समाज

    Showing २२१-२३० of ४१४ items.
  • सौर्य हेल्थ केयर फाउन्डेसनद्धारा पत्रकारहरुका लागि निःशुल्क स्वास्थ्य परिक्षण

    छाल खवर धरान,२५ चैत ःसौय हेल्थ केयर फाउण्डेशन प्रा.लि. धरानले सुनसरीका सञ्चारकर्मीहरुका लागि निःशुल्क स्वास्थ्य परीक्षण तथा भिटामिन डी खोप कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा ३१ जनाले ल्याब परीक्षण, ४५ जनाले भिटामिन डी खोप लगाएको र ४५ जनाले इसिजी सेवा निःशुल्क लिएको फाउण्डेशनका अध्यक्ष डाक्टर प्रमोद अग्रवालले जानकारी दिनुभएको छ । अध्यक्ष अग्रवालका अनुसार फाउन्डेसनले पहिलो पटक घरबार विहीन सडक मानवहरूलाई निःशुल्क सेवा दिने गरेको छ । फाउण्डेशनले स्वास्थ्य सेवाको पहुँचमा नभएका समुदायका लागि सरकारी, गैरसरकारी समूह सँग सहकार्य गरी निःशुल्क प्राविधिक सेवा प्रदान गर्ने थप योजना सार्वजनिक गरेको छ

    • प्रकाशित मितिः चैत २६, २०७८
    • ४,७३१ पटक पढिएको
    • छाल खबर
  • नेवाः देय् दवूको अध्यक्षमा पवित्र वज्राचार्य विजयी

    छाल खवर धरान,१६ चैत ः नेवारहरुको छाता संगठन नेवाः देय् दवूको धरानमा दुइसम्म जारी सातौ महाधिवेशनमा भारी मतका साथ पवित्र वज्राचार्य अध्यक्ष पदमा विजयी भएकाछन् । आफ्नो निकटतम प्रतिद्धन्द्धी माइलाबावु डंगोललाई भारी मत अन्तरले पराजित गरी वज्राचार्य विजयी वनेका हुन् । त्यसैगरी वरिष्ठ उपाध्यक्षमा चन्द्रलाल राजभण्डारी र महिला उपाध्यक्षमा रश्मिला प्रजापति निर्वाचित भएकाछन् । त्यस्तै प्रदेश उपाध्यक्षहरुमा १ नं. प्रदेश उपाध्यक्षमा अनिल मास्के,मधेश प्रदेशमा घनश्याम श्रेष्ठ, बाग्मति प्रदेशमा शान्त श्रेष्ठ,गण्डकीमा हरीकुमार श्रेष्ठ,लुम्विनीमा नरेशकुमार राजभण्डारी, कर्णाली प्रदेश उपाध्यक्षमा खगेन्द्र बहाद

    • प्रकाशित मितिः चैत १६, २०७८
    • २,७८१ पटक पढिएको
    • छाल खबर
  • मुक्तिनाथ विकास बैंकद्वारा ऋषिकुल विद्यापीठलाई सहयोग

    छाल खवर धरान,३० फागुन ःमुक्तिनाथ विकास बैंकको धरान शाखाले पञ्चकन्या पथ स्थित ऋषिकुल विद्यापीठ गुरुकुललार्ई २ थान कम्पुटर सहयोग गरेको छ । आइतबार धरान वार्ड नम्बर १४ स्थित ऋषिकुल विद्यापीठ गुरुकुलमा आयोजित एक कार्यक्रमका बीच २ थान कम्पुटर हस्तानतरण गरेको बैंकले जानकारी दिएको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संधसंस्थाहरुलाई सहयोग गर्दै आएको बताउँदै सोही योजना अनुसार ऋषिकुल विद्यापीठ गुरुकुललार्ई २ थान कम्प्युटर सहयोग गरेको हो । उक्त कार्यक्रममा बैंकका तर्फबाट इटहरी क्षेत्रीय प्रमख मनोज बिस्ट, धरान शाखाका प्रबन्धक दिपेन खवास भुजेल र अन्य कर्मचारीहरुको उपस्थिति तथा ऋषिकुल विद्

    • प्रकाशित मितिः फागुन ३०, २०७८
    • १,८६७ पटक पढिएको
    • छाल खबर
  • संखुवासभामा वस दुर्घटना १४ को मृत्यु

