई झोला, कापी, कलम, बिस्कुट तथा जुस वितरण गरेको हो । कामना सेवा विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत काम गर्दै आएको छ । यस अघि धरान शाखाल
छाल खवर धरान,२० माघ ः धरान देखि हर्दिया हुदै कन्यापोखरी सडक निर्माणको ठेकेदार कम्पनीले ढुवानी व्यवासायी र कामदारलाई भुक्तानीमा दिएको चेक वाउन्स हुने गरेको छ । ठेकेदार कम्पनी मार्फत काम गर्दै आएको मिक्सन विल्डर कम्पनीले दिएको चेक वाउन्स हुने गरेको हो । कम्पनीले ढुवानी र कामदारका लागि भुक्तानी वापत दिएको एनएमवि वैंकको चेकको खातामा रकम नभएको ढुवानी व्यवसायीले वताएका छन् । सो वाटोको ठेक्का गजुरमुखी कन्ट्रक्सन र लुम्बिनी कन्ट्रक्सनले पारेको थियो । उनीहरुलाई केही कमिसन दिएर हाल मिक्सन विल्डर कम्पनीले काम गर्दै आएको छ । विल्डरले दिएको ढुवानी र कामदारको भुक्तानी वापतको चेकमा वैंकजादा खातामा पैसा न
छाल खवर धरान,१४ माघ ः नेपाल प्रेस युनियन सुनसरीले जिल्लाका तीन सय १५ जना पत्रकारहरुको निःशुल्क दुर्घटना बिमा गरेको छ । अजोड इन्स्योरेन्स काठमाडौँसँगको सम्झौता अनुसार युनियन सुनसरीले जिल्लाका तीन सय १४ जना सञ्चारकर्मीको बुधबार निःशुल्क दुर्घटना बिमा गरेको हो । गत पुष २८ गते नेपाल पे्रस युनियन सुनसरी र अजोड इन्स्योरेन्स बिच भएको सम्झौता अनुसार सुनसरीका २ सय ६० सञ्चारकर्मिको ७ लाखको दुर्घटना बिमा गर्ने उल्लेख थियो । बिमा व्यवस्थापन समितिका संयोजक तथा युनियनका पूर्व केन्द्रीय सदस्य दिवश पोखरेलका अनुसार आफूहरुलाई डकुमेन्ट प्राप्त भएको आधारमा बिमा गरिएको हो । ‘हामीलाई प्राप्त भएको सिफारिस र
छाल खवर धरान,२७ पुष ः धरान कृषि बजारले निकै स्थान थालेकाछन् । धरानमा सव्जि बजारका लागि भानुचोक स्थित सव्जिमण्डी प्रसिद्ध छ भने चिनिया चोकमा पनि सव्जि बजार सञ्चालनमा रहेको छ । धरान १३मा कृषि उपज वजारस्थाल नै छ जो नेपाल कै उत्कृष्ठ वनेको छ । धरानमा कृषि वजारको आर्कषण वढदै जादा अर्को वजारको आवस्यकतालाई मध्यनजर गरी धरान ७ स्थित शुक्रपथ (पानवारी बस स्टेण्ड नजिकै)मा सोमबार शुभम कृषि उपज बजारको उद्घाटन भएकोछ । कृषि वजारको राम्रो अनुभवीको रुपमा रहेका स्थानीय व्यापारी काजी गिरी , मुक्तीबन्धु अधिकारी, रुद्र बहादुर न्यौपाने र दिल बहादुर राईको संयुक्त लगानीमा लगभग ५ कठ्ठा जग्गामा निर्माण गरीएको मिनि म
छाल खवरधरान,१३ पुष ः चिरञ्जीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले एक आर्थिक वर्षमा १ अर्व भन्दा माथिको वार्षिक कारोवार गरेको छ । संस्थाले प्रस्तुत गरेको ९ औँ वार्षिक साधारणसभामा सो कारोवारको विवरण प्रस्तुत गरीएको हो । कार्यक्रममा संस्थाका अध्यक्ष खेम बहादुर माझिद्धारा प्रस्तुत प्रतिवेदनमा आ.व.२०७६ र ७७ मा संस्थाले १ अर्ब ६ करोड ५८ लाख ९५ हजार १ सय ८५ रुपैयाँ ६९ पैसाको कारोबार गरेको बताएका थिए । धरान–१३ स्थित आफ्नै सभाहलमा सभाहलमा आयोजना गरीएको सो कार्यक्रममा उत्कृष्ट आवधिक बचतकर्ता १२ जना, उत्कृष्ट बचतकर्ता १५ जना, उत्कृष्ट ऋणी ४ जना , उत्कृष्ट बाल बचतकर्ता ६ जना , उत्कृष्ट मुद्धति बच
