छाल खवर धरान,२३ भदौ ः जिल्ला प्रशासन कार्यालय सुनसरीले मंगलवारबाट लागू हुने गरी दिउसो २ वजेसम्म बजार तथा पसल खोल्ने निर्णय गरेको छ । प्रशासन कार्यालयले बिहान १० बजेसम्म मात्र बजार तथा पसल खोल्न दिइएकोमा डिसिसिएमसि बैठकले दिउँसो २ बजेसम्म बजार तथा पसल खोल्न दिने निर्णय गरेको हो । बजार खोल्ने समय वढाउन व्यवसायीहरुको माग वढदै गएपछि २ बजेसम्म समय दिइएको र यसको अनुगमन गर्ने जिम्मा स्थानीय तह र उद्योग वाणिज्य संघलाई दिइएको सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेलले जानकारी दिएकाछन् । जिल्ला प्रशाशन कार्यालय सुनसरीका अनुसार बजार तथा पसल २ बजेसम्म खोल्न दिने निर्णय भएपनि केन्द्र सरकारले न
छाल खवर धरान,२३ भदौ ः धरान स्थित धुलिखेल समाजको साधारण सभाले युगल श्रेष्ठ तखाछेंको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । समितिको प्रथम उपाध्यक्षमा ईन्दु श्रेष्ठ कोजु, द्धीतिय उपाध्यक्षमा सुनिल श्रेष्ठ तुसुजु, सचिवमा मोहन श्रेष्ठ गज्याजु, कोषध्यक्षमा भिम श्रेष्ठ धालाछें, सहसचिवमा अभिमन्यू श्रेष्ठ खाछें, चयन भएकाछन् । त्यसैगर िसदस्यहरुमा निःल श्रेष्ठ तुसुजु, प्रदिप श्रेष्ठ गज्याजु, अनिता श्रेष्ठ धालाछें, सुमित्रा वेजु श्रेष्ठ, मेहरलाल श्रेष्ठ याकाछे।, राजेन्द्र श्रेष्ठ तक्सारी, मेन कुमार श्रेष्ठ ध्वजु, सुमन श्रेष्ठ चोच्छे, निविरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । संस्थाको विधान अ
छाल खवर सोलुखुम्वु, १८ भदौ ः सोलुखुम्वुमा एउटा पत्याउनै नसकिने र कल्पना नै गर्न नसकिने घटना सार्वजनिक भएको छ ।समाजले परिकल्पना समेत गर्न नसकिने एउटा घटना यथार्थमा बुधबार परिणत भएको छ । प्राप्त जानकारी अनुसार महाकुलुङ गाउँपालिकामा २३ वर्षीय दाजु र १९ वर्षीय बहिनीले विवाह गर्न लागेपछि आमाको उजुरीका आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको छ । आमाले प्रहरीमा आफ्नै छोराछोरीले विवाह गर्न लागेको भन्दै उजुरी दिएपछि उनीहरुलाइ पक्राउ गरीएको प्रहरीले सोलु प्रहरीले जनाएको छ । उनीहरुले बिबाह गर्ने र आवश्यक परे गाउँ नै छाड्ने सहमतिमै शारीरिक सम्पर्क समेत गरेको प्रहरी सामु बताएको प्रहरीले उल्लेख गरेको छ ।
छाल खवर धरान,९ भदौ ः जिल्ला प्रशासन कार्यालय भोजपुरले जिल्ला प्रवेश गर्ने नाकाहरु १५ दिनका लागि वन्द गर्ने निर्णय गरेको छ । सीमाका जिल्लाहरुमा कोरोना संक्रमितको संख्या बढन थालेपछि भोजपुर जिल्ला प्रवेश गर्ने नाका बन्द गर्ने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालय भोजपुरका अनुसार संक्रमणको जोखिम न्यूनिकरणका लागि जिल्ला प्रवेश गर्ने सबै नाकाहरु १५ दिनका लागि बन्द गरिएकोे हो । जिल्लामा संक्रमण भित्रिन सक्ने भएकोले सबै नाकाहरु बन्द गरिएको प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले जानकारी दिनुभयो । प्रशासन कार्यालयले जिल्लाभर सञ्चालनमा रहेका साना ठुला सबै होटल बन्द गर्न निर्देशन दिएको छ ।
भोला श्रेष्ठधरान,८ भदौ ः नडाहावासीहरु यतिवेला खुशीले गदगद मात्र भएका छैन आगनमै वनेको सरकारी कार्यालय हेरेर दंग छन् । आफूले गास काटेर दिएको सहयोगबाट निर्माण भएको सरकारी भवन औपचारीक रुपमा नै सञ्चालनमा आएपछि उनीहरु दंग परेका हुन । जनसहभागितामा निर्माण गरीएको बराहक्षेत्र नगरपालिका वडा नं. ३ को भवन आइतवारबाट सञ्चालनमा आएको छ ।आइतवार एक अनौपचारीक रुपमा सो भवनबाट वडा कार्यालयको सेवा शुरु गरीएको छ वडा कार्यालय भवन कहाँ वनाउने भन्ने विषयमा नगरप्रमुख र वडाध्यक्षको वीचमा विवाद भएपछि सो स्थानमा भवन निर्माणका लागि बजेट विनियोजनमामा रोक लगाइएको थियो । आफ्नो गाउमा सिंह दरवार ल्याउनका लागि वडाका जनता आफै