    छाल खवर धरान,२६ फागुन ःसंखुवासभाको मादीबाट इटहरीतर्फ आउँदै गरेको बस दुर्घटना हुदा १४ जनाको मृत्यु भएको छ ।बस भीरबाट करिव तीन सय मिटर तल खसेर दुर्घटना हुँदा मृतकको संख्या १४ पुगेको हो । संखुवासभा प्रहरीलेस दिएको जानकारी अनुसार रेशम फिलिलि नाम गरेको बा ४ ख ७३५ नम्बरको बस मादी नगरपालिका ६ स्थित सात घुम्तीमा दुर्घटना हुँदा हालसम्म १४ जनाको शव फेला परेको प्रहरीले जनाएको छ । मादी नगरपालिका वडा नम्बर ६ का अध्यक्ष धननारायण तामाङका अनुसार मृतकहरूको पहिचान भइसकेको छैन । दुर्घटनामा ५ जनाको जीवितै उद्धार गरिएको छ । पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका डीएसपी सुमन तिम्सिनाका अनुसार अहिले घटन

    • प्रकाशित मितिः फागुन २६, २०७८
    • ३०६ पटक पढिएको
    • छाल खबर
  • चाम्लिङ खाम्वातिम्केको पाँचौँ राष्ट्रिय सम्मेलन धरानमा हुने

    छाल खवर धरान,२४ फागुन ः किरात राई चाम्लिङ खाम्वातिम् पाँचौँ राष्ट्रिय धरानमा हुने भएको छ । आयोजकले दिएको जानकारी अनुसार धरान १० को कफी पब एन्ड रेष्टोमा पत्रकार सम्मेलन गर्दे सो विषयमा जानकारी दिएको हो । आयोजका अनुसार धरानमा फागुन २८ , २९ र ३० गते आयोजना हुनेछ । चाम्लिङ भाषालाई प्रदेशका स्थानीय तहको भाषा बनाऔँ, विद्यालयमा मातृभाषामा पठन पाठन गरौँ गराऔँ’ भन्ने नाराका साथ पाँचौँ राष्ट्रिय सम्मेलन धरानमा हुने जानकारी दिएको हो । सम्मेलन आयोजक समितिका संयोजक युवराज राईले सो सम्मेलनमा देश विदेश गरी ५०० जना भन्दा बढी प्रतिनिधि र पर्यवेक्षको बन्द सत्रमा सहभागी भई ११ वटा भन्दा बढी चाम्लिङ समुद

    • प्रकाशित मितिः फागुन २५, २०७८
    • २,३११ पटक पढिएको
    • छाल खबर
  • खानेपानी समिति अध्यक्षमा सन्जुहाङ

    छाल खवर धरान,१७ फागुन ःखानेपानी ब्यवस्थापन उपभोक्ता समिती धरान ११ र १७ को साधारण सभाले सन्जुहाङ सावाको अध्यक्षमा नयाँ समिति गचयन गरेको छ । समितिको उपाध्यक्ष,सचिव र कोषाध्यक्षमा क्रमस मानबहादुर पाचकोटी,क्षितिज राई, निरु लिम्वु रहेकाछन् । समितिको सदस्यमा टेकबहादुर लिम्वु, प्रज्ञा राई, विकास राई,सोमरा राई, नगेन्द्र याक्खा चयन भएकाछन् । धरान ११ स्थित सगरमाथा टोल स्थित सो क्षेत्रमा करिव २० वर्षदेखि सञ्चालन हुदै आएको छ । सो आयोजनाले धरान १७ का केही भागमा समेत खानेपानी वितरण गर्दै आएको छ । पकुवा खोलाबाट खानेपानीको योजना शुरु गरीएको उक्त योजनाले हाल कोकाखोलाबाट समेत योजना थप गरी खानेपानी व्यवस्

    • प्रकाशित मितिः फागुन १७, २०७८
    • २,२९७ पटक पढिएको
    • छाल खबर
  • समाजसेवी श्रेष्ठद्वारा न्यानो कपडा तथा सामाग्री वितरण