काठमाडौं,५ पुष ः नेपाल उद्योग वाणिज्य महासंघले विभिन्न समिति गठन गरेको छ । महासंघको विधानअनुसार गठित समिति तथा फोरमको सभापति पनि चयन गरिएको छ । महासंघको उद्योग समितिको जिम्मेवारी भरतराज आचार्य, व्यापार समिति विजयसिंह वैद्य, घरेलु तथा साना उद्योग समिति डीबी बस्नेत, महिला उद्यमी विकास समिति रीता सिंह, स्थल यातायात तथा पारवहन समिति प्रकाशसिंह कार्कीलाई दिइएको छ । यस्तै कर तथा राजस्व समिति सन्दीपकुमार अग्रवाल, पर्यटन तथा हवाई यातायात समिति ज्योत्सना श्रेष्ठ, सूचना तथा सञ्चार प्रविधि विकास समिति मंगेशलाल श्रेष्ठ र बैंक, वित्तीय तथा बिमा समितिमा साहिल अग्रवाललाई सभापतिको जिम्मेवारी दिइएक
छाल खवर धरान,२७ मंसिर ःनेशनल लाईफ इन्स्योरेन्स कम्पनी गाईघाट शाखाले मृतको २ परिवारलाई २६ लाख बराबरको मृत्यु दावी चेक शुक्रबार हस्तान्तरण गरेको छ । बैदेशिक म्यादी विमा अन्तर्गत २ परिवारलाई १३ र१३ लाखको दरले जम्मा २६ लाख बराबरको मृत्यु दावी चेक गाईघाट शाखाले हस्तान्तरण गरेको हो । त्रियुगा नगरपालिका वडा नं २ मोथीयाहीकी मृतक परिवारकी श्रीमती सुमा राई र अर्का मृतक परिवार त्रियुगा नगरपालिका वडा नं १३ की चन्द्रीमाया मगरलाई १३र१३ लाखको दरले चेक हस्तान्तरण गरिएको नेशनल लाईफ इन्स्योरेन्स कम्पनी गाईघाट शाखाका प्रमुख प्रेम कुमार राईले बताए । मृतकका परिवार चन्द्रीमाया मगरलाई नेशनल लाईफ इन्स्योरेन्स
छाल खवर धरान,२७ मंसिर ःइटहरी स्थित सिमरवना बचत तथा ऋण सहकारी संस्था लि. को १३ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले प्रकाशचन्द्र बस्नेतको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको छ ।समितिको उपाध्यक्षमा विरेन्द्रप्रसाद गौतम चयन भएकाछन् । त्यसैगरी सदस्यहरुमा काशीनाथ दंगाल,टोमप्रसाद तिम्सिना,भेषराज ढकाल, सुष्मा शर्मा,कोपिला कट्वाल,दोहिनीप्रसाद ओझा, मैनादेवी ढकाल,युवराज दाहाल,हरिप्रसाद तिम्सिना रहेकाछन् । त्यसैगरी लेखा समितिमा शालिग्राम काफ्ले संयोजकलोकनाथ लम्साल,कमला गुरुङ सदस्य रहेकाछन् । संस्थाले हालसम्म ३ करोड ३४ लाख १५ हजार १सय रुपैया शेयर पूँजी संकलन गर्न सफल भएको छ भन
कम्पनीहरुले प्रकाशन गरेको वित्तिय विवरणका आधारमा छाल खवर काठमाडौं,२६ मंसिर ः जीवन बीमा कम्पनीहरुको कमाई कति हुन्छ भन्ने कुराको प्रश्नले धेरैलाई उत्तर सोच्न वाध्य वनाएको छ । कसैले अनुमान नगरेको प्रमाण प्राप्त भएको छ । बीमा कम्पनीले पहिलो त्रैमासको अन्त्यसम्ममा बीमा अभिकर्ता कमिशनमार्फत ३ अर्ब ५० करोड रुपैयाँ बीमा अभिकर्ता कमिशनमार्फत अभिकर्ताहरुलाई दिएका छन् । कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरणको आधारमा बीमा कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरण अनुसार असोज मसान्तसम्ममा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सले अभिकर्ता कमिशनमा खर्चिएको छ । कम्पनीले यस अवधिमा ९६ करोड ८६ लाख रुपै
छाल खवर धरान,२४ मंसिर ः झरना बचत तथा ऋण सहकारी संस्था लिमिटेड धरानले ३३ लाख मुनाफा आर्जन गर्न सफल भएको छ । संस्थाले बुधवार आयोजना गरेको साधारण सभाको शुरुवात र भवन उद्घाटनमा प्रस्तुत गरीएको प्रतिवेदनमा सो मुनाफा गर्न सफल भएको जनाइएको हो । संस्थाका अध्यक्ष मानबहादुर मगरले आर्थिक वर्ष २०७६÷७७ मा आयकर अघिको जम्मा मुनाफा ३३ लाख ३९ हजार ५ सय ३८ रुपैयाँ १० पैसा आर्जन गर्न सफल भएको उल्लेख गरेकाछन् । संस्थाले आर्थिक वर्ष २०७६÷७७ मा ५३ करोड ३८ लाख ७९ हजार २ सय ७५ रुपैयाँ ६० पैसाको कारोबार गर्न सफल भएको प्रतिवेदनमा उल्लेख गरीएको छ । संस्थाका अध्यक्ष मगरले सहकारीमा हाल शेयरपूसेयर पूँजी म
Copyright © 2020 / 2024 - Chhalkhabar.com All rights reserved
Website By : Hash Tech Logic