छाल खवरधरान,७ भदौ ः प्रहरीको सर्वाधिक खोजीको सूचिमा रहेका प्रदिप यादव (बग्गा) पक्राउ गरेकाछन् । भारतमा बसेर नेपालमा हातहतियार र लागुऔषधको कारोबार गर्ने ३९ वर्षिय अपराधी प्रदिप यादव (बग्गा)लाई मोरङ प्रहरीले पक्राउ गरेको हो । मोरङ प्रहरीका प्रवक्ता मानबहादुर राईका अनुसार भारतको अररिया जिल्ला ईन्द्रनगर ग्राम पञ्चायत वडा नं १० टिकुलिया टोलका बासिन्दा बग्गालाई शनिबार विराटनगर महानगरपालिका वडा नं १६ स्थित नेपाल–भारत सीमाको दरैयाबाट पक्राउ गरीएको हो । प्रहरीका अनुसार बग्गा भारतमा बसी नेपालको १ र २ नं प्रदेशका विभिन्न जिल्लामा अवैध रुपमा हातहतियार तथा लागूऔषधको कारोबार सञ्जाल बिस्तार गर्दै आए
छाल खवर धरान,७ भदौः जिल्ला प्रशासन कार्यालय सुनसरीले भदौ १४ गतेसम्मका लागि जिल्लामा निषेधित क्षेत्र घोषणा गरेको छ ।जिल्ला प्रशासन कार्यालयको आज (आइतवार)वसेको डिसिसिएमसिको वैठकले सो निर्णय गरेको हो । सीमाका जिल्लाहरु तथा जिल्ला भित्रमा अत्याधिक कोरोना संक्रमितसंख्यामा वृद्धि हुनथालेपछि सुनसरी जिल्ला प्रशासनले भदौ १४ गते राती १२ बजेसम्मको लागी निशेषित क्षेत्र घोषणा गरेको प्रशासन कार्यालयले जनाएको छ । राती १२ बजेदेखि सात दिनको लागि जिल्लाभर अत्यावश्यक काम बाहेक मानिसहरुको आवतजावत तथा हिडडुल गर्न निषेध गरिएको बताएका छन । कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन वढन थालेकोले निषेधित क्षेत्रको समय वढाइ
छाल खवर धरान,५ भाद्र ः प्रदेश १ सरकारको मन्त्रीपरिषदको बैठकले प्रदेशस्तरीय अत्याधुनिक ल्याव स्थापना गर्न त्रिभुवन विश्व विद्यालयको क्षेत्राधिकारमा रहेको डिग्री क्याम्पसको जग्गा भाडामा लिने निर्णय गरेको छ । सो जग्गामा स्वीस सरकारले केहि समयअघि हस्तान्तरण गरेको ल्याव जडान गर्ने सरकारको तयारी गरेको हो । बैठकले सामाजिक विकास मन्त्रालयललाइ सरकारको नीति तथा कार्यक्रम अनुसार विभिन्न कार्य्रम सँचालन गर्न आवश्यक पर्ने मन्त्रालयको कार्याविधि २०७७ लाइ स्वीकृत प्रदान गरेको छ । बैठकले पर्यटन विकास आयोजना तथा जलधार व्यवस्थापन कार्यान्वयन एकाइको म्याद १ वर्षलाइ थप गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता
छाल खवर धरान,२ भाद्र ः धरानमा एकै परिवारमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धरान १३ का ६७ बर्षका वृद्ध र २६ बर्षकी महिलामा संक्रमण पुष्टि भएको हो । उनीहरुलाई कन्ट्याक ट्रेसिङको आधारमा साउन ३० गते स्वाब लिइएको थियो । स्थानीय जानकी चोकमा ११७ जनाको स्वाब लिइएकोमा एकै परिवारका २ जनाको मात्र पोजेटिभ आएको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिनुभइको छ । यस अघि सो परिवारको १ जनामा संक्रमण पुष्टि भएको थियो । सो संक्रमितका श्रीमति र बुबाभएको वताइएको छ । मेहताले मंगलवार धरान १८ मा ४४ जनाको स्वाव संकलन गरीएको र जसमा ३८ पुरुष र ६ महिला रहेको जानकारी दिनुभयो ।त्यसैगरी धरान ७ कि २३ वर्ष
छाल खवर धरान,२ भाद्र ः विजयपुर हस्पिटल धरानमा कोरोना संक्रमित विरामीको उपचारमा संलग्न रहेका चिकित्सकहरु सहित १० जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ । निमोनियाको विरामी भई उपचारका लागि आएका धरान–८ का एक ६७ वर्षिय पुरुषमा कोरोना पोजेटिभ आएपछि संलग्न चिकित्सकहरु र अन्य गरी १० जनाको स्वाव परिक्षण गरीएको थियो । विजयपुर अस्पतालका निर्देशक प्रभाव खतिवडाकाले संक्रमित विरामीको कन्ट्याक ट्रेसिङको आधारमा १० जनाको स्वाब परिक्षण गरीएको र सवैको रिर्पोट नेगेटिभ आएको वताउनुभयो । उहाका अनुसार ‘डाक्टर, नर्स, सहयोगी गरेर १० जनाको स्वाब संकलन गरेर परीक्षण गरिएको थियो । विरामीको रि
Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved
Website By : Hash Tech Logic