    छाल खवर धरान,१५ फागुन ः सेवा गर्नको लागि धन भएर मात्र हुदैन मन पनि चाहिन्छ भन्ने उदाहरण वनेकाछन् मिनकुमार ।मोरङको विराटनगरमा रहेर साहित्य तथा संचार क्षेत्रमा सकृय मिनकुमार श्रेष्ठले आफ्नो जन्मथलोको स्कुलमा वर्षेनी न्यानो कपडा वितरण गर्दै आएकाछन् । श्रेष्ठले एक कार्यक्रमका वीच वुवा र आमाको स्मृतिमा न्यानो कपडा वितरण गरेकाछन् । विद्यालयका प्रधानाध्यापक इश्वर लम्सालले श्री राम्चे निकेतन माध्यमिक विद्यालय इजारालाई पुर्ब विद्यार्थी समेत रहेका श्रेष्ठले वुवा गंगाबहादुर र आमा धनमाया श्रेष्ठको स्मृतिमा न्यानो कपाडा शैक्षिक सामाग्री वितरण गरेका थिए । साहित्य क्षेत्रमा मिनकुमार नवोदित उपमानले परिच

    • प्रकाशित मितिः फागुन १५, २०७८
    • ७,४१२ पटक पढिएको
    • छाल खबर
  • मुख्यमन्त्री राईद्धारा ल्होसारको शुभकामना व्यक्त

    छाल खवर धरान,१९ माघ ः प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले तामाङ जातिको चाड सोनाम ल्होसारको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री राईले वुधवार देश, विदेशमा बस्नुहुने दाजुभाइ, दिदीबहिनीहरूसहित सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र प्रगतिको शुभकामना व्यक्त गनुभएको हो । माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायको सोनाम ल्होसार नयाँ वर्ष हो । प्रकृति पूजक तामाङ जातिले सोनाम ल्होसारका अवसरमा आफ्ना कुल र प्रकृतिको पूजा गर्ने गर्दछन् । ल्होसारका दिन यो समुदायमा छोरीचेलीलाई बोलाएर टिका लगाइदिने चलन छ । सोनाम ल्होसारका अवसरमा घर–आँगन सफा गरी बुद्धका च

    • प्रकाशित मितिः माघ १९, २०७८
    • ५,०७५ पटक पढिएको
    • छाल खबर
  • सुनसरीमा यसरी मनायो प्रेस सेन्टरले आफ्नो १८औँ स्थापना दिवस

    छाल खवर धरान,१६ माघ ःइटहरी १६ पकलीस्थित राम जानकी शान्ती वृद्धाश्रमका वृद्धाहरुलाई खिर खुवाउदै प्रेस सेन्टर नेपाल, सुनसरी समन्वयन समितिले आफ्नो १८ औं स्थापना दिवस शुभकामना आदानप्रदानसहित भव्य मनाएको छ । वृद्धा आमाहरुलाई खिरका साथै फलफूल समेत दिईयो । जिल्ला समन्वय समितिका अध्यक्ष तिर्थ कार्कीका अनुसार, कार्यक्रममा प्रमुख अतिथी माओवादी केन्द्रका केन्द्रीय सदस्य निर्मल बराल, केन्द्रका प्रदेस नंम्वर १ उपाध्यक्ष शिव कुमार डागी, वृद्धाआश्रमका सन्चालक विष्णु डागी र सेन्टरका केन्द्रीय सदस्य अर्जुन शर्माले शुभकामना मन्तव्य राखे । कार्यक्रममा सेन्टरका केन्द्रीय सदस्यहरु राजन केडि र भरत राज शर्मा (गोपा

    • प्रकाशित मितिः माघ १६, २०७८
    • १,५४४ पटक पढिएको
    • छाल खबर
  • नेपालको कुल जनसंख्या दुई करोड ९१ लाख ९२ हजार चार सय ८०

    छाल खवर धरान,१३ माघःनेपालको कुल जनसंख्या दुई करोड ९१ लाख ९२ हजार चार सय ८० पुगेको छ । बुधबार केन्द्रीय तथ्यांक विभागले नेपालको जनगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्दै नेपालको जनसंख्या सो संख्यामा रहेको जनाएको हो । यसपटक जनसंख्या वृद्धिदर भने घटेको विभागले जनाएको छ । अघिल्लो जनगणनामा १।३५ प्रतिशत जनसंख्या वृद्धिदर रहेकोमा यसपटक भने ०।९३ प्रतिशत पुगेको छ । दस वर्षमा नेपालको जनसंख्या २६ लाख ९७ हजार ९ सय ७६ अर्थात १०।१८ प्रतिशतले बढेको विभागले जनाएको छ । यसपटकको जनगणनामा महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुषको संख्या १ करोड ४२ लाख ९१ हजार ३११ रहेको छ ।

    • प्रकाशित मितिः माघ १३, २०७८
    • ११६ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic